एभरटनलाई हराउँदै आर्सनल बलियो

लन्डन । आर्सनलले इंग्लिस प्रिमियर लिगमा शनिबार एभरटनलाई २–० ले हराउँदै आफ्नो स्थिति बलियो बनाएको छ। यस जितपछि आर्सनलको २१ अंक भएको छ र शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ। सिटी यसअघि एस्टन भिल्लासँग पराजित भएको थियो। त्यसको फाइदा आर्सनलले उठाएको हो। इमिरेट्समा भएको खेलमा आर्सनलका लागि इजरी कोन्सा र ग्याब्रिएल मेगलहेसले १–१ गोल गरे। एभरटन भने १० अंकसहित नवौँ स्थानमा रहेको छ। अर्को खेलमा फुलहमले कभेन्ट्रीलाई १–० ले हराउँदै महत्त्वपूर्ण जित निकालेको छ। फुलहमका लागि ओस्कार बबले निर्णायक गोल गरे। यस जितपछि फुलहमको ८ अंक भएको छ र ऊ १२औँ स्थानमा उक्लिएको छ। कभेन्ट्री भने ६ अंकसहित १९औँ स्थानमा रहेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

भारतको आन्ध्र प्रदेश र ओडिशामा ‘अर्नब’ चक्रवातको प्रभाव, अलर्ट जारी
काठमाण्डु – बङ्गालको खाडीमा विकसित भइरहेको ‘अर्नब’ चक्रवातको सम्भावित जोखिमलाई ध्यानमा राख्दै ओडिशा सरकारले तयारी तीव्र पारेको छ। मौसम विभागको पूर्वानुमानअनुसार अक्टोबर २६ को बिहान पश्चिम-मध्य बङ्गालको खाडीमा चक्रवाती आँधी विकसित हुन सक्छ। उक्त चक्रवात अक्टोबर २८ को बिहानसम्म आन्ध्र प्रदेशको तट नजिक पुग्ने अनुमान गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै ओडिशा सरकारले सम्बन्धित सबै […] ...

बन्दीपुरमा बढ्यो पर्यटकको चहलपहल
अमरराज नहर्कीतनहुँ, कात्तिक ८ गते । दसैँ र तिहारबिचको लामो बिदामा घुमफिर गर्ने आन्तरिक पर्यटकको रोजाइमा तनहुँको पर्यटकीय नगरी बन्दीपुर परेको छ । चाडपर्व मनाएपछि परिवार र साथीभाइसँग... ...

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
काठमाडाैँ । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा... ...

करणको कप्तानी र वार्नरको साथमा तेस्रो एनपीएलका लागि काठमान्डु गोर्खाज तयार
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमान्डु गोर्खाजले आफ्नो तयारी तीव्र पारेको छ। टोलीले यसपटक पनि अनुभवी करण केसीको कप्तानीमा मैदान उत्रने निर्णय गरेको छ। मोन्टी देसाईले टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन्। तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। काठमान्डु गोर्खाजले यस सिजनका लागि करण केसी, भीम सार्की, मोहम्मद आदिल आलम, रासिद खान, साहब आलम ...


