Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Others/काठमाडौंमा प्रहरीको विशेष ‘स्वीप अपरेसन’, फरारसहित ७५ जना समातिए

काठमाडौंमा प्रहरीको विशेष ‘स्वीप अपरेसन’, फरारसहित ७५ जना समातिए

10/27/2026, 3:17:00 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram

काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ मा ७५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएको २४ घण्टामा काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये ६० पुरुष र १४ जना महिला छन् । त्यस अपरेसनमा अन्य एक जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार सार्वजनिकस्थल, सार्वजनिक यातायातका साधन, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपासका क्षेत्रलगायत नागरिकको बढी आवतजावत हुने स्थानलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो । प्रहरीले सार्वजनिकस्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुर्व्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि सञ्चालन गर्ने तथा गुण्डागर्दीजस्ता आपराधिक गतिविधिमा संलग्न रहेको आशङ्कामा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । उक्त अभियानका क्रममा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड तथा सजाय तोकिएका आठ जना कसुरदारसमेत पक्राउ परेका छन् । त्यसैगरी विभिन्न मुद्दामा अनुसन्धान तथा कानुनी कारबाहीका क्रममा फरार रहेका चार जना प्रतिवादीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै अदालतबाट सजाय तोकिएका र चालु मुद्दामा फरार रहेका गरी १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार स्वीप अपरेसनको मुख्य उद्देश्य सार्वजनिकस्थलमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नु, फरार कसुरदार तथा प्रतिवादीको खोजी गर्नु र नागरिकलाई सुरक्षित वातावरणमा दैनिक गतिविधि सञ्चालन गर्न सहयोग पुर्‍याउनु हो । विशेषगरी सार्वजनिक यातायात, भीडभाड स्थान तथा सेवाग्राहीको बढी उपस्थिति रहने क्षेत्रमा हुने चोरी, लुटपाट, दुर्व्यवहार, बिचौलियाको गतिविधि र गुण्डागर्दी नियन्त्रणलाई अभियानमा प्राथमिकता दिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीले पक्राउ परेका व्यक्तिको संलग्नता तथा उनीहरूमाथि लागेका आरोपका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार
OthersJust now

नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ७९ करोडको कारोबार

नेप्सेमा आज सामान्य वृद्धि आएको छ । आज मंगलबार नेप्से ०.९४ अंकले घटेर २६३०.७६ विन्दुमा पुगेर रोकिएको छ । आज ३६० कम्पनिका एक करोड ५३ लाख ४६ हजार २२६ कित्ता शेयर ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ मा कारोबार भएको थियो । आज हाइड्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा ...

पर्दाफास
तिहारमा ५२ लाख फूलका माला खपत हुने, विदेश जाँदै मखमलीका २ लाख माला
OthersJust now

तिहारमा ५२ लाख फूलका माला खपत हुने, विदेश जाँदै मखमलीका २ लाख माला

फूल उत्पादन र बजार हरेक वर्ष विस्तार हुँदै जाँदा यसले कृषक तथा पुष्प व्यवसायीको आम्दानी वृद्धि र आयात प्रतिस्थापनमा ठूलो योगदान पुर्‍याएको छ । ...

अनलाइन खबर
स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’को ट्रेलर सार्वजनिक, शनाया दोहोरो भूमिकामा
OthersJust now

स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’को ट्रेलर सार्वजनिक, शनाया दोहोरो भूमिकामा

करण जोहरको चर्चित फिल्म फ्रेन्चाइज ‘स्टुडेन्ट अफ द इयर’ अब नयाँ वेब सिरिजका रूपमा दर्शकमाझ आउने भएको छ । ‘स्टुडेन्ट अफ द इयर : आफ्टर डार्क’ नाम दिइएको सिरिजको ट्रेलर सार्वजनिक भएको छ । यसमा अभिनेत्री शनाया कपुर दोहोरो भूमिकामा देखिनेछिन् । यसपटक सिरिजमा कलेजको प्रेम, ग्ल्यामर र प्रतिस्पर्धाभन्दा हत्या रहस्य र रोमाञ्चलाई प्राथमिकता दिइएको… ...

अनलाइन खबर
ट्यांकी छ, घर-घरमा धारा छ तर पानी देख्नै मुस्किल
OthersJust now

ट्यांकी छ, घर-घरमा धारा छ तर पानी देख्नै मुस्किल

काठमाडौं । गाउँमा खानेपानीको ट्यांकी बनेको छ । मुहानबाट पानी ल्याउन पाइप विस्तार गरिएको छ । घरघरमा धारा जडान गरिएका छन्। गाउँपालिकाले बजेट र पाइप उपलब्ध गराएको छ, स्थानीयवासीले श्रमदानसमेत गरेका छन् । हेर्दा खानेपानीको समस्या समाधान भइसकेको जस्तो लाग्छ । तर धाराबाट पानी बग्दैन। सुनकोशी गाउँपालिका–३ का ताम्लिङ, साधनबोट, मैनापुर र सिम्पानीका करिब ६०… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play