काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौंबाहिर धार्मिक यात्रामा रहेका उनलाई फोन सम्पर्क गरी साइबर ब्युरोमा बोलाइएको कांग्रेस मिडिया सेन्टरले जनाएको छ । उनले आफू साइबर ब्युरोमा जाने बताएका छन् । आफूलाई प्रहरी लगाएर खोज्नु नपर्ने भन्दै उनले काठमाडौं आउँदै गरेको उल्लेख गरेका छन् । बिहीबार (कात्तिक १९) बिहान सहमहामन्त्री शिवाकोटीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “सरकार तिम्रो भय र पारेको भ्रमले विचलित हुन्नँ, प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदै छु ।” शिवाकोटीले सरकारले विधिविधान मिचेर काम गरिरहेको र कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको भन्दै सामाजिक सञ्जालमार्फत नै केही दिनदेखि प्रतिक्रिया दिइरहेका छन् । The post कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो

Read Complete Original Article
Published originally on कर्पोरट खबर






