Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

10/29/2026, 9:05:39 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो। पहिले ब्याटिङ गरेको विराटनगरले लोकेश बमको आक्रामक ब्याटिङको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो। उनले ५२ बलमा ८७ रन बनाए। उनको इनिङ्समा ३ चौका र ९ छक्का समावेश थियो। विराटनगरका लागि एन्जेलो म्याथ्युजले २३ बलमा ३१ रन बनाए भने आन्द्रे रसेलले १५ बलमा २७ रनको योगदान दिए। कर्णालीका कप्तान सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए। मार्क वाटले एक विकेट लिए। १८७ रनको लक्ष्य पछ्याएको कर्णालीले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो। यससँगै कर्णालीले प्रतियोगितामा आफ्नो विजयी यात्रा कायम राखेको छ भने विराटनगरले लगातार दोस्रो हार बेहोरेको छ। कर्णालीले यसअघि आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो। विराटनगर भने पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

इशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडर नियुक्त
OthersJust now

इशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडर नियुक्त

१२ कात्तिक, काठमाडौं । नेपाली क्रिकेटर इशान पाण्डे बेलायतस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा पाण्डे र संस्थाका निर्देशक राजन खकुरेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द पनि उपस्थित थिए। चन्दले यस किसिमको सहकार्यले नेपाली खेलाडीलाई आर्थिक रूपमा… ...

अनलाइन खबर
कठिन परिस्थितिमा कप्तान सोमपालको उत्कृष्ट अलराउन्ड प्रदर्शन
OthersJust now

कठिन परिस्थितिमा कप्तान सोमपालको उत्कृष्ट अलराउन्ड प्रदर्शन

सोमपाल कामीमा क्षमता छ, कठिन परिस्थितिमा पनि हार नमान्ने, अलराउन्ड प्रदर्शनबाट खेल जिताउने । त्यो कुरा बिहीबार विराटनगर किङ्स विरुद्धको खेलमा पनि देखियो । ...

अनलाइन खबर
आईजीपी कार्कीको सचिवालयले भन्यो- प्रहरीलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोजियो
OthersJust now

आईजीपी कार्कीको सचिवालयले भन्यो- प्रहरीलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोजियो

नेपाल प्रहरीले सङ्गठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गर्नेहरूमाथि प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ। प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सुरक्षा सङ्गठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच राखेका केही सीमित व्यक्तिहरूको चालबाजीप्रति सचेत रहेको उल्लेख गरिएको छ। पछिल्लो समय केही सञ्चारमाध्यम ...

पर्दाफास
मोरङमा गोली चलाएर प्रहरीले समात्यो तीन जना लागूऔषध कारोबारी
OthersJust now

मोरङमा गोली चलाएर प्रहरीले समात्यो तीन जना लागूऔषध कारोबारी

१२ कात्तिक, काठमाडौं । मोरङको रतुवामाइमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर २ जना भारतीय नागरिक र १ जना नेपाली नागरिक गरेर तीन जनालाई पक्राउ गरेको हो । उनीहरूबाट ५ सय ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जानकारी गराएको छ । साथै, उनीहरूको साथबाट पेस्तोल… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play