Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Others/भुटानमा ठूलो बाढी, हिमताल फुटेको आशंका

भुटानमा ठूलो बाढी, हिमताल फुटेको आशंका

10/30/2026, 9:41:08 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
भुटानमा ठूलो बाढी, हिमताल फुटेको आशंका

भुटानको शिंताफू हिमताल फुटेका आशंका गरिएको छ । हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले सडक बगाएको छ । बाढीले लाया जोखांग सडकको एक खण्डमा क्षति पुर्याएपछि यातायात बन्द गरिएको छ । भुटानका अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाइ सुरक्षित स्थानमा लैजान आग्रह गरेका छन् । पुनाखास्थित मो छु नदीमा गएराति आएको आकस्मिक बाढीले सौर्य ऊर्जाबाट सञ्चालित सिँचाइ प्रणालीमा आंशिक क्षति पुर्याएको छ । गुमा गेओगअन्तर्गत दोछुखा–जोमलिङथाङ–रित्सा चिउवोगमा रहेको उक्त सिँचाइ प्रणाली बाढीका कारण क्षतिग्रस्त भएको हो । भुटानमा हिमताल विस्फोट भएपछि आएको बाढीको जोखिमलाई मध्यनजर गर्दै भारतको पश्चिम बंगालस्थित डुवर्स क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । राज्यका अधिकारीहरूका अनुसार शुक्रबार उत्तर बंगालको डुवर्स क्षेत्रका केही स्थानमा सतर्कता जारी गरिएको छ । हिमताल विस्फोटको वास्तविक आकार र त्यसले तल्लो तटीय क्षेत्रमा पार्न सक्ने प्रभावबारे भने तत्काल स्पष्ट हुन सकेको छैन । भुटानी सञ्चारमाध्यमका अनुसार गासा जिल्लास्थित वाकिला पर्वतको फेदीमा रहेको शिन्ताफु हिमताल विस्फोट भएको हो । भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) ले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जनाएको छ । शिन्ताफु ताललाई भुटानका सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक मानिन्छ। भारतको पश्चिम बंगालमा पनि अधिकारीहरूले डुवर्स क्षेत्रको संकोश नदी आसपासका बस्तीमा निगरानी बढाएका छन्। विशेषगरी अलिपुरद्वार जिल्लाको कुमारग्राम क्षेत्रलाई उच्च सतर्कतामा राखिएको छ । पश्चिम बंगालका गृह तथा पहाडी मामिलासम्बन्धी राज्यमन्त्री विशाल लामाले डुवर्सका केही क्षेत्रमा, विशेषगरी संकोश नदी आसपास सतर्कता जारी गरिएको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

पढाइसँगै खेतीपातीमा रमाउँदै विद्यार्थी
OthersJust now

पढाइसँगै खेतीपातीमा रमाउँदै विद्यार्थी

१३ कात्तिक, स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका–५, रंगेठाँटीस्थित प्रद्युम्न पनेरू माध्यमिक विद्यालयका विद्यार्थी पढाइसँगै कृषि उत्पादनमा पनि जुट्न थालेका छन् । विद्यालयमा सञ्चालन भइरहेको ‘कमाउँदै पढ्दै’ कार्यक्रममार्फत उनीहरूले तरकारीका बेर्ना उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । विद्यालयको प्रि–डिप्लोमा तहअन्तर्गत जेटीए बाली विज्ञान समूहमा अध्ययनरत विद्यार्थीले हाइब्रिड जातका काउली, बन्दा र ब्रोकाउलीका बेर्ना उत्पादन गरेका… ...

अनलाइन खबर
एसियाली शताब्दीको सङ्घारमा नेपाल
OthersJust now

एसियाली शताब्दीको सङ्घारमा नेपाल

बदलिँदो विश्व व्यवस्था र एसियाली उदयको यो महत्त्वपूर्ण मोडमा नेपालले कुनै पनि विदेशी शक्तिको प्रभाव वा दबाबमा नपरी आफ्नै स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राख्नुपर्छ। न त भारतको विरोधमा न त चीनको विरोधमा, तर दुवैसँगको घनिष्ठ, सुमधुर र समदूरीको सहकार्य नै नेपालको समृद्धि र प्रगतिको अचूक बाटो हो। ...

अनलाइन खबर
६ निर्माण व्यवसायी कालोसूचीमा, कुन–कुन परे ?
OthersJust now

६ निर्माण व्यवसायी कालोसूचीमा, कुन–कुन परे ?

सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो। विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको हो। कालोसूचीमा राखिएका कम्पनीहरूले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play