Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
Photo / Coverage: कर्पोरट खबर

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका तीन वडाका २६१ परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । कृष्णनगर नगरपालिका वडा नं. १, ७ र ९ का परिवारले नापजाँच सम्पन्न भएको करिब १३ वर्षपछि लालपुर्जा पाएका हुन्। उक्त क्षेत्रमा जग्गाको नापजाँच कार्य २०७० सालमै सम्पन्न भएको थियो । तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म लालपुर्जा वितरण हुन सकेको थिएन । लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाएर आवश्यक प्रक्रिया पूरा गरिएपछि अहिले २६१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो । लालपुर्जा प्राप्त भएपछि वर्षौंदेखि जग्गाको स्वामित्वसम्बन्धी प्रमाणको प्रतीक्षामा रहेका परिवारले आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् । The post कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
Latest NewsJust now

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी।कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ। उक्त सडक अन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से सडक खण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली अहिले पहिरो गएको स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालय ...

नेपालन्युज
अनमोलले किन रोजे गाउँले भूमिका ?
Latest NewsJust now

अनमोलले किन रोजे गाउँले भूमिका ?

काठमाडौँ । युवा पुस्तामा राम्रो क्रेज बनाउन सफल अभिनेता हुन् अनमोल केसी । केसी केही समयको अन्तरालपछि नयाँ फिल्म ‘बाटुलो जून’ मा देखिँदैछन् । फिल्ममा पहिलो पटक गाउँले परिवेशको चरित्रमा... ...

रातोपाटी
तीन सय घार मौरीबाट वार्षिक १० लाखसम्म आम्दानी
Latest NewsJust now

तीन सय घार मौरीबाट वार्षिक १० लाखसम्म आम्दानी

बोमलाल गिरीनवलपुर, कात्तिक २० गते । निरन्तर मेहनत, लगनशीलता र व्यवसायप्रतिको समर्पण भए आफ्नै गाउँघरमा बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, नवलपुरको कावासोत... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play