काठमाडौंमा प्रहरीको ‘स्वीप अपरेसन’ : १५ महिलासहित ९७ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति, सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा ९७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना कसुरदारसमेत रहेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कात्तिक ११ गतेदेखि १२ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ८२ पुरुष र १५ जना महिला छन्। परिसरले सार्वजनिकस्थल, सार्वजनिक यातायातका साधन, सरकारी कार्यालय आसपास तथा बढी भीडभाड हुने क्षेत्रलाई लक्षित गरी निगरानी र चेकजाँच तीव्र पारेको छ । अभियानका क्रममा चालु मुद्दाका छ जना फरार प्रतिवादीसमेत पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्नुका साथै सम्भावित आपराधिक गतिविधि रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी टोली परिचालन गरिएको जानकारी दिए। प्रहरीका अनुसार बसपार्क, सार्वजनिक यातायात, व्यस्त बजार तथा सेवाग्राहीको बढी उपस्थिति रहने सरकारी कार्यालय आसपासका क्षेत्रमा चोरी, लुटपाट, दुव्र्यवहार र बिचौलियाका गतिविधि हुनसक्ने भएकाले त्यस्ता स्थानमा निगरानी बढाइएको हो। प्रवक्ता थापाका अनुसार नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचान, नियन्त्रण तथा कानुनी कारबाहीलाई प्रभावकारी बनाउन प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका व्यक्तिमाथि लागेका आरोप तथा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले शान्ति, सुरक्षा कायम राख्न र अपराध नियन्त्रण गर्न विशेष निगरानी तथा चेकजाँचलाई निरन्तरता दिने पनि जानकारी दिएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने
काठमाडौँ, कात्तिक १३ गते । सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ जारी गरेको छ ।गृह... ...

यी ७ जना सशस्त्र प्रहरीमाथि कारबाहीको तयारी
काठमाडौं । सशस्त्र प्रहरी बलले एक जना प्रहरी नायव निरीक्षकसहित सात जना सशस्त्र प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजिर नभए कारबाही गर्ने चेतावनी दिएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै विभिन्न इकाइबाट बिदा लिएका तथा आफूखुसी लाइन ब्यारेक छाडेर लामो समयदेखि कार्यालयमा अनुपस्थित भएका कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न भनेको हो। ‘अन्यथा ...

सिँचाइका लागि खेतमा बिजुली
बाबुराम कार्की वराहक्षेत्र, कात्तिक १३ गते । सुनसरीको देवानगन्ज गाउँपालिकाले कृषि उत्पादनको लागत घटाउने र किसानलाई सिँचाइमा सहज पहुँच पु-याउने उद्देश्यले खेत खेतमा विद्युत् विस्तार... ...

अलपत्र मुडे–कालापानी सडकको ठेक्का तोड्ने तयारी
चरीकोट समाचारदाताचरीकोट, कात्तिक १३ गते । दोलखाको प्रसिद्ध पर्यटकीयस्थल शैलुङ जोड्ने मुडे–बाघखोर–कालापानी सडक निर्माणमा चरम ढिलासुस्ती र लापर्बाही भएपछि पूर्वाधार विकास कार्यालय दो... ...


