Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

मनकामना केबलकार २९औँ वर्षमा प्रवेश, २८ वर्षमा २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मनकामना केबलकार २९औँ वर्षमा प्रवेश, २८ वर्षमा २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
Photo / Coverage: टक्सार

काठमाडौँ । नेपालको पहिलो व्यवसायिक केबलकार ‘मनकामना केबलकार’ आफ्नो २८औँ वर्षको सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । विसं. २०५५ साल मङ्सिर ८ गते (सन् १९९८ नोभेम्बर २४) देखि सञ्चालनमा आएको यस केबलकारले आज आफ्नो स्थापनाको २८ वर्ष पूरा गरेको हो । चितवन को–इ समूह अन्तर्गतको मनकामना दर्शन प्रा.लि. द्वारा सञ्चालित केबलकारले सञ्चालनमा आएदेखि हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुहरूलाई सुरक्षित र भरपर्दो सेवा प्रदान गरिसकेको जनाएको छ । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “मनकामना माताको कृपाले चितवन को–इ समूह अन्तर्गतको मनकामना दर्शन प्रा.लि. द्वारा सञ्चालित नेपालको पहिलो केबलकार मनकामना केबलकार (मङ्सिर ८ गते) आफ्नो २८औँ वर्षको सफल सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । हालसम्म हामीले २ करोड १२ लाख भन्दा बढी यात्रुहरूलाई केबलकार सेवा प्रदान गरिसकेका छौँ ।” चितवन को–इ समूहका संस्थापक स्वार्गीय लक्ष्मण बाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको यस केबलकारले नेपालको पर्यटन र पूर्वाधार विकासको क्षेत्रमा एक अग्रणी उद्यमको रूपमा आफूलाई स्थापित गरेको विज्ञप्तिमा उल्लेख छ । २९औँ वर्ष प्रवेशको विशेष अवसरमा कम्पनीले स्वर्गीय संस्थापक श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले देखाएको मार्गनिर्देशन र दूरदृष्टिलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ । कम्पनीले यस उचाइसम्म आइपुग्न साथ र विश्वास प्रदान गर्ने सम्पूर्ण ग्राहकवर्ग, अहोरात्र खटिने कर्मचारी, पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदारहरूप्रति आभार प्रकट गरेको छ । साथै, निरन्तर सहयोग पुर्‍याउने सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय तथा चितवन र गोरखा जिल्ला प्रशासन कार्यालयहरूप्रति पनि कम्पनीले कृतज्ञता ज्ञापन गरेको छ । आगामी योजनाबारे विज्ञप्तिमा थप भनिएको छ, “आगामी वर्षहरूमा यात्रुहरूलाई अझ उत्कृष्ट सेवा तथा स्तरीय अनुभव प्रदान गर्न कम्पनी सदैव प्रतिबद्ध रहने विश्वास दिलाउन चाहन्छौँ ।” मनकामना केबलकार विसं. २०५५ साल मङ्सिर ८ गतेदेखि (सन् १९९८ नोभेम्बर २४) मा सञ्चालनमा आएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प
Latest NewsJust now

ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रमा आसपास केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा महसुस भएको थियो। The post ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and ...

कर्पोरट खबर
बालेनकी दिदीले भनिन्– ‘नेपाल–भारतको रोटी–बेटी सम्बन्धले आत्मीयता अझ प्रगाढ बनाउँछ’
Latest NewsJust now

बालेनकी दिदीले भनिन्– ‘नेपाल–भारतको रोटी–बेटी सम्बन्धले आत्मीयता अझ प्रगाढ बनाउँछ’

नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) की दिदी सुजाता शाहले नेपाल र भारतबीचको सदियौँ पुरानो ‘रोटी–बेटी’ सम्बन्धले दुई देशको आत्मीयता थप प्रगाढ बनाउने बताएकी छन्। उनले प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा सुरु भएको रेलमार्गलाई दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा व्याख्या गरेकी छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले भारतको राजकीय भ्रमण सम्पन्न गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै ...

केन्द्रबिन्दु
बैतडीका दुई पालिकामा सार्वजनिक बिदा
Latest NewsJust now

बैतडीका दुई पालिकामा सार्वजनिक बिदा

कैलाली । बैतडीका दुई पालिकाले मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका छन्। जिल्लाका दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकाले मंगलबार स्थानीय सार्वजनिक बिदा दिएका हुन् । दुवै स्थानीय तहले छुट्टाछुट्टै सूचना जारी गर्दै... ...

रातोपाटी
तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन
Latest NewsJust now

तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन

म्याग्दी। तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका तेजबहादुर बानियाको जीवन अहिले फेरिएको छ। मजदुरी गरेर गुजारा चलाउनुपर्ने अवस्थाबाट व्यावसायिक र अगुवा किसान बनेका बानियाको तीन दशक लामो कृषि यात्राले स्थानीय स्तरमै श्रम र उद्यममार्फत आर्थिक आत्मनिर्भरता हासिल गर्न सकिने सन्देश दिएको छ। विसं २०५२ मा लुम्लेमा कृषि तालिम लिएपछि उहाँले व्यावसायिक तरकारी खेती सुरु गरेका थिए। सुरुमा ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement