Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एसिया कपमा छनोट हुने नेपाली टोलीलाई ३० लाख पुरस्कार

एसिया कपमा छनोट हुने नेपाली टोलीलाई ३० लाख पुरस्कार

Share:WhatsAppFacebookX (Twitter)Telegram
एसिया कपमा छनोट हुने नेपाली टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपका लागि छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त पुरस्कार राशि सार्वजनिक गरेका हुन्। नेपालले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ४४ रनले पराजित गर्दै दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान सुरक्षित गरेको थियो। अध्यक्ष चन्दले एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि एक महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै सरकारले पनि टोलीका लागि उचित पुरस्कारको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। सोही अवसरमा अध्यक्ष चन्दले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको तयारीबारे जानकारी दिँदै खेलकुद र देशको अर्थतन्त्र चलायमान बनाउन लिगले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले कठिन परिस्थितिमा पनि विभिन्न निकायबीचको समन्वयमा प्रतियोगिता आयोजना गरिएको बताए। साथै, एनपिएलको वित्तीय पारदर्शिता र अडिट प्रक्रियामा अघिल्लो संस्करणको तुलनामा उल्लेख्य सुधार भएको उनले जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

यस्तो च्याउ पत्ता लाग्यो जसलाई खाएपछि देखिन्छ मानिसजस्ता सयौँ साना आकृति
ताजा खबरJust now

यस्तो च्याउ पत्ता लाग्यो जसलाई खाएपछि देखिन्छ मानिसजस्ता सयौँ साना आकृति

काठमाडौँ । वैज्ञानिकहरूले च्याउ खाएपछि मानिसहरूले दर्जनौँदेखि सयौँसम्म साना मानव आकृति देख्ने असामान्य दृश्य भ्रम सिर्जने च्याउको प्रजाति पहिचान गरेका छन् । चीनको दक्षिणपश्चिमी क्षेत्र र फिलिपिन्समा पाइने लान्माओआ एसियाटिका... ...

रातोपाटी
सांसद थपलियाको डेराबाट सुन र नगद चोरी, ३ जना नियन्त्रणमा
ताजा खबरJust now

सांसद थपलियाको डेराबाट सुन र नगद चोरी, ३ जना नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा एक जना सांसदको डेरामा चोरी भएको छ । दसैँको बिदामा सांसद उर्मिला थपलियाको डेरामा चोरी भएको हो । परिवारका सदस्यहरू दसैँ मनाउन जिल्ला गएको मौका... ...

रातोपाटी
यी हुन् आज दिनभरका प्रमुख २० समाचार
ताजा खबरJust now

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली बलियो बन्दै चक्रवातमा परिणत हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ । यसको प्रभाव आगामी बुधबारदेखि नेपालमा देखिन थाल्ने र बिहीबारदेखि विस्तार हुने सम्भावना छ। शुक्रबार र ...

कर्पोरट खबर
अमेरिकी सेनाले दियो इलन मस्कको ‘स्पेसएक्स’लाई संवेदनशील अन्तरिक्ष डेटामा पहुँचको स्वीकृति
ताजा खबरJust now

अमेरिकी सेनाले दियो इलन मस्कको ‘स्पेसएक्स’लाई संवेदनशील अन्तरिक्ष डेटामा पहुँचको स्वीकृति

एजेन्सी । अमेरिकी सेनाले अर्बपति इलन मस्कको कम्पनी ’स्पेसएक्स’ लाई अन्तरिक्षका उपग्रह तथा अन्य पिण्डहरूको अनुगमन गर्ने नियन्त्रित र संवेदनशील सैन्य डेटामा विशेष पहुँच प्रदान गरेको छ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को यो निर्णयसँगै पृथ्वीको तल्लो कक्षमा अन्तरिक्ष ट्राफिक नियन्त्रण र सञ्चालनको जिम्मा एउटै निजी कम्पनीको हातमा सुम्पिन खोजिएको भन्दै चौतर्फी चिन्ता र बहस सुरु भएको छ । अमेरिकी स्पेस ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play