Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Others/काठमाडौँ प्रहरीको विशेष अपरेसन : २४ घण्टामा ९२ जना पक्राउ

काठमाडौँ प्रहरीको विशेष अपरेसन : २४ घण्टामा ९२ जना पक्राउ

10/28/2026, 1:31:13 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौँ प्रहरीको विशेष अपरेसन : २४ घण्टामा ९२ जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सञ्चालन गरेको विशेष अभियानका क्रममा २४ घण्टाभित्र ९२ जनालाई पक्राउ गरेको छ। परिसरले काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरेको ‘स्विप अपरेसन’ का क्रममा शंकास्पद गतिविधिमा संलग्न तथा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूमाथि निगरानी बढाउँदै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ पर्नेमा ८४ पुरुष र आठ महिला रहेका छन्। प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न, सम्भावित आपराधिक गतिविधि रोक्न तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरेको जनाएको छ। अभियानअन्तर्गत काठमाडौँका विभिन्न स्थानमा निगरानी र प्रहरी परिचालनलाई तीव्र बनाइएको थियो। आपराधिक गतिविधिमा संलग्न हुन सक्ने व्यक्तिहरूको पहिचान तथा निगरानीलाई प्राथमिकता दिइएको प्रहरीको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

नागरिकताको प्रतिलिपि लिन अब आफ्नो जिल्ला धाउनुनपर्ने, काठमाडौंबाटै लिन सकिने
OthersJust now

नागरिकताको प्रतिलिपि लिन अब आफ्नो जिल्ला धाउनुनपर्ने, काठमाडौंबाटै लिन सकिने

नेपालका जुनसुकै जिल्लाका नागरिकले पनि अब उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुबाट नागरिकताको प्रतिलिपि प्राप्त गर्न सक्ने छन् । प्रदेशअनुसार तोकिएका जिल्ला प्रशासन कार्यालयबाट सेवा उपलब्ध गराउन लागिएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सूचना अधिकारी खिमराज भुसालले नेपाल न्यूज बैंकसँगको कुराकानीमा आवश्यक उपकरणहरू आउने क्रम जारी रहेको बताउँदै अर्को सातादेखि सेवा सुरु गरिने जानकारी दिएका छन् । ‘पञ्जीकरण विभागबाट आवश्यक उपकरणहरू आउँदै छन्। केही ...

पर्दाफास
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पदैलयात्रीको मृत्यु
OthersJust now

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट पदैलयात्रीको मृत्यु

११ कात्तिक, काठमाडौं । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । हरिपुर नगरपालिका–४ हरैयास्थित सडकमा मलंगवाबाट हरिपुरतर्फ आउँदै गरेको बीआर ०६ सिएल १४७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६८ वर्षीय युगेश्वर सिंहको मंगलबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु… ...

अनलाइन खबर
एन्फा अध्यक्ष र महासचिव अदालतमा उपस्थित, बयान सकियो
OthersJust now

एन्फा अध्यक्ष र महासचिव अदालतमा उपस्थित, बयान सकियो

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा खेपेका नेम्वाङ र राई बुधबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएर बयान दिएका हुन् । ...

अनलाइन खबर
न्युजिल्यान्डका नेपालीलाई राहदानी नवीकरणमा सास्ती, सेवा लिन अस्ट्रेलिया धाउनुपर्ने बाध्यता
OthersJust now

न्युजिल्यान्डका नेपालीलाई राहदानी नवीकरणमा सास्ती, सेवा लिन अस्ट्रेलिया धाउनुपर्ने बाध्यता

न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली नागरिक, विशेषगरी विद्यार्थीहरू राहदानी नवीकरण र अन्य कन्सुलर सेवा लिन सास्ती भोग्न बाध्य भएका छन्। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play