Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कांग्रेसले मंसिर महिनाभर ‘कांग्रेस तयार छ’ अभियान चलाउने

कांग्रेसले मंसिर महिनाभर ‘कांग्रेस तयार छ’ अभियान चलाउने

10/29/2026, 7:55:20 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसले मंसिर महिनाभर ‘कांग्रेस तयार छ’ अभियान चलाउने

नेपाली कांग्रेसले हालै सम्पन्न पार्टीको १५ औँ महाधिवेशनको सन्देश जनतासम्म पुर्‍याउन तथा पार्टी संगठन सुदृढ गर्न मंसिर महिनाभरि ‘कांग्रेस तयार छ’ विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

बिहीवार पार्टी मुख्यालयमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले यस्तो घोषणा गरेका हुन् । उनले महाधिवेशनबाट पारित नीतिगत दस्तावेज र निर्णयहरू समुदायस्तरसम्म पुर्‍याउन अभियान सञ्चालन गर्न लागिएको बताए ।

विगतको समीक्षा र आलोचनाको चरण पूरा भएकाले अब पार्टीले मुलुकसामु देखा परेका समस्या समाधान गर्ने जिम्मेवारी निर्वाह गर्न केन्द्रित हुनुपर्ने उनले बताए । काँग्रेस प्रतिपक्षीको भूमिका र स्थानीय तहको जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताउँदै थापाले ती जिम्मेवारीबारे आम नागरिकलाई जानकारी गराउन नेता कार्यकर्तालाई निर्देशन दिए ।

उनले भने, ‘हामीले महाधिवेशनबाट पारित गरेका कुराहरूलाई मंसिर महिनाको एक महिनाको समयमा दस्तावेजीकरण गर्ने कुरा त भइहाल्यो । यसलाई समुदायसम्म पुर्‍याउनको लागि ‘काँग्रेस तयार छ’ भनेर अभियान चलाउनुपर्ने छ । हामी नेपालका आजका समस्याहरू समाधान गर्नको लागि तयार छौँ, हामी यो महाधिवेशनबाट सबै कुराको तयारी गरेर आएका छौँ ।’

उनले विगतको समीक्षा र आलोचनाको चरण सकिएकाले अब अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘हामीले विगतको समीक्षा गर्‍यौँ, कतिपय कुराहरूमा आलोचना पनि गर्‍यौँ । त्यो सबै चरणहरू अब सकिएको छ । अब हामीले अगाडि बढ्ने हो । आजको जिम्मेवारी उठाउन तयारी छौँ, हामी प्रतिपक्षीको जिम्मेवारी उठाउन तयार छौँ । हामी स्थानीय तहको जिम्मेवारीसमेत ठीक ढंगले वहन गर्न तयार छौँ । यो हामीले उठाएको जिम्मेवारी आम नागरिकका बीचमा लिएर जानुपर्छ । त्यसकारण मंसिर महिनाभरि हामी तयार छौँ भन्ने विशेष अभियान सञ्चालन गर्छौँ । अभियानका बाँकी रहेका कामहरू पार्टी कार्यालयले पछि तयार गर्छ’, थापाले भने ।

आगामी तिहार र छठ पर्वका अवसरमा पार्टीका कमिटीले आयोजना गर्ने शुभकामना आदानप्रदान कार्यक्रमलाई समुदायसँग जोड्न पनि उनले निर्देशन दिए ।

थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई टोलटोल र वडावडामा पुगेर लम्बेतान सम्मान कार्यक्रम आयोजना नगर्न आग्रह गरे ।

उनले भने, ‘अर्को कुरा, अब लगत्तै तिहार, छठ आउँदैछ । हामी अहिले विशेष अवस्थामा छौँ । यत्रो ठूलो विपद् गएको छ । हामीले कोषमा भएको पैसा समेत सदुपयोग गर्नुपर्नेछ । यहाँ हामीले सम्मान गर्‍यौँ, जिम्मेवारी लियौँ । अब यहाँबाट गएर टोलमा सम्मान, वडामा सम्मान लिने काम बन्द गरौँ । अनि पार्टीको कुनै पनि कमिटीले शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गर्छ भने त्यो कार्यक्रम समुदायसँग जोडिनुपर्छ ।’

थापाले चाडपर्वलाई रमाइलोका रूपमा मात्र नलिई सामुदायिक तथा सार्वजनिक काममा समर्पित हुनसमेत निर्देशन दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

युक्रेनको निप्रो रेल्वे स्टेसनमा रुसी ड्रोन आक्रमण, १३ जनाको मृत्यु
OthersJust now

युक्रेनको निप्रो रेल्वे स्टेसनमा रुसी ड्रोन आक्रमण, १३ जनाको मृत्यु

युक्रेनको निप्रो रेल्वे स्टेसनमा रुसले ठूलो ड्रोन आक्रमण गरेको छ । आक्रमणका बेला यात्रुहरू स्टेसनमा रोकिराखिएको रेलमा चढिरहेका थिए । ...

अनलाइन खबर
कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित
OthersJust now

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो। पहिले ब्याटिङ गरेको विराटनगरले लोकेश बमको आक्रामक ब्याटिङको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो। उनले ५२ बलमा ८७ रन बनाए। उनको इनिङ्समा ३ चौका ...

पर्दाफास
बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध
OthersJust now

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

दिनभर सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चार सेवासँगै विभिन्न कार्यालयका कामकाज, अनलाइन सेवा प्रवाह तथा सञ्चारसम्बन्धी गतिविधि प्रभावित भएका थिए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play