Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

कृत्रिम फूलको बिक्री रोक्न सरकारसँग किसान संघको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
कृत्रिम फूलको बिक्री रोक्न सरकारसँग किसान संघको माग
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। नर्सरी तथा पुष्प उत्पादक किसान संघले तिहारमा प्लास्टिक, कागज तथा कपडाबाट बनेका कृत्रिम फूल तथा मालाको बिक्री–वितरण रोक्न सरकारसँग माग गरेको छ। संघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै कृत्रिम फूलको आयात तथा बिक्री–वितरणमा रोक लगाई स्वदेशी प्राकृतिक फूलको प्रयोगलाई प्रोत्साहन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको हो। संघका अनुसार पछिल्ला वर्षमा प्लास्टिक, कागज तथा कपडाबाट बनेका अप्राकृतिक फूल गाउँदेखि सहरका बजारसम्म सहजै उपलब्ध हुन थालेका छन्। प्राकृतिक फूलको तुलनामा कृत्रिम फूल सस्तो र आकर्षक देखिने भएकाले उपभोक्ता त्यसतर्फ आकर्षित भइरहेको संघले जनाएको छ। कृत्रिम वस्तुको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा गम्भीर असर पार्ने भन्दै संघले सरकारले ल्याएका ऐन तथा नियमको प्रभावकारी कार्यान्वयन हुन नसकेको जनाएको छ। प्राकृतिक फूलसरह कृत्रिम फूल बजारमा बिक्री भइरहेको भन्दै संघले बजार अनुगमन गरी ऐन तथा नियम उल्लङ्घन गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरेको छ। संघले तिहारमा सयपत्री, गोदावरी र मखमलीलगायत प्राकृतिक फूलको माग उच्च हुने जनाएको छ। देशका सबै प्रदेशमा यी फूलको खेती विस्तार हुँदै गएको र पुष्प खेतीमा किसानको संलग्नता बढिरहेको संघको भनाइ छ। बजारको मागअनुसार गुणस्तरीय उत्पादन बढेकाले स्वदेशी फूलले नै बजारको माग पर्याप्त रूपमा पूरा गर्न सक्ने संघले जनाएको छ। सयपत्री फूलमा नेपाल आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेको भन्दै संघले तिहारमा स्वदेशी फूलको प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ। त्यस्तै, चाडपर्वको मौका छोपी गैरकानुनी बाटोबाट फूल तथा माला चोरीपैठारी हुन सक्ने भन्दै संघले स्थानीय तह, सुरक्षा निकाय तथा किसानका विभिन्न संघसंस्थासँग अनुगमन र निगरानी बढाउन आग्रह गरेको छ। संघले सयपत्री फूलको मालाको उपभोक्ता मूल्य प्रतिमाला ९०० रुपैयाँभन्दा बढी नपर्ने भएकाले मूल्य अनुगमन तथा नियमनका लागि सम्बन्धित निकायसँग समन्वय गर्न पनि माग गरेको छ। संघका अध्यक्ष कुमार कसजु श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्राकृतिक फूलको प्रयोग बढाउँदै स्वदेशी पुष्प उत्पादनलाई संरक्षण र प्रवर्द्धन गर्न सरकार र उपभोक्तालाई आग्रह गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मीपूजाको दिन काठमाडौंमा बढ्यो फूलको व्यापार (फोटो फिचर)
Latest NewsJust now

लक्ष्मीपूजाको दिन काठमाडौंमा बढ्यो फूलको व्यापार (फोटो फिचर)

काठमाडौं । उपत्यकामा तिहारको रौनकसँगै यतिबेला सडक, गल्ली र तोकिएका बजारहरू सयपत्री र मखमली फूलको सुवासले मगमगाएका छन् । घर आँगन सजाउन, लक्ष्मीपूजा गर्न र भाइटीकामा दाजुभाइ–दिदीबहिनीबीच माया र सद्भावको प्रतीकका रूपमा लगाइदिने फूलमाला किन्न राजधानीका मुख्य बजारहरूमा सर्वसाधारणको भीड लागेको छ । सडक आवागमन व्यवस्थित बनाउन काठमाण्डौ महानगरपालिका तथा उपत्यकाका अन्य नगरपालिकाहरूले खुला चौर, फुटपाथ नजिकका खुला भाग तथा तोकिएका स्थलहरूमा ...

कर्पोरट खबर
पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार
Latest NewsJust now

पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

पर्सा। जिल्ला अदालतले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले संरचनागत र व्यवस्थापकीय सुधार गरेको छ। सरल र सुविधायुक्त वातावरणमा न्यायिक सेवा उपलब्ध गराउन सेवाग्राहीमैत्री न्याय प्रशासनलाई प्राथमिकता दिँदै संस्थागत विकास,... ...

रातोपाटी
पोल्याण्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु
Latest NewsJust now

पोल्याण्डको क्राकोमा अन्धाधुन्ध गोली प्रहार, ६ जनाको मृत्यु

पोल्याण्ड।पोल्याण्डको क्राको सहरस्थित व्यस्त मुख्य चोकमा शनिबार एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। प्रहरीका अनुसार, २५ वर्षीय आक्रमणकारी अति–दक्षिणपन्थी तथा अति–राष्ट्रवादी विचारधाराबाट प्रभावित थिए। पोल्याण्डका रक्षामन्त्रीले ‘आतंकवादी कार्य’ भनेको उक्त आक्रमण क्राकोको प्रमुख पर्यटकीय क्षेत्र ओल्ड टाउनस्थित मेन स्क्वायरमा भएको हो। आक्रमणकारीले चोकका विभिन्न स्थानमा गाडी रोकेर स्वचालित हतियारबाट गोली चलाएका ...

नेपालन्युज
व्यवहारमै नारी शक्तिको सम्मान गरौ : मुख्यमन्त्री थापा
Latest NewsJust now

व्यवहारमै नारी शक्तिको सम्मान गरौ : मुख्यमन्त्री थापा

सरिता दाहाल हेटौंडा,कात्तिक २२ गते । बागमती प्रदेश मुख्यमन्त्री किरण थापाले नारी शक्तिको सम्मान व्यवहारमै उतार्न अनुरोध गर्नुभएको छ। तिहारलाई उज्यालो, उमङ्ग र धनधान्यकी देवी लक्ष्म... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play