कस्तो रहला आजको मौसम ?

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने संभावना छ । हाल कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल, लुम्बिनी प्रदेश लगातय बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल तथा बाँकी तराई भूभागमा मौसम मख्यतया सफा रहने छ। देशको हिमाली भूभागका थोरै स्थानमा, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एकरदुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ । आज राति देशको हिमाली भूभागमा साधारणतया बादल र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभागमा बिहानपख केही स्थानमा हुस्सुरकुहिरो लाग्नेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा तथा हल्का वर्षारहिमपातको सम्भावना छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै
तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा हराउँदै गएको छ । कुनै समय गाउँगाउँमा अखडा बनाएर प्रसिद्ध पहलवान बोलाई कुस्ती खेलाउने चलन रहे पनि अहिले त्यस्ता गतिविधि घट्दै गएको संस्कृतिविद् रामदयाल राकेशले बताए । राकेशका अनुसार तराई–मधेशमा दशैँ केवल धार्मिक अनुष्ठानमा सीमित थिएन । दुर्गापूजासँगै मेला, भजनकीर्तन र कुस्ती प्रतियोगिता गाउँघरका प्रमुख मनोरञ्जनका माध्यम थिए । गाउँका मानिस मिलेर चन्दा ...

विपदका कारण म्याग्दी र गोरखाका सडक खण्ड प्रभावित
प्राकृतिक विपदका कारण गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज बिहान ६ बजेसम्म गण्डकी प्रदेशअन्तर्गत म्याग्दी र गोरखा जिल्लाका सडक खण्डहरू प्राकृतिक विपदका कारण प्रभावित भएका हुन् म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–०२, बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ । गत असोज १० गते बिहान ५ः५० ...

लेक, पाटन र खर्क संरक्षण गर्दै कर्णाली सरकार
अव्यवस्थित पूर्वाधार निर्माण र जलवायु परिवर्तनका कारण लेकाली क्षेत्रको प्राकृतिक वातावरण प्रभावित हुन थालेपछि प्रदेश सरकारले संरक्षणका कार्यक्रमलाई व्यवस्थित रूपमा अघि बढाउन लागेको हो। ...

महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेको ठाउँमा नयाँ दुबो रोपिने, खर्च कांग्रेसले बेहोर्ने
३० असोज, काठमाडौं । महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेका दुबोको स्थानमा नयाँ दुबो रोप्ने, स्याहार गर्ने तथा हुर्काउने विषयमा नेपाली कांग्रेसले माउन्ट एभरेस्ट इभेन्ट्ससँग सम्झौता गरेको छ। सम्झौताअनुसार क्षति भएका स्थानमा नयाँ दुबो रोप्नुका साथै त्यसको उचित स्याहार र संरक्षण गरिनेछ । उक्त कार्यका लागि लाग्ने सम्पूर्ण खर्च कांग्रेसले व्यहोर्ने सहमति भएको छ। सम्झौताको अवधि… ...


