एशिया कपमा छनोट नेपाली टोलीलाई क्यानले ३० लाख रुपैयाँ दिने

एशिया कपमा छनोट नेपाली टोलीलाई क्यानले ३० लाख रुपैयाँ दिने
horizontal HDकाठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रोपटक एशिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा एशिया कपमा छनोट गराउन सफल टोलीलाई प्रोत्साहनस्वरूप ३० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको हो। एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै अध्यक्ष चन्दले खेलाडीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताउनुभयो। विगतमा सीमित स्रोतसाधन र न्यून पारिश्रमिकका बाबजुद खेलाडीहरूले देशका लागि खेल्दै आएको स्मरण गर्दै उहाँले पछिल्लो समय विभिन्न प्रतियोगिता र प्रायोजनमार्फत खेलाडीलाई आर्थिक रूपमा सबल बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो। अध्यक्ष चन्दले सरकारले पनि एसियाली प्रतियोगितामा च्याम्पियन, दोस्रो र तेस्रो हुने टोलीलाई पुरस्कार दिने व्यवस्था गर्दै आएको भए पनि विभिन्न कारणले पछिल्लो समय खेलाडीहरूले पुरस्कार पाउन नसकेको बताउनुभयो। उहाँले क्रिकेटलाई प्राथमिकतामा राखेर पुरस्कारसम्बन्धी निर्णय गर्न सरकारसँग आग्रह गर्नुभयो। ओडीआई मान्यता कायम, विश्वकप खेल्ने लक्ष्य नेपाली क्रिकेटले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय प्रगति गरिरहेको अध्यक्ष चन्दको भनाइ छ। नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता थप चार वर्षका लागि कायम राख्नु र दोस्रोपटक एशिया कपमा छनोट हुनु महत्त्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो। नेपाली खेलाडीहरू एकदिवसीय विश्वकप खेल्ने लक्ष्य हासिल गर्न प्रयासरत रहेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि नेपाली क्रिकेटलाई सकारात्मक रूपमा लिएको बताउनुभयो। नेपालमै प्लेअफ क्वालिफायर आयोजना गर्ने अवसर प्राप्त हुनु विश्वकपसम्म पुग्ने यात्राको महत्त्वपूर्ण कडी भएको उहाँको भनाइ छ। एनपीएल नेपाली क्रिकेटको ब्रान्ड बन्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबारे चर्चा गर्दै अध्यक्ष चन्दले प्रतियोगिता हरेक वर्ष थप व्यवस्थित र आकर्षक बन्दै गएको बताउनुभयो। गभर्निङ काउन्सिल, क्यानका पदाधिकारी, जिल्ला तथा प्रदेश क्रिकेट संघ, सञ्चारमाध्यम, प्रायोजक र आठवटै फ्रेन्चाइज टोलीका मालिकहरूको योगदानले एनपीएल नेपाली क्रिकेटको ब्रान्डका रूपमा स्थापित हुँदै गएको उहाँले उल्लेख गर्नुभयो। एनपीएलमा उत्कृष्ट खेलाडीहरूको सहभागिता, डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लगायतका प्रविधिको प्रयोग र आर्थिक कारोबारको विस्तारले प्रतियोगिताको स्तर बढाएको अध्यक्ष चन्दको भनाइ छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल
म्याग्दी । पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ । कोही क्यामेरा तेस्र्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन् । चराहरूको चिरबिरसँगै विस्तारै खुल्दै जान्छन् हिमाल । सूर्यको पहिलो किरण हिउँचुचुरामा पर्दा सेता हिमशृङ्खला सुनौलो रङमा चम्किन्छन् । प्रकृतिको यही अनुपम दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ । मनसुन सकिएपछि खुलेको नीलो आकाश, लहरै देखिने हिमाल र चिसो मौसमसँगै ...

एनपीएलका बेला त्रिवि परिसर प्रवेश गर्न परिचयपत्र अनिवार्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएपछि त्रिभुवन विश्वविद्यालय परिसरमा प्रवेश गर्ने प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई परिचयपत्र साथमा ल्याउन अनुरोध गरिएको छ । त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस... ...

एनपीएलमा डेढ अर्बको कारोबार हुने
काठमाडौं । भोलिदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल)को कारोबार डेढ अर्ब हुने अनुमान गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा संघका कोषाध्यक्ष पदमबहादुर खड्काले भोलिदेखि सुरू हुने लिगको कारोबार १५० करोड रुपैयाँसम्मको हुने बताए खड्काका अनुसार स्पोन्सर, टिकट आदिबाट २० करोड रुपैयाँको संघलाई आम्दानी हुने छ । संघले यस वर्ष ७० देखि ७५ करोड रुपैयाँसम्मको ...

हङकङमा एचकेनुट्राले गर्यो किड्स दौड प्रतियोगिता
हङकङ नेपाली अल्ट्रा-ट्रेल रनिङ संघ (एचकेनुट्रा)ले हङकङमा किड्स दौड प्रतियोगिता गरेको छ। एनआरएनजी १० किमि दौड प्रतियोगिता आइतबार बिहान ९ बजे ताइतोङ बीबीक्यू स्पोर्ट्स्‌बाट सुरु भएको थियो। दौडमा सहभागी साना नानीहरूलाई आधा दर्जन प्रशिक्षकले साथ दिएका थिए। हङकङमा नेपाली समुदायका बालबालिकालाई खेलकुदमा सक्रिय बनाउन एचकेनुट्राले बेलाबेलामा यस्ता गतिव... ...


