Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
Photo / Coverage: नेपालन्युज

गुल्मी।कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ। उक्त सडक अन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से सडक खण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली अहिले पहिरो गएको स्थानमा खटिसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। कालीगण्डकी गाउँपालिका र प्रहरीको समन्वयमा सडकमा थुप्रिएको पहिरो हटाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन्। सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुबीच बाटोमै रोकिएका छन्। सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो झरिरहेका कारण पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुक्खा पहिरो खस्दा दिन्द्रुक खोला थुनिएर ताल बन्यो
Latest NewsJust now

सुक्खा पहिरो खस्दा दिन्द्रुक खोला थुनिएर ताल बन्यो

अस्मिता सिंखडागोरखा, कात्तिक २० गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका –१ साम्दोमा सुक्खा पहिरो खसेर दिन्द्रुक खोला थुनिएर ताल बनेको छ । लार्केबजारबाट करिब २ दशमलव ५ किलोमिटर उ... ...

गोरखापत्र
तीन कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति
Latest NewsJust now

तीन कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट तीन कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएका छन् । बोर्डले बिहीबार र शुक्रबार गरेर तीन कम्पनीको आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो । बोर्डले दुईवटा जलविद्युत् र एउटा उत्पादन तथा प्रशोधन समूहका लागि निष्कासन अनुमति दिएको हो । जसमा हिम पर्वत हाइड्रोपावरले स्थानीय र सर्वसाधारणका लागि कुल सेयरको ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार ...

कर्पोरट खबर
सडक विभागका महानिर्देशक जैसी भन्छन्- ‘जोखिम क्षेत्रमा जथाभाबी बेलिब्रिज राख्नु घातक’
Latest NewsJust now

सडक विभागका महानिर्देशक जैसी भन्छन्- ‘जोखिम क्षेत्रमा जथाभाबी बेलिब्रिज राख्नु घातक’

सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा सडक विभागका महानिर्देशक विजय जैसीले बेलिब्रिज राख्नुभन्दा भएका पुलहरूको एप्रोच सडक सुधार गर्दा दीर्घकालीन र सुरक्षित हुने बताए । ...

कान्तिपुर
वन्यजन्तुको जोखिम घटाउन चेतावनी प्रणाली
Latest NewsJust now

वन्यजन्तुको जोखिम घटाउन चेतावनी प्रणाली

काठमाडाैँ। काश्मीरमा भालुको आक्रमणमा आमाको मृत्यु भएपछि भारतीय सफ्टवेयर इन्जिनियर मुदासिर अलीले हिमालय क्षेत्रमा वन्यजन्तुको जोखिमबाट मानिसलाई जोगाउन अनलाइन पूर्वचेतावनी प्रणाली विकास गरेका छन्। ३३ वर्षीय अलीले ‘वाइल्डपिङ’ नामक निःशुल्क वेबसाइट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play