काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा अधिकांश सूचकमा सुधार गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा, बिमाशुल्क आर्जन र जीवन बिमा कोष लगायतका प्रमुख वित्तीय सूचकहरूमा सकारात्मक वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १६ करोड १३ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.७९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीको खुद नाफा १५ करोड २५ लाख १३ हजार रुपैयाँ रहेको थियो । कम्पनीको व्यापारमा पनि विस्तार भएको छ । कम्पनीको कुल बिमाशुल्क २२.१६ प्रतिशतले वृद्धि भई २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ पुगेको छ । खुद बिमाशुल्क २१.३८ प्रतिशतले बढेर २ अर्ब ७७ करोड २२ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल बिमाशुल्क २ अर्ब ३२ करोड ३३ लाख र खुद बिमाशुल्क २ अर्ब २८ करोड ४० लाख रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ८० करोड ६४ लाख ९५ हजार रुपैयाँ र बिमालेख धितो कर्जा ब्याजबाट १३ करोड ४१ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको छ । कुल १ अर्ब २० करोड ७९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब २५ करोड १२ लाख रुपैयाँ छ । कम्पनीको महाविपत्ति कोषमा ३४ करोड ५० लाख रुपैयाँ, सञ्चित नाफामा ६७ करोड ३ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ४० लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा कम्पनीको जीवन बिमा कोष ५४ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १२.२९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२३.०३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३५.४७ गुणा र प्रतिसेयर कुल सम्पत्ति १ हजार २१६.३६ रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको सल्भेन्सी मार्जिन अनुपात १३३ प्रतिशत र सक्रिय बिमालेख संख्या ६ लाख ५१ हजार १५ वटा कायम भएको छ । The post एसियन लाइफ इन्स्योरेन्सको खुद नाफामा सुधार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
एसियन लाइफ इन्स्योरेन्सको खुद नाफामा सुधार

Read Complete Original Article
Published originally on कर्पोरट खबर






