युक्रेन युद्ध अन्त्य गर्न पुटिनको प्रस्ताव : ट्रम्प र सीसँग त्रिपक्षीय शिखर वार्ता गर्ने तयारी

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने प्रस्ताव गरेका छन्। प्रस्तावित वार्तामा युक्रेन र अमेरिकाका युरोपेली सहयोगीको प्रतिनिधित्व नहुने सम्भावनाले चासो बढाएको छ । द वाल स्ट्रिट जर्नलका अनुसार पुटिनले अक्टोबर ९ मा ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा प्रस्ताव अघि सारेका थिए। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बैठकबारे छलफल भइरहेको पुष्टि गर्दै मिति र कार्यसूचीमा भने सहमति भइनसकेको बताएका छन् । अमेरिकी अधिकारीका अनुसार ट्रम्पले पनि सम्मेलनमा औपचारिक सहमति जनाएका छैनन् । क्रेमलिनले नोभेम्बर १८ र १९ मा चीनको सेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसरमा वार्ता आयोजना गर्न सुझाव दिएको स्रोतहरूले बताएका छन् । रुसी कूटनीतिज्ञहरूले चिनियाँ अधिकारीसमक्ष प्रस्ताव राखेको र ट्रम्प सहभागी भए चीनलाई आपत्ति नहुने संकेत पाएको जनाइएको छ । यसैबीच, ट्रम्पले आइतबार रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा ‘ठूलो प्रगति’ भइरहेको दाबी गरे । उनले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई दुई वर्षअघि राम्रो सम्झौता गर्न असफल भएको आरोप लगाउँदै रुसलाई वार्ताको टेबलबाट टाढा राख्न नहुने बताए। ट्रुथ सोसलमा उनले आफूले चाहेको समयमा वार्तासम्बन्धी दस्तावेजमा हस्ताक्षर गर्न सक्ने उल्लेख गरे । यस महिनाको सुरुमा पुटिन र ट्रम्पबीच करिब डेढ घण्टा लामो टेलिफोन वार्ता भएको थियो । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभका अनुसार कुराकानीमा आर्थिक सहकार्य, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो । दुवै नेताले प्रत्यक्ष भेटघाटको सम्भावनाबारे पनि चर्चा गरेका थिए । ट्रम्पले उक्त वार्तापछि रुसले अमेरिकी तथा विश्व बजारमा तत्काल तीन लाख टनभन्दा बढी डिजेल इन्धन आपूर्ति गर्ने र आगामी महिनाहरूमा थप ढुवानी हुने घोषणा गरेका थिए । उशाकोभले एपेक सम्मेलनमा दुवै नेता सहभागी भए भेटघाटको अवसर मिल्न सक्ने बताए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

वीरगन्जबाट ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
मोटरसाइकल, लागुऔषध र पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय छपकैयामा बुझाइएको छ । ...

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव
दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा निल्न असहज हुने समस्या देखिन सक्ने भएकाले खानपानमा सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् । बढी चिल्लो र... ...

सम्पदाका मौनसेवक : जसले वसन्तपुरका झिँगटीमा आफ्नो जवानी सुम्पे
काठमाडौँ । काठमाडौँको वसन्तपुर दरबार स्क्वायर प्राचीन कला–संस्कृतिको धरोहर हो । यहाँको नौ तले दरबार, विभिन्न कलात्मक मन्दिरले स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउने गर्दछ । नौ तले दरबार नजिकै पुगेर... ...

२८ सन्तानकी आमाको रहर
पन्ध्र वर्षको उमेरमा पहिलो सन्तान जन्माएकी बच्छीमाया कठेतको मातृत्व यात्रा ४७ वर्षको उमेरसम्म चल्यो। वर्षैपिच्छे गर्भवती हुने, सन्तान जन्माउने, हुर्काउने र घरधन्दामा जोतिने क्रममै उनका जीवनका अधिकांश वर्ष बिते। घाँस काट्न जाँदा होस् वा दाउरा बोकेर फर्कंदा, उनले सन्तान जन्माइन्। अस्पताल र स्वास्थ्यकर्मीको सहज पहुँच नभएको त्यो समयमा उनको जीवन मातृत्वको सुखभन्दा बढी सङ्घर्षको कथा बन्यो। इलाम नगरपालिका-५, बरबोटेकी ८४ वर्षीया ...


