Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Others/एनपीएलको खेल समय परिवर्तन, कुन खेल कति बजेबाट सुरु हुन्छ ?

एनपीएलको खेल समय परिवर्तन, कुन खेल कति बजेबाट सुरु हुन्छ ?

10/20/2026, 6:21:09 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको खेल समय परिवर्तन, कुन खेल कति बजेबाट सुरु हुन्छ ?

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको खेल समय परिवर्तन गरिएको छ । डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रविधि लागू हुने भएसँगै यसअघि सार्वजनिक गरिएको खेल तालिकाको समयमा समेत केही परिवर्तन गरिएको नेपाल क्रिकेट संघका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । विशेषगरी, दैनिक दुइ खेलहरु हुने दिनमा पहिलो खेल दिनको १२ः३० बजेबाट सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ः०० बजेका लागि निर्धारण गरिएको छ, त्यसैगरी दैनिक एक मात्र खेल हुने दिनमा खेल साँझ ५ः०० बजेबाट सुरु हुनेछ । यसअघि पनि पहिलो खेल १२ः३० बजेबाट रहेको थियो भने दोस्रो खेल ४ः३० बजे राखिएको थियो। दैनिक एक मात्र खेल हुने समय पनि ४ः३० बजे थियो। एनपीएल कात्तिक ९ देखि सुरू हुँदैछ । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

खुल्यो प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडकखण्ड
OthersJust now

खुल्यो प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडकखण्ड

सडक खुलेसँगै हिल्सा नाका हुँदै आवतजावत गर्ने स्थानीयवासी, पर्यटक तथा चीनको ताक्लाकोट क्षेत्रमा व्यापार र रोजगारीका लागि पुगेका नेपालीलाई राहत मिलेको छ । ...

अनलाइन खबर
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
OthersJust now

रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित

भोटेकोशी र त्रिशूली नदीमा भदौमा गएको बाढीका कारण बगे–भत्केका सडक मर्मतसम्भार भएसँगै नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन लयमा फर्केको छ । रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार बाढीले सखाप पारेका रसुवा र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रबाहेक अन्यत्रको जनजीवन सामान्यतर्फ फर्केको छ । अहिले त्रिशूली–वेत्रावतीसम्मको सडक यातायात सञ्चालन भएको छ भने शाखा सडकहरू पनि बनाइएको अवस्था छ । यसैबीच होटल तथा ...

पर्दाफास
दुई दिनमा सशस्त्रले दियो एक हजार बढीलाई निःशुल्क बस सेवा
OthersJust now

दुई दिनमा सशस्त्रले दियो एक हजार बढीलाई निःशुल्क बस सेवा

सशस्त्र प्रहरी बल, नेपालले दशैंका लागि लक्षित गरी काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवामार्फत दुई दिनमा एक हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् । सशस्त्रका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले सोमबार ४५० जना र मङ्गलबार ६१३ जना सर्वसाधारणले उक्त सेवा लिएको जानकारी दिए । उनका अनुसार सुरुमा तीन दिनका लागि निःशुल्क सुरु गरिएको उक्त सेवा आवश्यकताका अनुसार थप ...

पर्दाफास
झापामा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु
OthersJust now

झापामा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता चोक निवासी ७० वर्षीया लजुमा खातुन र ७३ वर्षीय झक्कु राजबंशीको मृत्यु भएको हो । प्रातकालीन पदयात्रामा रहेको अवस्थामा बिरिङ खोला नजिक दुईवटा जंगली हात्तीले बिहान ५ः३० बजेतिर अचानक आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिए । घाइते खातुनलाई उपचारका लागि अस्पताल ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play