ओमानविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै, देव खनाल प्लेइङ–११ मा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेको छ । ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुने खेलमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । अर्जुन कुमालको स्थानमा देव खनाल टोलीमा आएका छन्। लिग २ को अंकतालिकामा शीर्ष ६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई पराजित गरेको नेपाल त्यसपछि शनिबार क्यानडासँग पराजित भएको थियो । नेपाललाई हराएपछि क्यानडा ३६ खेलमा २९ अंकका साथ छैटौंमा उक्लँदा ३५ खेलमा २८ अंक भएको नेपाल सातौंमा झरेको थियो । अब नेपालले ओमानलाई हराए फेरि छैटौं स्थानमा उक्लिनेछ । लिग २ को शीर्ष ६ मा पर्ने टोलीहरूको ओडीआई मान्यता जोगिने उच्च सम्भावना भएकाले शीर्ष ६ मा अटाउने कुरालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

बाढीले खोस्यो घर, पीडितको दसैं कष्टकर
बागलुङको निसीखोलाको बाढीले २६ घर नामेट भएका छन् । पहिरोले घर बगाएपछि एकै घरका चार जनासहित पाँच जनाको मृत्यु पनि भएको थियो । पीडितहरू अहिले अरूकै आश्रयमा छन् । ...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा, निर्णय फिर्ता लिन माग
काठमाडाैं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएपछि लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष अक्रम खानले विरोध जनाउनुभएको छ । उहाँले डोल्माको नियुक्ति खारेज गर्न सरकारसँग माग गर्दै निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिनुभएको हो । खानले लुम्बिनीको विकास, संरक्षण र प्रवद्र्धनका लागि स्थानीय भावना बुझ्ने, स्वच्छ छवि भएको र पारदर्शी व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने बताउनु भयो । लुम्बिनीको ...

युक्रेन युद्ध अन्त्य गर्न पुटिनको प्रस्ताव : ट्रम्प र सीसँग त्रिपक्षीय शिखर वार्ता गर्ने तयारी
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने प्रस्ताव गरेका छन्। प्रस्तावित वार्तामा युक्रेन र अमेरिकाका युरोपेली सहयोगीको प्रतिनिधित्व नहुने सम्भावनाले चासो बढाएको छ । द वाल स्ट्रिट जर्नलका अनुसार पुटिनले अक्टोबर ९ मा ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा प्रस्ताव अघि सारेका थिए। ...

दशैंको लागि बजार झारेका च्याङ्ग्राको बथान (फोटो फिचर)
• मुस्ताङबाट १३ हजार २७९ वडा भेडा च्याङ्ग्रा बिक्रीको लागि बजार झारिएको छ। • यस वर्ष मुस्ताङबाट करिब ३५ करोड बराबरको भेडारच्याङ्ग्रा निकासी भएको छ। • च्याङ्ग्राहरु तिब्बत र डोल्पा हुँदै मुस्ताङ भित्र्याइएका हुन्। ...


