Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

मध्यावधि चुनावलगत्तै अमेरिकाले भारतका व्यापारी र कम्पनीमाथि लगायो प्रतिबन्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
मध्यावधि चुनावलगत्तै अमेरिकाले भारतका व्यापारी र कम्पनीमाथि लगायो प्रतिबन्ध
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको ठूलो हारपछि बुधबार अमेरिकी वित्त मन्त्रालयले भारत र टर्कीका कम्पनी तथा व्यापारीमाथि नयाँ प्रतिबन्ध लगाएको छ । मन्त्रालयले इरानी शासनलाई समर्थन गर्ने कुनै पनि व्यक्ति वा संस्थाविरुद्ध कारबाही जारी राख्ने चेतावनी दिएको छ । यी प्रतिबन्ध राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अभियानअन्तर्गत लगाइएको हो । यस अभियानको उद्देश्य इरानलाई तेल बिक्री गरेर आम्दानी गर्नबाट रोक्नु रहेको छ । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले बुधबार मन्त्रालयको निर्णय सार्वजनिक गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हामीले पटक–पटक भनेका छौँ, ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत या त तपाईं हाम्रो पक्षमा हुनुहुन्छ या विपक्षमा । तपाईं कहाँ हुनुहुन्छ भन्ने हामीलाई थाहा छ । इरानी शासनलाई निरन्तर समर्थन गर्नेहरूविरुद्ध प्रतिबन्ध लगाउनेछौँ, चाहे उनीहरूले स्थल, समुद्र वा हवाई मार्गबाट यस्तो गरिरहेका हुन् ।’ मन्त्रालयको निर्णयअनुसार भारतमा रहेका सुनील कुमार शर्मा र उनकी पत्नी जसप्रीत प्रीति शाहिदको ठूलो आपराधिक सञ्जाललाई प्रतिबन्धको निशाना बनाइएको छ । उक्त सञ्जालले इरानको ‘स्यान्डो फ्लीट’ लाई सहयोग गर्दै आएको अमेरिकी आरोप छ । प्रतिबन्धित व्यक्तिको सूचीमा चण्डीगढका अश्वनी कुमार धीमान र इश्विन्दर सिंह पनि छन् । त्यस्तै, एलेक्सार्या मिडिया एन्ड इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड, आर्यावर्त मेरिटाइम एन्ड एजुकेसनल ट्रस्ट, एलेक्सार्या फिनसर्भ प्राइभेट लिमिटेड, आर्यावर्त शिप म्यानेजमेन्ट प्राइभेट लिमिटेड, इस्वातिनी मेरिटाइम अफेयर्स एन्ड इन्टरनेसनल शिप रजिस्ट्री प्राइभेट लिमिटेड (सिंगापुर), फ्युगो ग्राउन्ड सर्भिसेज इंक। (टर्की), ओस्यानिक टेक्नोलोजिज इन्डिया, पोलिनेसिया मेरिटाइम प्राइभेट लिमिटेड, प्रिसेप्ट ट्रेन्ड्स प्राइभेट लिमिटेड र विहारा बोटिङ प्राइभेट लिमिटेड ९केरल०लगायतका कम्पनीमाथि प्रतिबन्ध लगाइएको छ । अमेरिकी वित्त मन्त्रालयका अनुसार उक्त सञ्जालले प्रतिबन्धित जहाजहरूलाई नक्कली झण्डा र प्रमाणपत्र उपलब्ध गराउने गरेको थियो । ती जहाजहरू इरानी पेट्रोलियम पदार्थ ओसारपसारमा प्रयोग हुँदै आएका थिए । इरानी सेना तथा उसका सहयोगी संगठनका लागि काम गर्ने जहाजहरू पनि यसमा संलग्न रहेको मन्त्रालयको दाबी छ । यसैबीच, मंगलबार सम्पन्न अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले ऐतिहासिक हार बेहोरेको छ । हालसम्मका नतिजाअनुसार प्रतिनिधिसभा र सिनेट दुवैमा डेमोक्रेटिक पार्टीले बहुमत हासिल गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो
Latest NewsJust now

कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौंबाहिर धार्मिक यात्रामा रहेका उनलाई फोन सम्पर्क गरी साइबर ब्युरोमा बोलाइएको कांग्रेस मिडिया सेन्टरले जनाएको छ । उनले आफू साइबर ब्युरोमा जाने बताएका छन् । आफूलाई प्रहरी लगाएर खोज्नु नपर्ने भन्दै उनले काठमाडौं आउँदै गरेको उल्लेख गरेका छन् । बिहीबार (कात्तिक १९) बिहान सहमहामन्त्री शिवाकोटीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका ...

कर्पोरट खबर
निर्वाचनमा स्पष्ट बहुमत नआएपछि इजरायली राष्ट्रपतिले थाले सरकार गठनका लागि दलहरूसँग परामर्श
Latest NewsJust now

निर्वाचनमा स्पष्ट बहुमत नआएपछि इजरायली राष्ट्रपतिले थाले सरकार गठनका लागि दलहरूसँग परामर्श

काठमाडौँ । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले नयाँ गठबन्धन सरकार गठन गर्ने जिम्मेवारी कसलाई दिने भन्ने विषयमा राजनीतिक दलहरूसँग परामर्श सुरु गरेका छन् । गत साता सम्पन्न आम निर्वाचनको आधिकारिक नतिजा घोषणा... ...

रातोपाटी
लमजुङमा प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक
Latest NewsJust now

लमजुङमा प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक

नवीनराज कुइँकेललमजुङ, कात्तिक १९ गते । जिल्ला प्रशासन कार्यालय लमजुङले तिहारलगायत चाडपर्वलाई लक्षित गरी प्लास्टिकजन्य कृत्रिम फूलमाला तथा फूलगुच्छाको उत्पादन, बिक्री वितरण, भण्डारण... ...

गोरखापत्र
जग्गाको धनी पुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन
Latest NewsJust now

जग्गाको धनी पुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

झापा। भूमि समस्या समाधान समिति ले जग्गा प्राप्तिका लागि भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी गरी ६० हजार ५७० परिवारको निवेदन दर्ता भएको जनाएको छ । समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूमिहीन दलिततर्फ दुई हजार ८९६ परिवार, भूमिहीन सुकुम्वासीतर्फ १५ हजार ७८३ परिवार र सबैभन्दा बढी अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ८५१ परिवारको आवेदन परेको छ । यसबाहेक अघिल्ला ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play