किन सुटुक्क चीन पुगे कोरियाली नेता किम जोङ उन ?

काठमाडाैं । उत्तर कोरियाका नेता किम जोङ उन एक वर्षपछि चीन पुगेका छन्। दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार शनिबार किम चीनको सीमावर्ती सहर दान्दोङ पुगेका हुन् । चीन र उत्तर कोरियालाई जोड्ने नवनिर्मित पुल पार गरेर उनी चीन प्रवेश गरेको बताइएको छ । यद्यपि, भ्रमणबारे चीन र उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले तत्काल औपचारिक पुष्टि गरेका थिएनन्। करिब तीन किलोमिटर लामो यो पुल अक्टोबर २०२६ मा सञ्चालनमा आएको हो। सन् २०१४ मै निर्माण सम्पन्न भए पनि जोड्ने सडक र भन्सार सुविधालगायतका कारण यसको सञ्चालन लामो समय रोकिएको थियो। यो पुललाई दुई देशबीच व्यापार तथा आर्थिक सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ। यसबाट कन्टेनर, भारी मालवाहक ट्रक तथा अन्य सामानको आवतजावत सहज हुने अपेक्षा गरिएको छ। चीन उत्तर कोरियाको परम्परागत प्रमुख सहयोगी तथा आर्थिक साझेदार हो। उत्तर कोरियाको व्यापारमा चीनको ठूलो हिस्सा छ भने कूटनीतिक र आर्थिक सहयोगका हिसाबले पनि बेइजिङ प्योङयाङका लागि महत्त्वपूर्ण छ। पछिल्ला वर्षहरूमा किमले रुससँगको सम्बन्धलाई प्राथमिकता दिएका थिए। सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि उत्तर कोरियाले मस्कोलाई सैनिक तथा परम्परागत हतियारमार्फत सहयोग गरेको विवरण सार्वजनिक भएका छन्। त्यसको बदलामा उत्तर कोरियाले आर्थिक तथा सैन्य सहयोग पाएको हुन सक्ने विश्लेषण गरिएको छ। रुससँगको निकटता बढाए पनि किमले पछिल्लो समय चीनसँगको सम्बन्धलाई पुनः सुदृढ बनाउने प्रयास गरिरहेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०२६ को जुनमा उत्तर कोरियाको राजधानी प्योङयाङ भ्रमण गरी किमसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा व्यापार, कृषि, निर्माण र प्रविधिसहितका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो। किमले चीनसँगको सम्बन्धलाई आफ्नो देशको प्रमुख रणनीतिक प्राथमिकतामध्ये एक बताएका थिए। किमले सन् २०११ को अन्त्यमा आफ्ना पिता किम जोङ इलको निधनपछि सत्ता सम्हालेयता चीनको यो छैटौँ भ्रमण हो। यसअघि उनी सन् २०२५ को सेप्टेम्बरमा बेइजिङ पुगेका थिए। त्यतिबेला उनले सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै सैन्य परेड अवलोकन गरेका थिए। कोरियाली युद्धको वार्षिकोत्सवसँग जोडिएको भ्रमण किमको चीन भ्रमण अक्टोबर २५ मा मनाइने कोरियाली युद्धमा चीनको प्रवेशसम्बन्धी वार्षिकोत्सवको पूर्वसन्ध्यामा भएको छ। सन् १९५० मा चिनियाँ सेना यालु नदी पार गर्दै उत्तर कोरियाको समर्थनमा युद्धमा प्रवेश गरेको थियो। कोरियाली युद्ध सन् १९५० मा उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमण गरेपछि सुरु भएको थियो। त्यसपछि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा अमेरिकासहितको गठबन्धन दक्षिण कोरियाको समर्थनमा युद्धमा सहभागी भएको थियो। उत्तर कोरियालाई चीनले मुख्य रूपमा सहयोग गरेको थियो भने तत्कालीन सोभियत सङ्घको वायुसेनाले पनि साथ दिएको थियो। सन् १९५३ मा युद्धविराम भएपछि प्रत्यक्ष युद्ध रोकिए पनि दुवै कोरियाबीच औपचारिक शान्ति सम्झौता भएको छैन। त्यसैले प्राविधिक रूपमा कोरियाली प्रायद्वीप अझै युद्धकै अवस्थामा रहेको मानिन्छ। अमेरिका–उत्तर कोरिया वार्ताको सम्भावना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग पुनः कूटनीतिक वार्ता सुरु गर्ने इच्छा देखाउँदै आएका छन्। तर सन् २०१९ मा वार्ता अवरुद्ध भएपछि किमले अहिलेसम्म अमेरिकी प्रस्ताव स्वीकार गरेका छैनन्। प्योङयाङले अमेरिकाले आफूविरुद्धको शत्रुतापूर्ण नीति त्याग्नुपर्ने र वार्ताका लागि आणविक निशस्त्रीकरणलाई पूर्वसर्त बनाउन नहुने माग गर्दै आएको छ। दक्षिण कोरियाको गुप्तचर निकायले गत महिना सांसदहरूलाई जानकारी दिँदै नोभेम्बरमा चीनको सेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा ट्रम्प र किमबीच भेटवार्ता हुने सम्भावना रहेको जनाएको थियो। तर पछिल्ला विवरणअनुसार यसै वर्ष त्यस्तो भेट हुने सम्भावना कमजोर देखिएको अधिकारीहरूको आंकलन छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

देशको स्वाभिमानमा आँच पुर्याउने काम हुँदा तमासा हेरेर बस्न सक्दैनौं: माधव नेपाल
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले दुई तिहाईको सरकारबारे विभिन्न खालका टिप्पणी भइरहँदा आफूहरू तमासा मात्रै हेरेर नबस्ने बताएका छन्। पार्टीको आजबाट सुरु भएको दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। ‘यो सरकार दुई तिहाइको छ, यसले जिम्मेवार ढंगले मुलुक चलाउनेछ। ज... ...

नेपालमा फेरि मौसमी बदलीको संकेत, मंगलबारसम्म धान भित्र्याउन विज्ञको सुझाव, एनपीएलका खेल प्रभावित हुनसक्ने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता नेपालमा पुनः मौसमी बदली भई वर्षा हुनसक्ने संकेत देखिएकाले किसानलाई मंगलबारसम्म धानबाली भित्र्याउन सुझाव दिएको छ। बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्नसक्ने विभागले जनाएको छ। विभागका अनुसार हाल देशको मौसम सामान्यतया स्थिर रहे पनि कात्तिक १० देखि १५ गतेसम्म मौसमी प्रणालीमा फेरबदल आउनसक्ने सम्भावना छ। उक्त प्रणालीको ...

अस्थायी मर्मतपछि बागलुङका सडक सञ्चालनमा
नवराज नेपाली गलकोट (बागलुङ), कार्तिक ७ गते । बाढीपहिरोले क्षति पुगेका सडकहरुलाई अस्थायी मर्मतपछि सहज बनाइएको छ । ग्रामीण सडकहरु तथा स्थानीय तह र राष्ट्रिय राजमार्ग आयोजना, सडक डिभि... ...

बाँकेमा दुई कार ठोक्किँदा एकको मृत्यु
बाँकेको राप्तीसोनारीस्थित पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा ६ जना घाइते भएका छन् । ...


