Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

त्रिभुवन विमानस्थलमा ब्यागेज व्यवस्थापनको लाइभ फिड सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
त्रिभुवन विमानस्थलमा ब्यागेज व्यवस्थापनको लाइभ फिड सुरु
Photo / Coverage: पर्दाफास

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी र व्यवस्थित गर्ने उद्देश्यले ‘लाइभ फिड’ सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यात्रु आगमन कक्षमा लगेज सङ्कलन क्षेत्रमा लाइभ फिड सुरु गरिएको हो । यो सेवाबाट अन्तरराष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन् । यसले यात्रुलाई सामानको अवस्थाबारे जानकारी लिन सहज बनाउनुका साथै ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्नसमेत सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । नयाँ व्यवस्थाले ‘ब्यागेज ड्रप’ क्षेत्रमा भइरहेको गतिविधि आगमन कक्षमै देख्न सकिने भएपछि यात्रुको प्रतीक्षा समयलाई थप सहज र व्यवस्थित बनाउने विश्वास गरिएको छ । यात्रु सेवाको गुणस्तर अभिवृद्धि, सेवा प्रवाहमा पारदर्शिता र आधुनिक प्रविधिको प्रयोगमार्फत विमानस्थललाई अन्तरराष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने प्रयासस्वरूप लाइभ फिड सुरु गरिएको मन्त्रालयले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य
OthersJust now

एनपीएल : सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २) ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनायो । जसमा शैफ जैबले सर्वाधिक ३५ र विनोद भण्डारीले २७ रन बनाए। कर्णालीका मार्क वाटले २ विकेट लिए। चार खेल खेलेको सुदूरपश्चिमले दुई ...

पर्दाफास
प्रस्तावित न्यायाधीश बागचन्दले ल्याए ‘भिजन २०३५’
OthersJust now

प्रस्तावित न्यायाधीश बागचन्दले ल्याए ‘भिजन २०३५’

संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तुत उनको कार्ययोजनामा न्यायको वास्तविक अनुभूति, फैसला कार्यान्वयन, मुद्दा व्यवस्थापन, डिजिटल सुरक्षा र नागरिकको न्यायमा समान पहुँचलाई प्राथमिकतामा राखिएको छ । ...

अनलाइन खबर
प्रस्तावित न्यायाधीश बागचन्दलाई वर्षमानको प्रश्न : दबाबमुक्त भएर न्याय सम्पादन गर्न सक्ने आत्मविश्वास छ ?
OthersJust now

प्रस्तावित न्यायाधीश बागचन्दलाई वर्षमानको प्रश्न : दबाबमुक्त भएर न्याय सम्पादन गर्न सक्ने आत्मविश्वास छ ?

स्वतन्त्र रूपले, दबाबमुक्त भएर न्याय सम्पादन गर्न सकिन्छ भन्ने यहाँको आत्मविश्वासको आधार के हो ?’ पुनले बागचन्दलाई सोधे । ...

अनलाइन खबर
सनी देओलले फार्महाउस पुगेर यसरी सम्झिए पिता धर्मेन्द्रलाई
OthersJust now

सनी देओलले फार्महाउस पुगेर यसरी सम्झिए पिता धर्मेन्द्रलाई

बलिउड अभिनेता सनी देओल आफ्ना छोरा करण देओलसँग दिवंगत पिता धर्मेन्द्रको महाराष्ट्रस्थित १०० एकडको फार्महाउस पुगेका छन्। मुम्बईको व्यस्त जीवनबाट टाढा लोणावला पहाडमा रहेको फार्महाउस पुग्दा सनी आफ्ना पितालाई सम्झेर भावुक देखिए । उनले सामाजिक सञ्जालमा फार्महाउस भ्रमणको एउटा भिडियो सेयर गरेका छन् । भिडियोमा उनी खेतको बीचमा उभिएर धान काट्ने काम हेरिरहेका छन् ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play