काठमाडौँका विभिन्न स्थानमा ८ दिन विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि कात्तिक १३ गतेदेखि २० गतेसम्म विद्युत् अवरुद्ध हुने भएको हो। प्राधिकरणका अनुसार बिहान १०:३० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द रहनेछ। प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाई भिजन कोलोनी क्षेत्रमा विद्युत् कटौती हुनेछ। कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सब-स्टेसन क्षेत्रमा विद्युत् सेवा प्रभावित हुनेछ। त्यसैगरी, कात्तिक १५ गते कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् आपूर्ति बन्द हुनेछ। कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सब-स्टेसन क्षेत्रमा र कात्तिक १७ गते शंखमूल फिडरअन्तर्गत यूएनपार्कदेखि बिजुली बजार क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। कात्तिक १८ गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् बन्द हुनेछ। कात्तिक १९ गते स्युचाटार एस.एस. फिडरअन्तर्गत हाज्मा पुल क्षेत्रमा र कात्तिक २० गते पुनः सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने
काठमाडौँ, कात्तिक १३ गते । सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ जारी गरेको छ ।गृह... ...

यी ७ जना सशस्त्र प्रहरीमाथि कारबाहीको तयारी
काठमाडौं । सशस्त्र प्रहरी बलले एक जना प्रहरी नायव निरीक्षकसहित सात जना सशस्त्र प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजिर नभए कारबाही गर्ने चेतावनी दिएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै विभिन्न इकाइबाट बिदा लिएका तथा आफूखुसी लाइन ब्यारेक छाडेर लामो समयदेखि कार्यालयमा अनुपस्थित भएका कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको मनासिव कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न भनेको हो। ‘अन्यथा ...

सिँचाइका लागि खेतमा बिजुली
बाबुराम कार्की वराहक्षेत्र, कात्तिक १३ गते । सुनसरीको देवानगन्ज गाउँपालिकाले कृषि उत्पादनको लागत घटाउने र किसानलाई सिँचाइमा सहज पहुँच पु-याउने उद्देश्यले खेत खेतमा विद्युत् विस्तार... ...

अलपत्र मुडे–कालापानी सडकको ठेक्का तोड्ने तयारी
चरीकोट समाचारदाताचरीकोट, कात्तिक १३ गते । दोलखाको प्रसिद्ध पर्यटकीयस्थल शैलुङ जोड्ने मुडे–बाघखोर–कालापानी सडक निर्माणमा चरम ढिलासुस्ती र लापर्बाही भएपछि पूर्वाधार विकास कार्यालय दो... ...


