Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

विपद् प्रभावित परिवारलाई १५ हजार रुपैयाँ राहत तिहारपछि वितरण गर्ने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद् प्रभावित परिवारलाई १५ हजार रुपैयाँ राहत तिहारपछि वितरण गर्ने तयारी
Photo / Coverage: पर्दाफास

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा घरभाडा राहत तिहारलगत्तै वितरण गर्ने तयारी गरेको छ । प्राविधिक जटिलता र कार्यालयको बिदाका कारण रोकिएको राहत वितरण तिहारपछिको पहिलो दिनबाटै सुरु गर्ने गरी कार्ययोजना बनाइएको प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बताएका हुन् । शुक्रबार सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै कार्यकारी प्रमुख उप्रेतीले राहत वितरणमा ढिलाइ हुनुका कारण र प्राधिकरणले गरिरहेका प्रयासबारे जानकारी दिए । उनले सरकारी प्रक्रियागत झन्झट र विपद् प्राधिकरणको प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण राहत वितरणमा केही विलम्ब भएको स्वीकार गरे । उप्रेतीका अनुसार सर्भर डाउन भएको अवस्थामा पनि लाभग्राहीको खातामा रकम पुर्‍याउन कागजी प्रमाणीकरणसहितको ‘मिटिगेसन एप्रोच’ अपनाइएको छ । यसअघि नै विकास साझेदार संस्थाहरूसँगको सहकार्यमा ५ हजार ११६ जना लाभग्राहीलाई ४५ हजार रुपैयाँ बराबरको नगद वा भाउचर उपलब्ध गराइएको छ । मादक पदार्थबाहेक दैनिक उपभोग्य वस्तु खरिद गर्न मिल्ने गरी उक्त भाउचर वितरण गरिएको उनले जानकारी दिए । राहत वितरणको तयारीबारे उप्रेतीले भने, ‘विपद् प्रभावित क्षेत्रको आर्थिक पुनरुत्थानका लागि सरकारले विभिन्न पहल गरिरहेको छ । विकास साझेदारहरूसँगको सहकार्यमा कृषि उपज, विशेषगरी काउली र आलु नष्ट हुन नदिन बिदुरसम्म ढुवानी गर्ने व्यवस्था गरिएको छ । प्रभावित परिवारलाई दिइने १५ हजार रुपैयाँको जीविकोपार्जन तथा घरभाडा सहायता वितरणका लागि लाभग्राही विवरण तयार भइसकेको छ । प्राविधिक समस्या र प्रशासनिक प्रक्रियाका कारण केही ढिलाइ भएपनि वैकल्पिक व्यवस्था अपनाएर तिहारपछि पहिलो दिनदेखि लाभग्राहीको खातामा रकम पठाउने तयारी गरिएको छ ।’ यसअघि नै ५ हजार ११६ जना लाभग्राहीलाई ४५ हजार रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइएको र दोहोरो सहायता नपर्ने गरी व्यवस्था मिलाइएको उनले बताए । तिहारलाई लक्षित गरी विकास साझेदारमार्फत आवश्यक सामग्री खरिद गर्न मिल्ने भौचर वितरणसमेत भइरहेको उनको भनाइ छ । सडक पूर्वाधारको विषयमा बोल्दै उनले भूगोलको जटिलताका बाबजुद सडक खुलाउने प्रयास भइरहेको बताए । ‘सडक तथा पुल पुनःस्थापनामा पनि निरन्तर काम भइरहेको छ । कठिन भौगोलिक अवस्थाका बाबजुद धुन्चेसम्मको सडक सञ्चालनमा ल्याइएको छ । स्याफ्रुबेँसीमा निर्माण गरिएको अस्थायी पुल बाढीले क्षति पुर्‍याए पनि पुनःस्थापनाका प्रयास जारी छन्,’ उनले भने । दीर्घकालीन समाधानका लागि रसुवागढी–त्रिशूली सडक खण्डलाई चीन सरकारको सहयोगमा वातावरणीय सन्तुलन कायम गर्दै स्तरीय सडक निर्माण गर्नुपर्ने अवधारणा अघि सारिएको उनले उल्लेख गरे । यस विषयमा चीन सरकारसँग छलफल भइरहेको र आधुनिक, सुरक्षित तथा वातावरणमैत्री सडक निर्माणले व्यापार, पर्यटन र आर्थिक गतिविधिलाई गति दिने अपेक्षा गरिएको उनले बताए । उप्रेतीले भने, ‘अस्थायी आवाससँगै स्थायी आवास निर्माणको मोडेललाई अन्तिम रूप दिने काम पनि तीव्र रूपमा भइरहेको छ । प्रशासनिक तथा प्राविधिक अवरोध हटाउँदै प्रभावित नागरिकलाई छिटो राहत, सहायता र पुनःस्थापनाको सुविधा उपलब्ध गराउनु सरकारको प्राथमिकता हो ।’ अस्थायी र स्थायी आवास निर्माण कार्यलाई तीव्रता दिइएको बताउँदै उप्रेतीले तिहारको बिदाका समयमा पनि सम्बन्धित टोलीले काम गरिरहेको जानकारी दिए । विपद् व्यवस्थापनमा देखिएका नीतिगत र प्रक्रियागत बाधा फुकाउन प्राधिकरण सक्रिय रहेको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हटाइएका आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमा के छ ?
OthersJust now

हटाइएका आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमा के छ ?

पदावधि कायम रहेकै अवस्थामा आफूलाई विचमा हटाउन नमिल्ने भन्दै उनले ‘जुन कुरा प्रत्यक्ष गर्न नमिल्ने हो, सरकारले परोक्ष रुपमा त्यो काम गरेको’ आरोप लगाएका छन् । ...

अनलाइन खबर
मन्त्रीको सल्लाहकारको गाडी ठक्करबाट लडेकी सांसद ट्रमा सेन्टरमा
OthersJust now

मन्त्रीको सल्लाहकारको गाडी ठक्करबाट लडेकी सांसद ट्रमा सेन्टरमा

२० कात्तिक, काठमाडौं । पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ अनुकूल निधीको गाडीले राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ । सिंहदरबारमा शुक्रबार बिहान उनलाई निधीको गाडीले ठक्कर दिएको थियो । त्यसपछि उनी अहिले राष्ट्रिय ट्रमा सेन्टरमा जाँचका लागि पुगेकी छिन् । उनीसँगै लम्सालका विज्ञ निधी पनि ट्रमा सेन्टरमै छन् । ‘शरीरमा चोट लागेको छैन… ...

अनलाइन खबर
पर्यटन बोर्डको सीईओका लागि १६ जना सर्टलिस्टमा
OthersJust now

पर्यटन बोर्डको सीईओका लागि १६ जना सर्टलिस्टमा

२० कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन् । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकन गर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जनालाई संक्षिप्त सूचीमा समावेश गरिएको हो । बोर्डको छनोट उपसमितिले शुक्रबार (कात्तिक… ...

अनलाइन खबर
त्रिभुवन विमानस्थलमा ब्यागेज व्यवस्थापनको लाइभ फिड सुरु
OthersJust now

त्रिभुवन विमानस्थलमा ब्यागेज व्यवस्थापनको लाइभ फिड सुरु

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी र व्यवस्थित गर्ने उद्देश्यले ‘लाइभ फिड’ सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यात्रु आगमन कक्षमा लगेज सङ्कलन क्षेत्रमा लाइभ फिड सुरु गरिएको हो । यो सेवाबाट अन्तरराष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन् । यसले यात्रुलाई सामानको अवस्थाबारे ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play