Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : सुदूरपश्चिमलाई फाइनल पुग्न १३४ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : सुदूरपश्चिमलाई फाइनल पुग्न १३४ रनको लक्ष्य
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनायो । जसमा डेभिड मलानले अर्धशतकीय पारी खेल्दै अविजित ७१ रन बनायो । सुदूरपश्चिमका स्कट कुईगलेनले ३,थारिन्दु रत्नाएकेले २ विकेट लिए । सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो । चितवन भने इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई पराजित दोस्रो क्वालिफारयमा पुगेको हो । आज जित्ने टोली फाइनल पुग्नेछ । फाइनलमा लुम्बिनीसँग खेल्नेछ । फाइनल खेल मंसिर ५ गते हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमलाई दोस्रो झड्का, विनोद भण्डारी २३ रनमा आउट
Latest NewsJust now

सुदूरपश्चिमलाई दोस्रो झड्का, विनोद भण्डारी २३ रनमा आउट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ । ओपनर विनोद भण्डारी १३ बलमा २३ रन बनाएर आउट भएका छन् । रन्जित कुमारको बलमा... ...

रातोपाटी
रेमिट्यान्सले तोड्यो पुरानो रेकर्ड, असोजमै साढे दुई खर्बमाथि
Latest NewsJust now

रेमिट्यान्सले तोड्यो पुरानो रेकर्ड, असोजमै साढे दुई खर्बमाथि

काठमाडौं, मङ्सिर ३ गते । नेपालमा रेमिट्यान्स आप्रवाहले नयाँ कीर्तिमान कायम गरेको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै दुई खर्ब ६७ अर्ब ३४ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ... ...

गोरखापत्र
विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै
Latest NewsJust now

विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै

काठमाडौं । विपद्का समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले `सेल ब्रोडकास्टिङ प्रणाली´ (सीबीएस) को परीक्षण गरिने भएको छ । सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा भोलि मङ्सिर ४ गते काठमाडौँको बलम्बु क्षेत्रमा उक्त प्रणालीको सीमित प्राविधिक परीक्षण गर्न लागिएको दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले ...

केन्द्रबिन्दु
विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै
Latest NewsJust now

विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै

विपद्का समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले ‘सेल ब्रोडकास्टिङ प्रणाली’ (सीबीएस) को परीक्षण गरिने भएको छ। सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा भोलि मङ्सिर ४ गते काठमाडौँको बलम्बु क्षेत्रमा उक्त प्रणालीको सीमित... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play