‘एलिफेन्ट्स इन द फग’की अभिनेत्री पुष्पालाई एसिया प्यासिफिक स्क्रिन अवार्ड

काठमाडौं । नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)की मुख्य अभिनेत्री पुष्पा थिङ लामाले १९औं एसिया प्यासिफिक स्क्रिन अवार्डमा उत्कृष्ट अभिनयको अवार्ड जित्नुभएको छ । अस्ट्रेलियाको गोल्ड कोष्टमा शुक्रबार आयोजित समारोहमा उहाँले उक्त अवार्ड प्राप्त गर्नुभएको हो । अविनाशविक्रम शाह निर्देशित यो चलचित्र तीन विधामा मनोनयनमा परेको थियो । चलचित्र उत्कृष्ट फिल्म, शाह उत्कृष्ट निर्देशक र पुष्पा उत्कृष्ट अभिनय विधामा मनोनित हुनुभएको थियो । अवार्ड जितेपछि पुष्पाले निर्देशक शाह र निर्माता अनुप पौडेलप्रति आभार व्यक्त गर्दै यसलाई आफ्नो अभिनय यात्राको विशेष उपलब्धि बताउनुभएको छ । अन्तिम समयमा अस्ट्रेलिया जाने योजना रद्द गर्नुपरेकाले चलचित्र टोली समारोहमा उपस्थित हुन सकेन । यसअघि सन् २०२६ को कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको यस चलचित्रले जुरी पुरस्कारसमेत जितेको थियो । पछिल्लो उपलब्धिलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा महत्त्वपूर्ण सफलताका रूपमा हेरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

प्रेसविरुद्ध निरन्तर सरकार
सरकारले फेरि एकपटक प्रेसविरोधी चरित्र देखाएको छ । केही पत्रकार र पत्रकारिताका संस्थामा विना वर्दी, विना पूर्जी, विना तर्क र आधार सुरक्षा संयन्त्रका मानिस पठाएर पत्रकारहरूलाई गिरिफ्तार गरेको निन्दनीय घटना सार्वजनिक भएको छ । वर्तमान सरकार प्रेस स्वतन्त्रताको विपक्षमा हिँडेको कुरा यो सरकार बनेयता यस सरकारले देखाएको व्यवहारले नै प्रष्ट देखाउँदै आएको छ । सरकारले प्रेस स्वतन्त्रताको आवश्यकता र महत्त्व ...

जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण
सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल–२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ। पहिलो आरोहण... ...

स्तरोन्नति अवधि थप्ने निर्णयले निजी क्षेत्र खुसी
काठमाडौं । नेपाललाई अति कम विकसित मुलुक (एलडिसी) को सूचीबाट स्तरोन्नति हुने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने संयुक्त राष्ट्रसंघको महासभाको निर्णयलाई निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाले बिहीबार नेपाल र बंगलादेशको स्तरोन्नतिका लागि तयारी अवधि थप गर्ने निर्णय गरेको हो । उक्त निर्णयले नेपाललाई ...

एथरको क्यासब्याक अफर
काठमाडौं । एथर स्कुटरको आधिकारिक बिक्रेता वैद्य इनर्जी प्रालिले विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘एथर अपग्रेड फेस्टिभल’ घोषणा गरेको छ । कम्पनीले कात्तिक १५ देखि २२ गतेसम्म देशभर सञ्चालन हुने उक्त अभियानअन्तर्गत एथरका नयाँ विद्युतीय स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म क्यासब्याक उपलब्ध गराउने जनाएको छ । अभियानमार्फत ग्राहकले आफ्नो पुरानो सवारी साधनबाट आधुनिक विद्युतीय स्कुटरमा अपग्रेड गर्ने अवसर पाउनेछन् ...


