Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कस्तो रहला आज देशभरको मौसम?

कस्तो रहला आज देशभरको मौसम?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कस्तो रहला आज देशभरको मौसम?

काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज बुधबार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भू–भागका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। देशका बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। रातिको समयमा तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री
ताजा खबरJust now

भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री

विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गर्ने वातावरण बनाउन सबै एकजुट हुनुपर्ने बताएका हुन्। ...

कान्तिपुर
भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री शाह
ताजा खबरJust now

भ्रष्टाचार, कुशासन र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट बनौं- प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा दसैँ मनाइने उल्लेख गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् । प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, ...

कर्पोरट खबर
जसले ११औँ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता जिते
ताजा खबरJust now

जसले ११औँ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता जिते

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा बडादसैँको महानवमीमा आयोजित ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्रीले ११औँ पटक उपाधि जितेका छन् । ८ दशमलव ५ किलोग्रामको फलामको ठेलो सबैभन्दा टाढा फाल्दै खत्रीले २२ प्रतिस्पर्धीलाई पछि पारेका हुन् । उनी धवलागिरि गाउँपालिका–७ का वडाध्यक्षसमेत हुन् । खत्रीले विसं २०७१ देखि २०७७ सम्म लगातार सात पटक उपाधि जितेका थिए । विसं २०७८ मा सहभागी ...

केन्द्रबिन्दु
बडादसैँले नयाँ उत्साह र सकारात्मक ऊर्जाको विकास गरोस्: राष्ट्रपति पौडेल
ताजा खबरJust now

बडादसैँले नयाँ उत्साह र सकारात्मक ऊर्जाको विकास गरोस्: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् । बडादसैँको शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले भनेका छन्, ‘बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो मुलुकका प्रत्येक जातजातिका आ–आफ्नै परम्परा रहेता पनि यस पर्वले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारा मजबुत बनाउँदै मुलुकमा रहेको ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play