Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कर्णालीवासीको दसैँ : ‘टाढिएका आफन्तसँग भेट्नुको मज्जा अर्कै हुँदोरहेछ’

कर्णालीवासीको दसैँ : ‘टाढिएका आफन्तसँग भेट्नुको मज्जा अर्कै हुँदोरहेछ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णालीवासीको दसैँ : ‘टाढिएका आफन्तसँग भेट्नुको मज्जा अर्कै हुँदोरहेछ’

कर्णाली। यस पटकको दशैं कर्णालीवासीका लागि सुखद् र आनन्दमय बनेको छ। देश-विदेशबाट दशैं मनाउन घर फर्किने क्रममा यात्रा केही कष्टकर भए पनि गन्तव्यसम्म पुग्दा कुनै अप्रिय र पीडादायक घटना व्यहोर्नुपरेन। मौसम अनुकूल रहनुका साथै कुनै पनि प्राकृतिक तथा मानवीय विपत्ति सामना गर्नुपर्ने अवस्था आएन। दशैंतथा तिहारलाई लक्षित गरी कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले निर्माण गरेको ‘चाडपर्व लक्षित सुरक्षा योजना २०८३’ प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याएको छ। असोज २५ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी सुरक्षा योजना मातहतका १० वटै जिल्लामा कार्यान्वयन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिए। उनका अनुसार प्रदेशभरको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाउन ५ हजार ३१४ जना प्रहरी परिचालन गरिएको छ। सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद नेपाल प्रहरी अहोरात्र खटिएको उल्लेख गर्दै सापकोटाले जुवातास र सामान्य सवारी दुर्घटना जस्ता छिटपुट घटनाबाहेक ठूलो जनधनको क्षति हुने खालका दुर्घटना नभएको बताए। सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन र उचित प्रहरी परिचालनका कारण अप्रिय घटना हुन नपाएको उनको भनाइ छ। दसैँ शान्त र सुरक्षित वातावरणमा सम्पन्न भएको भन्दै स्थानीयवासीले पनि खुसी व्यक्त गरेका छन्। जुम्लाको तिला गाउँपालिका-५ का रणबहादुर रावतले विगतका वर्षहरूको तुलनामा यसपालि निर्धक्क रूपमा दसैँ मनाउन पाएको बताए। दशकौँदेखि भेट्न नपाएका आफन्तहरूसँग पुनर्मिलन हुने अवसर जुरेकाले यस पटकको दसैँ विशेष बनेको उनले उल्लेख गरे। यस्तै, दैलेखको भैरवी गाउँपालिका-३ निवासी दुर्गा गौतम सापकोटाले आफ्नै कला, संस्कृति र वेशभूषामा सजिएर परिवार तथा आफन्तबीच सुख-दुःख साटासाट गर्न पाउँदा खुसी लागेको बताइन्। वर्षौंपछि भेटिएका आफन्तहरूसँगको मिलनले दसैँको रौौनक बढाएको र प्रदेशभर कुनै अप्रिय घटना नसुन्नु झनै सुखद् रहेको उनले बताइन्। दशैं र तिहारका समयमा सुरक्षा कायम राख्न कर्णाली प्रदेश प्रहरी कार्यालयले १ हजार ४६२ वटा ड्युटी तय गरी ५ हजार ३१४ जना प्रहरी खटाएको छ। यसअन्तर्गत २८ वटा मोबाइल गस्ती, ९८ वटा मोटरसाइकल गस्ती, ६० वटा द्रुत प्रतिकार्य टोली (इआरटी), १४८ वटा पैदल गस्ती तथा २०४ वटा लामो र छोटो दूरीका गस्ती परिचालन गरिएका छन्। यसैगरी विशेष तथा नियमित चेकिङ, ट्राफिक संयुक्त चेकिङ, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा, नागरिक सहायता कक्ष, बैंक तथा वित्तीय संस्था र बजार अनुगमनसहित ४९४ स्थानमा प्रहरी टोली खटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

बर्दियामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
ताजा खबरJust now

बर्दियामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

बर्दिया । आफ्नै बुबाको हत्या गरेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजापुर नगरपालिका-३ सेन्द्राका राजेन्द्र थारू रहेका छन् । प्रहरीकाअनुसार राजेन्द्रले आफ्ना ५० वर्षीय बुबा कालु राम थारूलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार राति पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका ...

हिमालय टाइम्स
टिकुलियाघाट पुल निर्माण अन्तिम चरणमा
ताजा खबरJust now

टिकुलियाघाट पुल निर्माण अन्तिम चरणमा

प्रवीणकुमार शर्मा चन्द्रपुर (रौतहट), कात्तिक ९ गते । रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन टिकुलियाघाट पुलको काम अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक बर्षमा बजेट बिनियोजन भएपछि पूल न... ...

गोरखापत्र
अर्घाखाँचीको मौलिक पहिचान सराये नाच
ताजा खबरJust now

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची । हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै भाइ हो’ भन्ने उत्साहपूर्ण आवाज । दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ तथा भगवती मन्दिरहरूमा देखिने यो दृश्य जिल्लाको मौलिक... ...

रातोपाटी
एनपीएलले क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याओस्: पूर्वप्रधानमन्त्री कार्की
ताजा खबरJust now

एनपीएलले क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याओस्: पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्‍याओस् भन्ने कामना गरेकी छन्। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा सोमबार सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै कार्कीले एनपीएल युवाहरूको प्रतिभा र देशको सामूहिक आत्मविश्वासको सुन्दर प्रतिविम्ब भएको पनि बताएकी छन्।  ‘नेपाली क्रिकेटप्रतिको जनउ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play