किन ट्रम्पलाई हत्तपत्त जवाफ लगाउँदैनन् विश्वनेताहरू

काठमाडौं । ट्रम्पको आक्रामक रवैयाका कारण धेरै देशका नेताहरू उनीसँग भिड्नबाट जोगिन्छन्। जवाफ फर्काउँदा ट्रम्प रिसाउन सक्ने वा आफ्नो देशमा नयाँ ट्यारिफ लगाउन सक्ने डर उनीहरूमा हुन्छ। ट्रम्प अन्य देशका नेताहरूबाट सम्मान र नरमीको अपेक्षा गर्छन्, तर आफू भने त्यस्तो गर्दैनन्। अपवादमा ती नेताहरू पर्छन्, जसले उनको कुरा मान्छन् वा जससँग ट्रम्प राम्रो सम्बन्ध बनाउन चाहन्छन्। यिनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाका नेता किम जोङ उन जस्ता नेताहरू पर्छन्। ट्रम्पको दोस्रो कार्यकालमा धेरै नेताहरूले अमेरिकी राष्ट्रपतिको आलोचनाको जवाफ दिने वा मौन बस्ने भन्ने निर्णय गर्नुपरेको छ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको दबाबसामु झुक्नुको सट्टा जवाफी कदम चाले। उनले अमेरिकाको ट्यारिफबराबर नै क्यानेडियन ट्यारिफ लगाए। जेलेन्स्कीको अवस्था भने फरक छ। क्यानडाजस्तो युक्रेनसँग अमेरिकाबाट टाढा रहने त्यति धेरै ठाउँ छैन। रुसी आक्रमणको सामना गर्न उसलाई अमेरिकी हतियार, जासुसी जानकारी र अन्य सहायताको आवश्यकता छ। यही कारणले गर्दा जेलेन्स्कीलाई आफ्ना कुरा राख्ने र अमेरिकालाई रुष्ट नबनाउने बिचमा सन्तुलन कायम गर्नुपर्ने बाध्यता छ। नर्वे र फिनल्यान्डका नेताहरू पनि बैठकमा उपस्थित ओस्लोमा भएको बैठकको उद्देश्य ट्रम्प र जेलेन्स्कीबीचको हालैको तनावलाई कम गर्नु थियो। विटकफ रुस जानुअघि नर्वेको राजधानीमा रोकिएका थिए। बिरामी भएका कारण कुस्नर उनीसँग आएनन्, तर भिडियो कलमार्फत कुराकानीमा सहभागी भएका थिए। रुसप्रति ट्रम्पको बढ्दो झुकावलाई लिएर अमेरिकामा हुने मध्यावधि निर्वाचनसँग त यसको कुनै सम्बन्ध छैन भन्ने चर्चा भइरहेको छ। तर कुराकानीको जानकारी राख्ने व्यक्तिका अनुसार, विटकफ र कुस्नरले जेलेन्स्कीलाई रुसप्रतिको अमेरिकी नीतिको आन्तरिक राजनीतिसँग कुनै सम्बन्ध नरहेको कुरा लामो समयसम्म जोड दिएर सम्झाएका थिए। यस बैठकमा जेलेन्स्कीसँगै उनका दुई समर्थक पनि उपस्थित थिए- नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोर र फिनल्यान्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टब। दुवैले युक्रेनको चर्को समर्थन गर्छन्। युरोपका अन्य नेताहरू जस्तै उनीहरू पनि ट्रम्पको रुसप्रतिको झुकावसँग सहमत छैनन्। यद्यपि, उनीहरू पनि ट्रम्पलाई अनावश्यक रूपमा रुष्ट बनाउनबाट भने जोगिन चाहन्छन्। (एजेन्सीहरूको सहयोगमा)
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

हिंसात्मक फ्रान्सेली आन्दोलन : फेरि सडकमा उत्रिने कि नउत्रिने भन्नेमा प्रदर्शनकारीबिच अन्योल
काठमाडौँ । अक्टोबर १७ मा फ्रान्सभर भएका विरोध प्रदर्शनमा सहभागी मानिसहरू पसलमा भएको लुटपाट, सार्वजनिक भवनमा भएको तोडफोड र शान्तिपूर्ण जुलुसमा व्यापक रूपमा अश्रुग्यास प्रयोग गरिएको घटनाबाट अझै स्तब्ध छन् ।... ...

बांगलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपिएल खेल्ने
काठमाडौं।बांगलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। उनलाई टोलीमा भित्र्याएकोबारे पोखराले आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो। “एनपिएलको तेस्रो संस्करणका लागि बांगलादेशका अन्तर्राष्ट्रिय अलराउन्डर मोहम्मद सैफउद्दिनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ”, पोखराले भनेको छ। सैफउद्दिन बलिङ र तल्लो क्रममा ब्याटिङ गर्न सक्ने अलराउन्डर हुन्। उनले सन् २०१७ मा ...

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न
बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता सम्पन्न भएको छ । नरहरिनाथ गाउँपालिका–९, लालुका सचेत युवाहरुको समूहले जिल्लामा नै पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता आयोजना गरेको हो । कालीकोट पुल–अप होल्ड च्यालेन्ज–२०८३ खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागितामा भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ । प्रतियोगितामा […] ...

रवि लामिछाने धनगढीमा अवतरण, गड्डाचौकी नाका भएर भारत जाँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धनगढी विमानस्थल अवतरण गरेका छन्। भारत भ्रमणका लागि निस्केका उनी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै त्यसतर्फ लाग्नेछन्। लामिछाने पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी उडेका थिए। धनगढीमा अवतरणपछि लामिछाने सडकमार्ग हुँदै कञ्चनपुरतर्फ आउँदैछन्। सडकमार्ग हुँदै उनी गड्डाचौकी नाका भएर भारत जानेछन्। भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने ...


