Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

आफ्ना कमजोरी ढाकछोप गर्न सरकारले कांग्रेसमाथि निराधार हल्ला चलायो -डिला संग्रौला

Share:WhatsAppFacebookX (Twitter)Telegram
आफ्ना कमजोरी ढाकछोप गर्न सरकारले कांग्रेसमाथि निराधार हल्ला चलायो -डिला संग्रौला
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले सरकारले आफ्ना कमजोरी र अक्षमता ढाकछोप गर्न कांग्रेसमाथि प्रहार गरेर निराधार हल्ला चलाइरहेको आरोप लगाएकी छन् । रिपोटर्स क्लव नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा सरकारले कुनै प्रमाणबिना १८ करोडको डिल भएको भन्ने भाष्य खडा गरेर सभापति थापालाई बद्नाम गराउन खोजेको आरोप लगाएकी हुन् । आफ्ना काला कर्तुत लुकाउनकै लागि बालेन सरकारले गगन थापालाई पक्रने हल्ला फैलाएको उनले बताइन् । महामन्त्री संग्रौलाले कांग्रेस लोकतन्त्र, गणतन्त्र, नागरिकका मौलिक अधिकार र प्रेस स्वतन्त्रताप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पारिन् । राणा, पञ्चायत र राजासँग नडराएको कांग्रेस बालेन सरकारसँग डराउने कुरै नहुने भन्दै महामन्त्री संग्रौलाले सरकारलाई षड्यन्त्र बन्द गर्न चेतावनी दिइन् । उनले सरकारले न्यायालय, प्रहरी र सञ्चारजगतमाथि हस्तक्षेप बढाएको उल्लेख गर्दै यसबाट देशमा लोकतन्त्र नै संकटमा पर्ने हो कि भन्ने चिन्ता बढेको धारणा राखिन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डिजिटल विकासमा सरकार–टिकटक सहकार्य
Latest NewsJust now

डिजिटल विकासमा सरकार–टिकटक सहकार्य

काठमाडौं।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग टिकटक कम्पनीका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति मामिला हेर्ने वरिष्ठ निर्देशक एमिर गेलेनले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। सो भेटका क्रममा डिजिटल रूपान्तरण, आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सुरक्षित इन्टरनेट प्रयोगका विषयमा कुराकानी भएको थियो। त्यस अवसरमा मन्त्री डा. तिमिल्सिनाले नेपाल सरकार डिजिटल रूपान्तरणको अभियानलाई तीव्रता दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै टिकटक जस्ता सामाजिक सञ्जाल ...

नेपालन्युज
यू–१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित
Latest NewsJust now

यू–१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौँ। यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको छ । नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य भारतले कुनै पनि विकेट नगुमाई १९.१ ओभरमै पूरा गरेको हो... ...

रातोपाटी
सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो
Latest NewsJust now

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन १२.९५ अंकले घटेको नेप्से परिसूचक आज २.६४ अंकले बढेर २ हजार ६५५.२२ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ । आज ३३६ वटा कम्पनीका १ करोड ७ लाख १३ हजार ८४२ कित्ता […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play