काँग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथ ग्रहण आज

नेपाली काँग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह आज (बिहीबार) गर्न लागेको हो । सभापति गगन कुमार थापाले भने असोज ३१ गते शपथ ग्रहण र पद बहाली गरेका थिए । आज दिउँसो २ बजे काँग्रेसका केन्द्रीय सदस्य र पदाधिकारीहरूको शपथ ग्रहण हुनेछ । शपथ ग्रहण समारोह पार्टी केन्द्री कार्यालय सानेपामा हुनेछ । १८–२३ असोजमा सम्पन्न काँग्रेसको १५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो । विधानमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था भए पनि ६६ जना सभापतिले मनोनीत गर्ने व्यवस्था विधानमा छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

मुगुको खत्याडमा आगलागी : किराना र टेलर पसल पूर्ण रूपमा जलेर नष्ट
मुगु जिल्लाको खत्याड गाउँपालिका–२, जाम बजारमा गए राति भएको अचानक आगलागी बाट दुई वटा पसल पूर्ण रूपमा जलेर नष्ट हुला लाखेको धनमाल जलेर नष्ट भएका छन्। प्रहरी चौकी श्रीकोट मुगुका अनुसार मिति २०८३ साल कात्तिक १२ गते राति १२ः५ बजेको समयमा स्थानीय विष्णु संज्याल र अन्नाम दमाईका पसलमा आगलागी भएको जानकारी दिएका छन्। घटनाको विवरण अनुसार, सोही ठाउँ बस्ने वर्ष ४० को ...

काठमान्डुसँग खेल्दा जनकपुर पहिलो जितको खोजीमा
आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग पराजित जनकपुर दोस्रो खेलमा जित निकाल्ने लक्ष्यमा छ भने काठमान्डु यस सिजन सुखद सुरुवात गर्न चाहन्छ। ...

सरकार र प्रमुख प्रतिपक्षबाट बाहिरिएका वामपन्थीहरूले सिक्नुपर्ने पाठ
नेपालका वामपन्थीहरूले निकट इतिहासबाट अनिवार्य रूपमा नसिक्ने हो भने दण्डित हुन तयार हुनुको विकल्प छैन। के नेपालको वामपन्थी आन्दोलन फेरि पुनर्जागरण हुन सक्ला ? के चुँडिँदै गएको जनताको विश्वासको धागो फेरि जोडिन सक्ला ? ...

हिमाली बस्तीको मौलिक पहिचान : घरमाथि घर, छतै छत जोडिएका बस्ती
हुम्लाको अदानचुली गाउँपालिका–३, श्रीनगरमा घरहरू एक अर्कासँग जोडिएर बनेका छन् । माटो र ढुङ्गाले निर्माण गरिएका घरका समथर छतमा सुकाइएका अन्न, पहाडका पाखामा फैलिएको बस्ती र एउटै संरचनामा आवास, पशुपालन तथा कृषि उपजको व्यवस्थापन गर्ने चलनले यहाँको मौलिक जीवनशैली झल्काउँछ । अदानचुली गाउँपालिकाको प्रशासनिक केन्द्रसमेत रहेको श्रीनगरमा घरको भुइँतला पशुचौपाया राख्न, माथिल्लो तला मानिस बस्न र छत अन्न सुकाउन तथा भण्डारण ...


