एम्बुलेन्सबाट गाँजा बरामद

सुनसरी।सुनसरीको दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टल बढी गाँजासहित एउटा एम्बुलेन्स बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान कोशी राजमार्गमा एम्बुलेन्समा इटहरीबाट विराटनगरतर्फ गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए। इलाका प्रहरी कार्यालय दुहबी र सिआरभी दुहबी सुनसरीबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा ना ४ च ६०६३ नम्बरको एम्बुलेन्सजाँच तथा खानतलासी गर्दा एम्बुलेन्सबाट ५७४ किलो ८७० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दुहबीले थप अनुसन्धान भइरहेको छ भने एम्बुलेन्स छाडेर भागेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

केन्यामा इबोला सङ्क्रमित आठ पुगे, सीमामा स्वास्थ्य जाँच कडा
• केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ, जसमा एक परिचारक पनि समावेश छन्। • सङ्क्रमण फैलिन नदिन स्वास्थ्य जाँच कडा पारिएको छ र १३० जनाको पहिचान गरी १२८ जनालाई एकान्तवासमा राखिएको छ। • छिमेकी तान्जानियाले पनि उच्च जोखिमयुक्त देशबाट आउने यात्रुलाई २१ दिनसम्म निगरानीमा राख्ने व्यवस्था लागू गरेको छ। ...

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूमा पूजाआराधना एवं दर्शन
काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाण्डु उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार काठमाण्डुस्थित नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी ९ वटा शक्तिपीठको दर्शन गरी पूजाआराधना गरेका हुन् । राष्ट्रपति पौडेलले सो अवसरमा शक्तिपीठका पुजारीबाट टीका एवं प्रसाद ग्रहण गरेका थिए […] ...

दशैंमा मलेसियास्थित नेपाली दूतावास तीन दिन बन्द रहने
• मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावास दशैंको अवसरमा २० देखि २२ अक्टोबरसम्म तीन दिन बन्द रहनेछ। • दूतावासले मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, ब्रुनाई दरुसलाम र पूर्वी टिमोरमा बसोबास गर्ने नेपालीलाई शुभकामना दिएको छ। • दूतावास २३ अक्टोबरबाट नियमित सेवा पुनः सञ्चालन गर्नेछ र आकस्मिक सहयोगको लागि हटलाइनमा सम्पर्क गर्न अनुरोध गरिएको छ। ...
!['दशौँ राष्ट्रिय खेलकुद’ निर्धारित मितिमै हुने राखेपको दाबी, ४४ करोड बजेट [भिडियो]](https://hamrakura.com/uploads/news/images/ramcharitra-meheta-.jpg)
'दशौँ राष्ट्रिय खेलकुद’ निर्धारित मितिमै हुने राखेपको दाबी, ४४ करोड बजेट [भिडियो]
यसपटक प्रतियोगिताको मिति थप नसर्ने गरी तीव्र गतिमा तयारी अगाडि बढाइएको छ। ...


