काठमाडौं उपत्यका ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा पाँच हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जानकारी प्रवाह गर्ने, सडक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित यात्राका लागि नागरिकलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार असोजमा विद्यालयमा प्रशिक्षणका २४, सचेतना कक्षाका ४२७, चालक तथा सहचालक लक्षित एक हजार ६०६, रात्रिकालीन सचेतनाका दुई हजार २५२ र अन्य एक हजार १२५ गरी कुल पाँच हजार ४३४ कार्यक्रम सञ्चालन गरिएका हुन् । ती कार्यक्रममार्फत चार लाख ३६ हजार २४३ जनालाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी जानकारी प्रदान गरिएको उनको भनाइ छ । विद्यालयमा आयोजित प्रशिक्षणमा तीन हजार ५१७, सचेतना कक्षामा चार हजार ७०, चालक तथा सहचालक लक्षित कार्यक्रममा एक लाख १५ हजार ३८६, रात्रिकालीन सचेतना कार्यक्रममा एक लाख तीन हजार ८६० र अन्य कार्यक्रममा दुई लाख नौ हजार ४१० जना सहभागी भएका कार्यालयले जनाएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । यस्ता अभियानले सर्वसाधारण नागरिक, विद्यार्थी तथा सवारी चालक र सहचालकलाई ट्राफिक नियमबारे जानकारी दिनुका साथै सुरक्षित यात्रा गर्ने तरिकासम्बन्धी ज्ञान अभिवृद्धि गर्न सहयोग पुर्याउँदै आएको कार्यालयको भनाइ छ । ट्राफिक प्रहरी प्रमुख काफ्लेले काठमाडौँ उपत्यकामा सञ्चालित जनचेतनामूलक कार्यक्रम प्रभावकारी बन्दै गएको जानकारी दिँदै लाखौँ नागरिकलाई ट्राफिक नियम तथा सडक सुरक्षाबारे जानकारी गराउँदा सडकमा जिम्मेवार व्यवहारको विकास गर्न एवं सम्भावित दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए । उनले भने, “काठमाडौँ उपत्यकामा ट्राफिक जनचेतनामूलक कार्यक्रम निकै प्रभावकारी बनेको छ । हामीले लाखौँ नागरिकलाई ट्राफिक नियमसम्बन्धी जानकारी दिन सफल भएका छौँ । यसले सडक दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।” ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई नियमको पालना गर्न, मादक पदार्थ, लागुपदार्थ सेवन गरी सवारी नचलाउन, तीव्र गतिमा सवारी नचलाउन तथा पैदलयात्री र अन्य सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकता दिन आग्रह गर्दै आएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः महामन्त्री पौडेल
• नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीमा व्यापक एकता कायम भएको र बाँकी सदस्यलाई पनि एकताबद्ध गर्न तयार रहेको बताएका छन्। • उनले कांग्रेसलाई जनतामाझ रुपान्तरणको अनुभूति दिलाउने र सहमति-सहकार्य गर्दै देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिएका छन्। • पौडेलले वर्तमान सरकार पाँच वर्षसम्म चल्नुपर्ने र कांग्रेसले सरकारको गलत काममा निरन्तर खबरदारी गर्ने स्पष्ट पारेका छन्। ...

सामसङ ग्यालेक्सी ए–१७ फाइभ जी अब १२ सय रुपैयाँकै किस्ताबन्दीमा
काठमाडौँ । सामसङ मोबाइल नेपालले आसन्न चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए १७ फाइभ जी’ खरिद गर्न चाहने ग्राहकहरूलाई... ...

कांग्रेसभित्र एकताको प्रयास जारी छ, तर एउटै विषयमा अल्झिएर बस्दैनौँ: प्रदीप पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन्। नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए। उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउ... ...

फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ, ५३ जना प्रहरी घाइते
काठमाडौं । फ्रान्समा भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले एक हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले आइतबार बताएको छ । झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत विरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनहरूको क्रममा हिंसा भड्किएपछि शनिबार धेर मानिसलाई पक्राउ गरिएको हो । यो फ्रान्समा सप्ताहन्तमा भएको लगातार दोस्रो अशान्ति हो । देशमा आगामी ...


