एशिया कपमा छनोट नेपाली क्रिकेट टोलीलाई क्यानले ३० लाख दिने

नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रोपटक एशिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा एशिया कपमा छनोट गराउने टोलीलाई प्रोत्साहनस्वरूप ३० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै खेलाडीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताए । विगतमा सिमित स्रोतसाधन र न्युन पारिश्रमिकका बाबजुद खेलाडीहरूले देशका लागि खेल्दै आएको स्मरण गर्दै उनले पछिल्लो समय खेलाडीलाई विभिन्न प्रतियोगिता र प्रायोजनमार्फत आर्थिक रूपमा सबल बनाउने प्रयास भइरहेको बताए । अध्यक्ष चन्दले सरकारले पनि एशियाली प्रतियोगितामा च्याम्पियन, दोस्रो र तेस्रो हुने टोलीलाई पुरस्कार दिने व्यवस्था गर्दै आएको भएपनि पछिल्लो समय केही कारणले खेलाडीले पुरस्कार पाउन नसकेको बताए । उनले क्रिकेटलाई प्राथमिकतामा राखेर पुरस्कारसम्बन्धी निर्णय गर्न सरकारसँग आग्रह गरे । उनकाअनुसार नेपाली क्रिकेटले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय प्रगति गरिरहेको छ । नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता थप चार वर्षका लागि कायम राखेको र दोस्रोपटक एशिया कपमा छनोट भएको उल्लेख गर्दै उनले एकदिवसीय विश्वकप खेल्ने लक्ष्य हासिल गर्न खेलाडीहरू प्रयासरत रहेको बताए । चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाली क्रिकेटलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै नेपालमै प्लेअफ क्वालिफायर आयोजना गर्ने अवसर पाउनु विश्वकपसम्म पुग्ने यात्राको एउटा महत्वपूर्ण कडी भएको बताए । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणबारे बोल्दै उनले प्रतियोगिता हरेक वर्ष थप व्यवस्थित र आकर्षक बन्दै गएको बताए । गभर्निङ काउन्सिल, क्यानका पदाधिकारी, जिल्ला तथा प्रदेश क्रिकेट संघ, सञ्चारमाध्यम, प्रायोजक र आठवटै फ्रेन्चाइज टोलीका मालिकहरूको योगदानले एनपीएल नेपाली क्रिकेटको ब्रान्डका रूपमा स्थापित हुँदै गएको उनको भनाइ छ । उनले एनपीएलमा उत्कृष्ट खेलाडीहरूको सहभागिता, डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लगायतका प्रविधिको प्रयोग र आर्थिक कारोबारको विस्तारले प्रतियोगिताको स्तर बढाएको बताए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

पीडीएनए प्रारम्भिक नतिजा : रसुवा बाढीले निजी सम्पत्ति र व्यवसायमा ७९ अर्बको क्षति
योजना आयोगले सार्वजनिक गरेको पीडीएनए घरधुरी सर्वेक्षणको प्रारम्भिक नतिजाले जनताको घर, जग्गा, व्यवसाय लगायतमा ७९ अर्ब १७ करोड बराबर क्षति भएको छ, पूर्वाधार, उत्पादनशील, सामाजिक र वातावरण लगायत क्षेत्रमा भएको क्षति यसमा समावेश छैन । ...

व्यवसायीको गुनासो- दशैँमा सोचेजस्तो व्यापार भएन
यस पटकको दशैँमा फेन्सी, कपडा तथा सुनचाँदीको व्यापार नभएको व्यवसायीहरुले गुनासो गरेका छन् । काठमाडौंको न्युरोड, ललितपुरको पाटन क्षेत्रका व्यवसायीहरुले यस पटकको दशैंमा कपडा तथा सुनचाँदीको व्यापार सोचेजस्तो हुन नसकेको गुनासो गरेका हुन् । गत वर्षहरुमा न्युरोड तथा पाटन क्षेत्रमा दशैँभर किनमेल गर्नेको बाक्लो भीड हुने गर्दथ्यो । व्यवसायीहरुले समेत मनग्य आम्दानी गर्दथे । यस वर्ष रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा ...

उदयपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
८ कात्ति, काठमाडौं । उदयपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–११ संगम टोलस्थित सडकमा ईनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्र.३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५२ वर्षीय राम बहादुर कार्की रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको… ...


