एनपीएल : जनकपुरले काठमाडौंलाई हरायो

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको हो । जितका लागि पाएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे । जसमा मोइन अलीले अर्धशतकीय पारी खेल्दै अविजित ५८ रन बनायो । मोइन प्रतियोगितामा अर्धशतक हिर्काउने तेस्रो खेलाडी समेत बने । यस्तै शैफ हसनले नटआउट ४० रनको योगदान गरे। यी दुबै ब्याटरबीच ७९ रनको साझेदारी समेत भयो । काठमाडौंका रिपोन मोन्डलले १ विकेट हात पारे । यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रनमा अलआउट भयो । जसमा भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । जनकपुरका राहुल यादबले ४ विकेट झारे ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

सिंहदरबारमा सभामुखलाई २० मिनेट भेटेर फर्किए रवि लामिछाने
सभामुखको सचिवालयका अनुसार रास्वपा सभापति लामिछानेसँग सभामुखको करिब २० मिनेट भेट भयो । ...

अमेरिकाले नेपाललाई १५ करोड डलरभन्दा बढीका हेलिकोप्टर, ड्रोन र जेटबोट दिने
काठमाण्डु- अमेरिकाले नेपालको विपद् प्रतिकार्य क्षमता सुदृढ बनाउन १५ करोड अमेरिकी डलरभन्दा बढी मूल्यका अमेरिकी हेलिकोप्टर, ड्रोन र नदीमा सञ्चालन हुने जेटबोट दिने भएको छ। यी उपकरणको आपूर्ति आगामी वर्षदेखि सुरू हुने काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार जानकारी दिएको छ। अमेरिकाले उपलब्ध गराउने हेलिकोप्टर, ड्रोन र जेटबोटले नेपालमा खोज तथा उद्धार, बिरामी तथा घाइतेको आकस्मिक उद्धार […] ...

इनमसँग खुल्दै एकपछि अर्को हाईप्रोफाइल कनेक्सन, अनुसन्धान गर्न छुट्टै समिति गठन
अहिले प्रधानन्यायाधीशदेखि, न्यायाधीशहरू, प्रहरीका उच्च अधिकारीहरू, सशस्त्र प्रहरीका अधिकारीहरू, व्यवसायीहरू, कर्मचारीहरूदेखि सांसदसहरूसम्म इनमको कनेक्सन देखिन थालेको छ । ...

इनम सापकोटाबारे प्रधानन्यायाधीशको वक्तव्य : मेरो चिनजान र सम्पर्क छैन
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग जोडिएका प्रसंगहरूबारे आफ्ना धारणा सार्वजनिक गर्दै उनीसँग कुनै सम्पर्क र चिनजान नरहेको दाबी गरेका छन् । ...


