Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Others/एनपीएलले बढायो होटलहरुको आर्थिक कारोबार, खेल पर्यटन विस्तारको अबसर

एनपीएलले बढायो होटलहरुको आर्थिक कारोबार, खेल पर्यटन विस्तारको अबसर

10/28/2026, 2:15:25 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलले बढायो होटलहरुको आर्थिक कारोबार, खेल पर्यटन विस्तारको अबसर

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ । यसवर्षको एनपिएलमा नेपाल क्रिेकट संघ (क्यान)ले प्रायोजन र टिकट बिक्रि लगायत स्रोतबाट १ अर्ब ५० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । यति मात्र नभइ आठ फ्रेन्चाइज टोलीका खेलाडी, प्रशिक्षक र अन्य सदस्यको बसोबासदेखि खेल हेर्न आउने दर्शकको आवागमनसम्मले होटल, रेस्टुरेन्ट र यातायात व्यवसायमा समेत कारोबार बढाएको हो । होटल संघ नेपालका अध्यक्ष विनायक शाहका अनुसार एनपीएलका आठवटै फ्रेन्चाइज टोली काठमाडौंका विभिन्न पाँचतारे होटलमा बसेका छन् । यसले होटलको व्यापार बढाउनुका साथै नेपालमा खेल पर्यटन विस्तारको सम्भावना पनि देखाएको छ । ‘आठवटा फ्रेन्चाइज टोलीका सदस्यहरू ठूला पाँच तारे होटलमा बसेका छन् । यसले होटलको व्यापार बढाएको छ । टोलीका सदस्यबाहेक खेल हेर्न आउने दर्शकले पनि होटलमा बस्ने, खाने र यातायात प्रयोग गर्ने भएकाले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्छ,’ शाहले भने । उनका अनुसार एनपीएलले तत्कालीन रूपमा होटल व्यवसायमा कारोबार बढाउनुका साथै अन्तरराष्ट्रिय स्तरमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने अवसरसमेत दिएको छ । प्रतियोगिता टेलिभिजनमार्फत अन्तरराष्ट्रिय दर्शकमाझ पुगिरहेकाले त्यसलाई नेपालको पर्यटन प्रचारसँग जोड्न सके दीर्घकालीन लाभ लिन सकिने उनको भनाइ छ । शाहले एनपीएललाई खेल पर्यटनको माध्यम बनाउने हो भने होटल व्यवसायी, नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र नेपाल क्रिकेट संघले संयुक्त योजना बनाएर अघि बढ्नुपर्ने बताए । अन्तरराष्ट्रिय क्रिकेटमा नेपालको उपस्थिति र विदेशी खेलाडीको सहभागितालाई पर्यटन प्रवद्र्धनमा उपयोग गर्न सके थप पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ छ । ‘हामीसँग विश्वस्तरीय होटल छन् र निजी क्षेत्र लगानी गर्न तयार छ । अब सरकार, पर्यटन बोर्ड, क्रिकेट संघ र होटल व्यवसायी मिलेर योजना बनाउनुपर्छ । राम्रो योजना बनाउन सके अहिलेको आर्थिक प्रभावलाई अझ बढाउन सकिन्छ,’ उनले भने । एनपीएलको प्रभाव ठूला होटलमा मात्र सीमित छैन । खेल हेर्न कीर्तिपुर पुग्ने दर्शकका कारण मैदान आसपासका खाजा पसल तथा अन्य साना व्यवसायमा पनि कारोबार बढ्ने अवसर सिर्जना भएको छ । प्रतियोगिताका खेल हेर्न विभिन्न फ्रेन्चाइजका समर्थक आउने क्रमले स्थानीय क्षेत्रमा खानेकुरा र पेय पदार्थको माग बढाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले पनि एनपीएल जस्ता खेलकुद गतिविधिले युवा वर्गलाई उत्साहित बनाउनुका साथै निजी क्षेत्रको बजार चलायमान बनाउन र पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने बताएका छन् । यस्ता प्रतियोगितालाई निरन्तरता दिन सके होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा आर्थिक गतिविधि बढ्ने उनको भनाइ छ । ‘यस्ता गतिविधिले आर्थिक क्षेत्रलाई बलियो बनाउन सहयोग गर्छन् । बजार चलायमान हुन्छ र खेलकुद क्षेत्रमा युवाको उत्साह बढ्छ,’ शर्माले भने, ‘तर एकपटक प्रतियोगिता गरेर रोकिनु हुँदैन । नियमित रूपमा यस्ता खेलकुद गतिविधि भइरहनुपर्छ ।’ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको एनपीएलले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा कारोबार बढाउने अवसर सिर्जना गरेको छ । आठ फ्रेन्चाइज टोलीका खेलाडी, प्रशिक्षक तथा अन्य सदस्यको बसोबास र खेल हेर्न आउने दर्शकको आवागमनले होटल, रेस्टुरेन्ट तथा यातायात व्यवसायमा आर्थिक गतिविधि बढाएको हो । शर्माका अनुसार एनपीएलले खेलकुदमा रुचि राख्ने दर्शकलाई आकर्षित गर्नुका साथै सीमावर्ती क्षेत्रबाट समेत मानिसको आवागमन बढाउन सक्छ । यसले पर्यटन र स्थानीय व्यवसायमा सकारात्मक प्रभाव पार्ने उनको बुझाइ छ । ‘खेलकुदप्रति रुचि राख्ने मानिसको जमात बढ्छ । सीमावर्ती क्षेत्रका मानिस पनि आकर्षित हुन सक्छन्। यसले पर्यटनलाई समेत प्रभाव पार्छ,’ उनले भने । यस्तै, त्रिवि क्रिकेट मैदानबाहिर एनपीएल अवधिभरका लागि खाजा पसल सञ्चालन गरिरहेका स्थानीय होटल व्यवसायी नरेन्द्र कोजुका अनुसार खेल हुने दिन दर्शकको आवागमनले व्यापार गर्ने अवसर बढाएको छ । सामान्य अवस्थामा भन्दा प्रतियोगिताका कारण मैदानमा केन्द्रित हुने भीडले स्थानीय व्यवसायलाई ग्राहकसम्म पुग्ने अवसर दिएको उनको भनाइ छ । एनपीएलमा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, जनकपुर बोल्टस र बिराटनगर किंग्सगरी आठ टोली सहभागि छन् । विभिन्न क्षेत्रका टोली सहभागी भएकाले तिनका समर्थक काठमाडौं आउने क्रमले पनि स्थानीय व्यापारमा प्रभाव पार्ने सम्भावना छ । दर्शकको आवागमनले होटल तथा रेस्टुरेन्टसँगै सार्वजनिक यातायात र राइड शेयरिङ सेवाको माग बढाउन सक्ने विश्वास गरिएको छ । खेल पर्यटनको दीर्घकालीन सम्भावना होटलसंघका अध्यक्ष शाहले एनपीएलबाट होटल व्यवसायमा कति प्रतिशत कारोबार वृद्धि भयो भन्ने यकिन तथ्यांक दिन नसकिने बताए । तर, प्रतियोगिताले सिर्जना गरेको आर्थिक गतिविधिलाई व्यवस्थित रूपमा विस्तार गर्न सके यसको लाभ बढाउन सकिने उनको भनाइ छ । उनका अनुसार अन्तरराष्ट्रिय खेल प्रतियोगितालाई पर्यटन प्याकेज, होटल सेवा र नेपालको पर्यटकीय गन्तव्यसँग जोड्न सके एनपीएल नियमित खेल प्रतियोगिताभन्दा बाहिर पनि आर्थिक अवसर सिर्जना गर्ने माध्यम बन्न सक्छ । त्यसका लागि प्रतियोगिताको प्रचारसँगै विदेशी समर्थकलाई आकर्षित गर्ने र उनीहरूको बसाइ अवधि बढाउने रणनीति आवश्यक छ । एनपीएलले होटल तथा स्थानीय व्यवसायमा तत्कालीन कारोबार बढाउने अवसर दिएको भए पनि त्यसलाई दीर्घकालीन खेल पर्यटनमा रूपान्तरण गर्न सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक देखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

विपद् प्रभावित क्षेत्रमा २४ करोड ५० लाख मात्रै निकासा, कोषमा १८ अर्बभन्दा बढी मौज्दात
OthersJust now

विपद् प्रभावित क्षेत्रमा २४ करोड ५० लाख मात्रै निकासा, कोषमा १८ अर्बभन्दा बढी मौज्दात

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पर्याप्त रकम मौज्दात रहे पनि भोटेकोशी एवं कालीगण्डकी करिडोरका विपद् प्रभावित क्षेत्रमा न्यून रकम मात्रै निकासा भएको छ । विपद् प्रभावित क्षेत्रका स्थानीय तहमा हालसम्म २४ करोड ५० लाख रुपैयाँ मात्रै उपलब्ध गराइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी १८ अर्ब २८ करोड रुपैयाँभन्दा ...

पर्दाफास
सरकारी निर्णयमा तीन तहको सीमा, फाइलको अवस्था सेवाग्राहीले अनलाइनबाटै हेर्न पाउने
OthersJust now

सरकारी निर्णयमा तीन तहको सीमा, फाइलको अवस्था सेवाग्राहीले अनलाइनबाटै हेर्न पाउने

सरकारी कार्यालयमा फाइल घुमाउने प्रवृत्ति अन्त्य गरी निर्णय प्रक्रिया छिटो, पारदर्शी र जवाफदेही बनाउन सरकारले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण र डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’कार्यान्वयमा ल्याएको छ । नियमावलीले निर्णय प्रक्रियामा टिप्पणीको तह सीमित गर्ने, सबै सार्वजनिक निकायमा विद्युतीय प्रणाली लागू गर्ने, फाइलको समयसीमा तोक्ने र ढिलाइ गर्ने कर्मचारीलाई जवाफदेही बनाउने व्यवस्था गरेको छ । नियमावलीअनुसार मन्त्रिस्तर वा केन्द्रिय प्रशासनिक निर्णय ...

पर्दाफास
आमसञ्चार क्षेत्रलाई समयानुकूल बनाउने एकीकृत ऐन निर्माण गर्छौं : मन्त्री तिमिल्सिना
OthersJust now

आमसञ्चार क्षेत्रलाई समयानुकूल बनाउने एकीकृत ऐन निर्माण गर्छौं : मन्त्री तिमिल्सिना

१२ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आमसञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत र उत्तरदायी बनाउन प्रश्तावित आमसञ्चार विधेयक, २०८३ लाई सरोकारवालाको सुझाव समेटेर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा प्रश्तावित आमसञ्चार विधेयकको मस्यौदामाथि सरोकारवाला निकाय तथा पदाधिकारीसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । आमसञ्चार ऐनलाई… ...

अनलाइन खबर
भोटेकोशी र कालीगण्डकी करिडोर क्षेत्रमा छिट्टै पुनर्निर्माण अघि बढ्छ : सचिव उपाध्याय
OthersJust now

भोटेकोशी र कालीगण्डकी करिडोर क्षेत्रमा छिट्टै पुनर्निर्माण अघि बढ्छ : सचिव उपाध्याय

१२ कात्तिक, काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा छिट्टै पुनर्निर्माणको काम अगाडि बढाउने बताएका छन् । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन गर्न गठित संसदीय विशेष समितिमा भएको छलफलमा उनले तत्कालै पुननिर्माणको काम थाल्ने बताएका हुन् । पुनर्निर्माणकाको लागी अनुदान र सहुलियतपुर्ण ऋणको प्रयोग गर्ने उनले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play