औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागुऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार बुधबार लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले औषधि पसलमा जाँच गरेको थियो । सो क्रममा विभिन्न चार प्रकारका लागू औषध सञ्चालिकाको साथबाट बरामद गरिएको थियो । प्रहरीका अनुसार औषधि पसल सञ्चालिका ढुङ्गानाका साथबाट कोडिप–पी (कोडिन) छ हजार ४ सय चक्की, प्रेगाबालिन ४ सय ५० चक्की, लोराजेपाम १ सय ५० चक्की र क्लोर्डियाजेपोक्साइड १ सय ६० चक्की बरामद गरिएको छ । ‘लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा फार्मेसीमा छापा मारेका थियौँ । सोही क्रममा ठूलो परिणामको लागुऔषध फेला पर्यो । औषधि बिक्री तथा वितरणका लागि सञ्चालनमा रहेका फार्मेसीबाटै लागुऔषधजन्य औषधि ठूलो परिमाणमा बरामद हुनुले औषधिको बिक्री, वितरण र प्रयोगको नियमन तथा अनुगमन प्रभावकारी हुनुपर्ने आवश्यकतालाई उजागर गरेको छ,’ पासवानले भने । पक्राउ परेकी औषधि पसलका सञ्चालिका माथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । पोखरामा यसअघि पनि विभिन्न समयमा फार्मेसीबाटनै लागुऔषधको कारोबार हुने गरेको फेला परेको थियो । प्रहरीले त्यस्ता औषधि पसल सञ्चालकलाई नियन्त्रणमा लिएर कानुनी कारवाही अघि बढाउने गरेको थियो ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

जलवायु नीतिको कार्यान्वयनमा केन्द्रित हुनेछ कोप–३१ः टर्कीकी उपविदेशमन्त्री
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धतालाई व्यवहारमा उतार्ने विषयमा केन्द्रित हुने टर्कीकी उपविदेशमन्त्री बेरिस एकिन्चीले बताएकी छन्। संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धताको ठोस कार्यान्वयनलाई सम्मेलनले प्राथमिकता दिने बताइन्। पेरिस सम्झौताको दोस्रो दशकमा नयाँ निर्णयका लागि वार्ता गर्नुभन्दा पनि यसअघि गरिएका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने अपेक्षा बढिरहेको ...

हिमाल आरोहणका क्रममा सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला
मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटिएको छ । ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार भेटिएको हो । प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौँस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शक सहित हिमाल आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए ...

यू–१९ एसिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
नेपाल क्रिकेट संघले सार्वजनिक गरेको प्रारम्भिक टोलीका खेलाडीले आइतबारदेखि पोखरामा बन्द प्रशिक्षणमा प्रतिस्पर्धा गर्नेछन्, जहाँबाट अन्तिम टोली चयन हुनेछ। ...