कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिले आज शपथ लिँदै, पहिलो बैठक पनि बस्ने

काठमाडौं, कात्तिक १२। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले आज शपथ ग्रहण गर्ने भएका छन्। शपथ ग्रहण र पदबहालीपछि नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकसमेत आजै बस्ने तयारी गरिएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो २ बजे शपथ ग्रहण समारोह आयोजना हुँदै छ। केन्द्रीय निर्वाचन समितिका अनुसार समारोहमा पार्टी सभापतिबाहेक अन्य सबै नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन्। नवनिर्वाचित सभापति गगनकुमार थापाले भने असोज ३१ गते दसैँको फूलपातीका दिन नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसक्नुभएको छ। असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। निर्वाचनमा सात हजार ३ सय ९२ मतदाताको मतगणना एक साताभित्र सम्पन्न भएको थियो। महाधिवेशनबाट गगनकुमार थापा ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित हुनुभएको थियो। त्यस्तै, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित हुनुभएको थियो। महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला संग्रौला (पन्त) निर्वाचित हुनुभएको थियो। शपथ ग्रहण तथा पदबहालीपछि बस्ने पहिलो बैठकले महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने महाधिवेशन प्रतिनिधि, केन्द्रीय निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्ने तयारी गरेको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

बहुमत नपाएपछि नेतान्याहूको आरोप- चुनावमा जालसाजी भयो
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले चोरी गरेका छन्। यो ...

‘भारतविरोधी उग्र राष्ट्रवादले देशको विकास हुँदैन’- धमला
काठमाडौं । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले भारतविरोधी उग्र राष्ट्रवादले नेपालको विकास सम्भव नरहेको बताएका छन् ।... ...

नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि सवारी शुल्क लाग्ने
काठमाडौं, कात्तिक १२। नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि सवारीको वर्गअनुसार फरक–फरक शुल्क निर्धारण गरिएको छ। सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णयअनुसार सार्वजनिक गरिएको सूचनामा सुरुङमार्ग प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क कात्तिक १५ गतेदेखि लागु हुने भएको छ । नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले सार्वजनिक गरेको सूचनाअनुसार नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई चार वर्गमा विभाजन ...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा आज दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेर जिम्मेवारी सम्हाल्न लागेका हुन् । केन्द्रीय निर्वाचन समितिका अनुसार आजको समारोहमा […] ...


