मुगुको खत्याडमा आगलागी : किराना र टेलर पसल पूर्ण रूपमा जलेर नष्ट

मुगु जिल्लाको खत्याड गाउँपालिका–२, जाम बजारमा गए राति भएको अचानक आगलागी बाट दुई वटा पसल पूर्ण रूपमा जलेर नष्ट हुला लाखेको धनमाल जलेर नष्ट भएका छन्। प्रहरी चौकी श्रीकोट मुगुका अनुसार मिति २०८३ साल कात्तिक १२ गते राति १२ः५ बजेको समयमा स्थानीय विष्णु संज्याल र अन्नाम दमाईका पसलमा आगलागी भएको जानकारी दिएका छन्। घटनाको विवरण अनुसार, सोही ठाउँ बस्ने वर्ष ४० को विष्णु संज्यालको जस्ता र काठले बनेको किराना पसल तथा वर्ष ३७ को अन्नाम दमाईको कपडा सिलाई टेलर पसलमा अचानक आगो लागेको थियो। आगलागीको खबर प्राप्त हुन् साथ प्रहरी चौकी श्रीकोट बाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.)नन्द बहादुर रावतको कमान्डमा ४ जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा राति १ः१० बजेको समयमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको र आगलागी कसरी भयो भन्ने विषयमा अनुसन्धान भई रहेको छ भने आगलागी बाट कति क्षेत्री भयो भन्ने विषयमा मुचुल्का पछि विवरण आउने जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी रबिराज थपलियाले बताएका छन् । आगलागीबाट पसल भित्र रहेका सम्पूर्ण मालसामानहरू जलेर नष्ट भएका छन्। घटनामा कुनै पनि मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले पुष्टि गरेको छ। आगलागी हुनुको यकिन कारण भने हालसम्म खुल्न सकेको छैन। उक्त घटनास्थल प्र.चौ. श्रीकोटबाट पैदल करिब ४५ मिनेटको दूरीमा पर्दछ। अचानक कहाँ बाट आगलागी भयो कसरी के भयो भन्न विषयमा थाहा छहिन राति सुतिरहेको अवस्थामा एक्कासि आगो जलेको थाहा भयो कमाई खाने यही टेलर पसल हो आगो लागेर खरानी भयो सबै लता कपडा भाडाकुडि, अन्न जलिसक्यो । हिउँदको चिसो समय आएको छ । कसरी घरपरिवारको जीवन चलाउने अब बिचल्ली भयो भन्दै दुख ब्याक्त आगलागी पीडित अन्नाम दमाईले बताएका छन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

जलवायु सम्मेलन प्रतिबद्धतामा मात्र सीमित नभई परिणाममुखी हुनुपर्छ: सांसद पराजुली
१२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपालले हिमालको सुरक्षा, जलवायु न्याय र प्रभावित समुदायको हितलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन् । बिहीबार आयोजित नेशनल क्लाइमेट समिटमा धारणा राख्दै उनले अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा नेपालले आफ्ना समस्या र क्षतिको विवरण मात्र… ...





