Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । विपद्का समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले `सेल ब्रोडकास्टिङ प्रणाली´ (सीबीएस) को परीक्षण गरिने भएको छ । सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा भोलि मङ्सिर ४ गते काठमाडौँको बलम्बु क्षेत्रमा उक्त प्रणालीको सीमित प्राविधिक परीक्षण गर्न लागिएको दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिनुभयो । परीक्षणका क्रममा तोकिएको क्षेत्रमा रहेका परीक्षण उपकरणहरूमा मोबाइल नेटवर्कमार्फत पूर्वसूचना सन्देश पठाइनेछ । उक्त सन्देश परीक्षणका लागि तोकिएका मोबाइल उपकरणमा मात्र प्राप्त हुने जनाइएको छ । यस परीक्षणको मुख्य उद्देश्य विपद्का समयमा मोबाइल फोनमार्फत पूर्वसूचना सन्देश प्रवाह गर्ने प्रणालीको प्राविधिक कार्यक्षमता तथा सन्देश प्राप्त हुने अवस्थाको परीक्षण गर्नु रहेको छ । सेल ब्रोडकास्टिङ प्रणाली निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना तथा चेतावनी सन्देश पठाउन सकिने प्रविधि हो । यस प्रणालीमार्फत सिमकार्ड वा इन्टरनेट सेवा नभए पनि मोबाइल नेटवर्कको पहुँचमा रहेका उपकरणमा सन्देश प्राप्त हुन सक्छ । सामान्य म्यासेज भन्दा फरक यस प्रविधिले नेटवर्कमा अत्यधिक चाप भएका अवस्थामा समेत छोटो समयमा धेरै मोबाइल उपकरणमा सूचना पुर्‍याउन सक्छ । साथै, विपद्को जोखिम रहेको निश्चित क्षेत्रमा मात्र सन्देश पठाउन सकिने भएकाले आवश्यकताअनुसार लक्षित समुदायलाई सचेत गराउन सकिनेछ । प्रारम्भिक परीक्षण सफल भएमा उक्त प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गर्दै विपदको उच्च जोखिम रहेका क्षेत्रहरूमा कार्यान्वयन गर्ने योजना रहेको छ ।यस प्रणालीको कार्यान्वयनले बाढी, पहिरोलगायत प्राकृतिक विपद्को जोखिम रहेका क्षेत्रका नागरिकलाई समयमै सचेत गराउन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी र सुरक्षात्मक उपाय अपनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपालमा विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तथा दूरसञ्चार प्रविधिको उपयोगमार्फत नागरिकको सुरक्षा सुनिश्चित गर्ने दिशामा यो परीक्षणलाई महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमलाई दोस्रो झड्का, विनोद भण्डारी २३ रनमा आउट
Latest NewsJust now

सुदूरपश्चिमलाई दोस्रो झड्का, विनोद भण्डारी २३ रनमा आउट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ । ओपनर विनोद भण्डारी १३ बलमा २३ रन बनाएर आउट भएका छन् । रन्जित कुमारको बलमा... ...

रातोपाटी
रेमिट्यान्सले तोड्यो पुरानो रेकर्ड, असोजमै साढे दुई खर्बमाथि
Latest NewsJust now

रेमिट्यान्सले तोड्यो पुरानो रेकर्ड, असोजमै साढे दुई खर्बमाथि

काठमाडौं, मङ्सिर ३ गते । नेपालमा रेमिट्यान्स आप्रवाहले नयाँ कीर्तिमान कायम गरेको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै दुई खर्ब ६७ अर्ब ३४ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ... ...

गोरखापत्र
एनपीएल : सुदूरपश्चिमलाई फाइनल पुग्न १३४ रनको लक्ष्य
Latest NewsJust now

एनपीएल : सुदूरपश्चिमलाई फाइनल पुग्न १३४ रनको लक्ष्य

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३३ रन बनायो । जसमा डेभिड मलानले अर्धशतकीय पारी खेल्दै अविजित ७१ रन बनायो । सुदूरपश्चिमका स्कट कुईगलेनले ३,थारिन्दु रत्नाएकेले २ विकेट लिए । सुदूरपश्चिम ...

अनलाइनपाना
विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै
Latest NewsJust now

विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै

विपद्का समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले ‘सेल ब्रोडकास्टिङ प्रणाली’ (सीबीएस) को परीक्षण गरिने भएको छ। सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल टेलिकमको समन्वयमा भोलि मङ्सिर ४ गते काठमाडौँको बलम्बु क्षेत्रमा उक्त प्रणालीको सीमित... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play