एनपीएलमा आज ब्रेक, भोलि शनिबार दुई खेल हुने

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज शुक्रबार कुनै पनि खेल तालिका राखिएको छैन। नेपाल क्रिकेट संघ (क्यान) ले आजका लागि प्रतियोगितामा विश्राम (ब्रेक) को दिन तय गरेको हो। भोलि शनिबार भने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दुई रोमाञ्चक खेलहरू सञ्चालन हुनेछन्। शनिबारको पहिलो प्रतिस्पर्धामा बिहान १२:३० बजे लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुनेछन्। यसै गरी, शनिबार नै हुने दोस्रो खेलमा साँझ ५:०० बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच कडा प्रतिस्पर्धा हुनेछ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सशस्त्र प्रहरीका ७ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन
सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको मानवस्रोत विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले आज एक सूचना जारी गर्दै गैरहाजिर रहेका कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन भनेको हो। सूचनामा गैरहाजिर रहनुको मनासिब कारण खुलाउँदै सम्बन्धित कार्यालयमा उपस्थित ...

भुटानमा ठूलो बाढी, हिमताल फुटेको आशंका
भुटानको शिंताफू हिमताल फुटेका आशंका गरिएको छ । हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले सडक बगाएको छ । बाढीले लाया जोखांग सडकको एक खण्डमा क्षति पुर्याएपछि यातायात बन्द गरिएको छ । भुटानका अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाइ सुरक्षित स्थानमा लैजान आग्रह गरेका छन् । पुनाखास्थित मो छु नदीमा गएराति आएको आकस्मिक बाढीले सौर्य ऊर्जाबाट सञ्चालित सिँचाइ प्रणालीमा आंशिक क्षति पुर्याएको ...




