Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अमेरिकी सेनाले दियो इलन मस्कको ‘स्पेसएक्स’लाई संवेदनशील अन्तरिक्ष डेटामा पहुँचको स्वीकृति

अमेरिकी सेनाले दियो इलन मस्कको ‘स्पेसएक्स’लाई संवेदनशील अन्तरिक्ष डेटामा पहुँचको स्वीकृति

10/25/2026, 10:04:31 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी सेनाले दियो इलन मस्कको ‘स्पेसएक्स’लाई संवेदनशील अन्तरिक्ष डेटामा पहुँचको स्वीकृति

एजेन्सी । अमेरिकी सेनाले अर्बपति इलन मस्कको कम्पनी ’स्पेसएक्स’ लाई अन्तरिक्षका उपग्रह तथा अन्य पिण्डहरूको अनुगमन गर्ने नियन्त्रित र संवेदनशील सैन्य डेटामा विशेष पहुँच प्रदान गरेको छ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को यो निर्णयसँगै पृथ्वीको तल्लो कक्षमा अन्तरिक्ष ट्राफिक नियन्त्रण र सञ्चालनको जिम्मा एउटै निजी कम्पनीको हातमा सुम्पिन खोजिएको भन्दै चौतर्फी चिन्ता र बहस सुरु भएको छ । अमेरिकी स्पेस फोर्सले स्पेसएक्सलाई अमेरिकी स्पेस कमाण्डको उच्च परिशुद्धतायुक्त डेटाबेस ‘हाई एकुरेसी क्याटलग’को पहुँच दिएको हो । यस डेटाबेसमा जमिनमा रहेका सैन्य राडार र टेलिस्कोपहरूबाट प्राप्त ‘भेक्टर कोभेरियन्स मेसेज’ समावेश हुन्छ, जसले कक्षमा रहेका १० सेन्टिमिटर (३.९३ इन्च) सम्मका साना वस्तु र उपग्रहहरूको सटीक लोकेसन ट्र्याक गर्दछ । यस सम्झौताको बदलामा अमेरिकी सेनाले स्पेसएक्सको ’स्टारलिंक’ उपग्रहहरूमा जडान गरिएका ‘स्टारगेज’ क्यामेरा र सेन्सर प्रणालीबाट प्राप्त डेटा प्रयोग गर्न पाउनेछ । स्टारगेज प्रणालीले आधा मिटरसम्मका वस्तुहरू मात्र देख्न सक्ने भएकाले सैन्य राडारको डेटाले स्टारलिंकका लागि थप सटीक मार्गनिर्देशन प्रदान गर्ने बताइएको छ । सरकारी निकायलाई कमजोर बनाएर निजीकरणको प्रयास ? अमेरिकी सरकारको नागरिक अन्तरिक्ष ट्राफिक नियन्त्रण निकाय ‘ट्र्याफिक कोआर्डिनेसन सिस्टम फर स्पेस’लाई निष्क्रिय बनाउँदै मस्कलाई फाइदा पु¥याइएको आरोप आलोचकहरूले लगाएका छन् । सन् २०२५ मा मस्क नेतृत्वको ‘डोज’ले ट्र्याक्सका धेरै कर्मचारीहरूलाई निष्कासन गरेको थियो भने ट्रम्प प्रशासनले यसको बजेट शून्यमा झार्ने प्रस्ताव समेत गरेको थियो । ट्र्याक्सले दैनिक करिब ५० हजार सम्भावित अन्तरिक्ष टक्करहरूको व्यवस्थापन र अनुगमन गर्दै आएको छ । ‘स्ट्यान्ड अप फर साइन्स’ संस्थामा कार्यरत पूर्व ट्र्याक्स कर्मचारी कोल डोनोभानका अनुसार यो निर्णयले स्पेसएक्सलाई अमेरिकाको अघोषित अन्तरिक्ष ट्राफिक नियन्त्रक बनाएको छ । डोनोभानले भने, ‘यो कदम कुनै एउटा ट्रक कम्पनीलाई सडकका सबै ट्राफिक लाइटहरूको नियन्त्रण दिएजस्तै हो, जसले प्रतिस्पर्धी कम्पनीको पालो आउँदा रातो बत्ती बालिदिन सक्छ ।’ व्यावसायिक अन्तरिक्ष बजार आगामी दशकमा करिब २ खर्ब डलर पुग्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा सैन्य डेटामा अभूतपूर्व पहुँच पाउँदा स्पेसएक्सले आफ्ना व्यावसायिक प्रतिस्पर्धीहरूभन्दा ठूलो लाभ हासिल गर्नेछ । सार्वजनिक जवाफदेहिताका लागि काम गर्ने गैर–नाफामूलक संस्था ‘पब्लिक सिटिजन’का प्रतिनिधि क्रेग होल्म्यानले भने, ‘इलन मस्कले आफ्नो राजनीतिक प्रभाव र लगानीको बदलामा सरकारबाट आकर्षक ठेक्का र असिमित सुविधाहरू प्राप्त गरिरहेका छन् । अर्कोतर्फ, राष्ट्रिय महासङ्घीय वातावरण प्रशासनका एक पूर्व अधिकारीले भने स्पेसएक्सले अन्तरिक्ष सुरक्षाका विषयमा उत्तरदायी भूमिका खेल्दै आएको बताउँदै सरकारी निकायहरूले नै स्पष्ट नियम र निष्पक्ष वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन् । हाल इलन मस्कको स्टारलिंक कम्पनीका मात्रै कक्षमा करिब ११ हजार उपग्रहहरू सञ्चालनमा छन्, जुन सङ्ख्या आगामी वर्षहरूमा २० हजारसम्म पुग्ने अनुमान छ । सैन्य डेटामा सीमित पहुँच पाउने यो कदमले अमेरिकी सरकार स्पेसएक्सप्रति अत्यधिक निर्भर हुने खतरा बढाएको विश्लेषकहरूको ठम्याइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

एनपीएल हेर्न १० सहरमा एक्स्ट्रिमको फ्यान जोन
ताजा खबरJust now

एनपीएल हेर्न १० सहरमा एक्स्ट्रिमको फ्यान जोन

एनपीएलका खेल फ्यान जोनमा राखिएका ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिने र प्रवेश पूर्ण रूपमा निःशुल्क हुने कम्पनीले जनाएको छ । ...

कान्तिपुर
बर्नमाउथसँग म्यानचेस्टर युनाइटेड ३–० ले पराजित, प्रशिक्षक क्यारिकमाथि दबाब
ताजा खबरJust now

बर्नमाउथसँग म्यानचेस्टर युनाइटेड ३–० ले पराजित, प्रशिक्षक क्यारिकमाथि दबाब

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बर्नमाउथसँग ३–० गोलले पराजित भएको छ । आइतबार ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली युनाइटेडले कमजोर प्रदर्शन गर्दा बर्नमाउथले सहज जित निकालेको... ...

रातोपाटी
चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा
ताजा खबरJust now

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके। राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरका अनुसार कुनै समय गाउँभरि खसीबाख्राका बथान देखिने गरे पनि अहिले १०० वटा बाख्रा पुर्‍याउनसमेत मुस्किल छ। कोहलपुर–७ वनखेतका युवराज गिरी पनि दाना र घाँसको महँगी तथा चरन क्षेत्रको अभावका कारण व्यवसायलाई निरन्तरता दिने कि छाड्ने भन्ने दोधारमा छन्। सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेशका सदस्य महेन्द्र शाहीका अनुसार राष्ट्रिय वन क्षेत्रमा बाघ र चितुवाजस्ता ...

नेपालन्युज
खोटाङमा 'दसैँ, तिहार, चेलीलाई उपहार’ अभियान : ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा
ताजा खबरJust now

खोटाङमा 'दसैँ, तिहार, चेलीलाई उपहार’ अभियान : ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

• खोटाङ जिल्लामा युवा समूहले 'दसैँ, तिहार, चेलीलाई उपहार' अभियानअन्तर्गत ६४२ छोरीचेलीलाई निःशुल्क मोटरबाइक सेवा प्रदान गरेको छ। • यो अभियान कात्तिक ३ देखि ६ गतेसम्म सञ्चालन गरिएको थियो र तिहारमा पनि जारी रहने योजना छ। • आर्थिक अवस्था कमजोर भएका महिला, बालबालिका र वृद्धालाई लक्षित गर्दै निःशुल्क यातायात सेवा उपलब्ध गराइएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play