Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

काठमाडौंसहित विभिन्न स्थानमा भूकम्पको धक्का महसुस

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौंसहित विभिन्न स्थानमा भूकम्पको धक्का महसुस
Photo / Coverage: फरकधार

काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको केन्द्रबिन्दु, तीव्रता र गएको समयबारे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रबाट आधिकारिक विवरण प्राप्त हुन बाँकी छ। भूकम्पबाट भएको सम्भावित क्षतिबारे पनि विवरण प्राप्त भएको छैन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
PoliticsJust now

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । मंगलबार दिउँसो १ बजेका लागि बैठक डाकिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, सरकारको काम र शैलीको समीक्षा, पार्टीले सञ्चालन गर्न लागेको ‘हामी तयार छौं’ अभियानको सञ्चालन मोडालिटी,बाढी प्रभावितका लागि पुनर्वास, सुकुम्बासीका समस्या लगायतका एजेन्डामा छलफल हुने महामन्त्री ...

फरकधार
आज देशभरको मौसम मुख्यतया सफा रहने, बिहान तराई र उपत्यकामा हुस्सु लाग्ने
PoliticsJust now

आज देशभरको मौसम मुख्यतया सफा रहने, बिहान तराई र उपत्यकामा हुस्सु लाग्ने

हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार आज (मंगलबार) देशभर मौसम मूख्यतया सफा रहनेछ । यस्तै आज राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । ...

फरकधार
सर्लाहीमा आगलागी हुँदा दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट
PoliticsJust now

सर्लाहीमा आगलागी हुँदा दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट

सर्लाहीको बागमती नगरपालिका–१, चुरे क्षेत्र स्थित हिरेडाँडामा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट करिब ३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । सोमबार दिउँसो करिब १२ बजे स्थानीय रामबहादुर बलको टायलको छाना भएको काठले निर्मित दुई तले कच्ची घरमा आगलागी भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ...

फरकधार
राजीनामाको १२ दिनमै एनभिडियाको सिइओमा फर्किए जेन्सेन हुआङ
PoliticsJust now

राजीनामाको १२ दिनमै एनभिडियाको सिइओमा फर्किए जेन्सेन हुआङ

अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाले जेन्सेन हुआङलाई पुनः प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिले सोमबार जेनसेनलाई तत्काल लागू हुने गरी अध्यक्ष, सिइओ र सञ्चालक समिति सदस्यका रूपमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। सञ्चालक समितिले सर्वसम्मत रूपमा उनलाई नेतृत्वमा फर्काउने निर्णय गरेको कम्पनीले जनाएको छ। व्यक्तिगत जीवनसँग जोडिएका विवाद सार्वजनिक भएपछि जेनसेनले नोभेम्बर १२ मा अध्यक्ष, सिइओ र सञ्चालक ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement