Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेपालमा फेरि मौसमी बदलीको संकेत, मंगलबारसम्म धान भित्र्याउन विज्ञको सुझाव, एनपीएलका खेल प्रभावित हुनसक्ने

नेपालमा फेरि मौसमी बदलीको संकेत, मंगलबारसम्म धान भित्र्याउन विज्ञको सुझाव, एनपीएलका खेल प्रभावित हुनसक्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालमा फेरि मौसमी बदलीको संकेत, मंगलबारसम्म धान भित्र्याउन विज्ञको सुझाव, एनपीएलका खेल प्रभावित हुनसक्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता नेपालमा पुनः मौसमी बदली भई वर्षा हुनसक्ने संकेत देखिएकाले किसानलाई मंगलबारसम्म धानबाली भित्र्याउन सुझाव दिएको छ। बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्नसक्ने विभागले जनाएको छ। विभागका अनुसार हाल देशको मौसम सामान्यतया स्थिर रहे पनि कात्तिक १० देखि १५ गतेसम्म मौसमी प्रणालीमा फेरबदल आउनसक्ने सम्भावना छ। उक्त प्रणालीको प्रभावले देशका विभिन्न भूभागमा वर्षा हुनसक्ने भए पनि वर्षाको मात्रा र प्रभावबारे अहिले नै यकिन गर्न नसकिने विभागले स्पष्ट पारेको छ। मौसमविद् रोजन लामिछानेका अनुसार आगामी दिनमा विकसित हुने मौसमी प्रणालीले कृषि, पर्यटन तथा खेलकुद गतिविधिमा असर पार्नसक्छ। त्यसैले बाह्य कार्यक्रम, भ्रमण तथा कृषि कार्यको योजना बनाउँदा मौसमको अवस्थालाई ध्यान दिन र नियमित रूपमा अद्यावधिक सूचना लिन उनले आग्रह गरेका छन्। उनका अनुसार कात्तिक ७ गतेसम्म हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। अन्य भूभागमा भने वर्षाको सम्भावना न्यून रहेको छ। विभागले धान काट्ने तथा बाली भित्र्याउने काम सम्भव भएसम्म कात्तिक ७ गतेभित्रै सम्पन्न गर्न किसानलाई सुझाव दिएको छ। मौसमी प्रणालीमा आउनसक्ने परिवर्तनले धानबालीमा क्षति पुर्‍याउन सक्ने भएकाले अनुकूल मौसमको सदुपयोग गर्न आग्रह गरिएको हो। यसैबीच, सम्भावित वर्षाले नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका खेलकुद प्रतियोगितासमेत प्रभावित हुनसक्ने देखिएको छ। यद्यपि, वर्षाको वास्तविक अवस्था र प्रभावबारे थप मौसमी विश्लेषणपछि मात्र स्पष्ट हुने विभागले जनाएको छ। मौसमसम्बन्धी पछिल्लो जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल नियमित हेर्न र आवश्यक परे ११५५ नम्बरमा फोन गरी सूचना लिन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

२८ जनाले परित्याग गरे नागरिकता
ताजा खबरJust now

२८ जनाले परित्याग गरे नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने छ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ। यस अवधिमा २८ जनाले नागरिकता परित्याग गरेका छन्।   जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन का... ...

नेपालखबर
तीन महिनामा चितवनमा २८ जनाले परित्याग गरे नागरिकता
ताजा खबरJust now

तीन महिनामा चितवनमा २८ जनाले परित्याग गरे नागरिकता

नारायणगढ (चितवन) । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने छ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस अवधिमा २८ जनाले नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार उक्त अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई ...

केन्द्रबिन्दु
विभिन्न स्थानमा चार जना मृतावस्थामा फेला
ताजा खबरJust now

विभिन्न स्थानमा चार जना मृतावस्थामा फेला

काठमाडौं । देशका विभिन्न जिल्लामा चार जना मृतावस्थामा फेला परेका छन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङको पथरी शनिश्चरे नगरपालिका–८ स्थित डाँस खोलामा सोही ठाउँका ७७ वर्षीय कृष्णा माझी शुक्रबार... ...

रातोपाटी
प्रहरीको घुमुवा भन्दै सीमावर्ती क्षेत्रमा रकम असुली गरेको आरोपमा एक जना पक्राउ
ताजा खबरJust now

प्रहरीको घुमुवा भन्दै सीमावर्ती क्षेत्रमा रकम असुली गरेको आरोपमा एक जना पक्राउ

• पर्साको सिमावर्ती क्षेत्रमा तस्करबाट अवैध रकम असुली गरेको आरोपमा अशोक वर्णवाललाई पक्राउ गरिएको छ। • वर्णवालले सर्वसाधारण र व्यापारीलाई धम्क्याएर रकम असुल्ने गरेको र मास्क लगाएर सक्रिय रहेको बताइएको छ। • उनलाई पक्राउ गर्नका लागि प्रहरीमा उजुरी परेको थियो र उनका सहयोगी दीपक यादवलाई पनि सोधपुछ गरिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play