एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडाैं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आज साँझ ५ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा दुवै टोली जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा हुनेछन् । यी दुई टोली अघिल्लो संस्करणका फाइनलिस्टसमेत हुन्। गत सिजनको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो। त्यसैले उद्घाटन खेलमा सुदूरपश्चिमसँग अघिल्लो फाइनलको हारको बदला लिने अवसर हुनेछ भने लुम्बिनी आफ्नो विजयी लय कायम राख्न चाहन्छ । हेड टु हेडमा सुदूरपश्चिम अगाडि एनपीएलका अघिल्ला संस्करणमा लुम्बिनी र सुदूरपश्चिमबीच तीन खेल भएका छन्। तीमध्ये सुदूरपश्चिमले दुई खेल जितेको छ भने लुम्बिनीले एक खेलमा जित निकालेको छ । अघिल्लो फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै उपाधि जिते पनि लिग चरणमा भने सुदूरपश्चिमले दुवै टोलीबीचको प्रतिस्पर्धामा बाजी मारेको थियो । अघिल्लो सिजनको लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको थियो। त्यसअघि भएको संस्करणको लिग चरणमा पनि सुदूरपश्चिमले लुम्बिनीमाथि ४५ रनको जित निकालेको थियो । हेड टु हेडको तथ्यांकले सुदूरपश्चिमलाई बलियो देखाए पनि पछिल्लो फाइनलको नतिजा लुम्बिनीको पक्षमा रहेकाले यसपटकको प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ । लुम्बिनी लगातार पाँच खेलमा अपराजित पछिल्ला खेलहरूको नतिजा हेर्दा लुम्बिनी राम्रो लयमा देखिएको छ। टोलीले पछिल्ला पाँच खेलमा हार व्यहोरेको छैन । फाइनलअघि लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गरेको थियो। त्यसअघि इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई चार विकेटले हराएको थियो । लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गरेको लुम्बिनीले त्यसअघिको खेलमा विराटनगर किंग्सलाई पाँच विकेटले हराएको थियो। यी नतिजाले टोलीको पछिल्लो प्रदर्शन सुदृढ रहेको देखाउँछन् । कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले यसपटक पनि ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गर्ने लक्ष्य राख्नेछ । सुदूरपश्चिमको प्रदर्शन कस्तो छ? सुदूरपश्चिम रोयल्सले पछिल्ला पाँच खेलमध्ये तीनमा जित निकालेको छ भने दुई खेलमा पराजय व्यहोरेको छ । फाइनलअघि भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । तर, अघिल्लो सिजनको लिग चरणको अन्तिम खेलमा विराटनगरसँग भने टोली ६ विकेटले पराजित भएको थियो । त्यसअघि सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले र जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको थियो । कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिममा स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन, शेरफन रदरफोर्ड र फेबियन एलेनजस्ता खेलाडी छन्। नेपाली खेलाडीहरू अविनाश बोहोरा, आरिफ शेख, विनोद भण्डारी र हेमन्त धामी पनि टोलीमा समावेश छन् । दुवै टोलीमा चर्चित खेलाडी लुम्बिनी लायन्समा कप्तान रोहित पौडेलसँगै रुबेन ट्रम्पलम्यान, सन्दीप जोरा, डार्शी शर्ट, शमिम हुसेन र निरोशन डिक्वेलाजस्ता खेलाडी छन् । त्यस्तै, शेर मल्ल, दिलिप नाथ, आसिफ शेख, किशोर महतो, अभिशेष गौतम र करण घर्ती मगरलगायत नेपाली खेलाडीले पनि टोलीमा स्थान पाएका छन् । अर्कोतर्फ सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरीसँगै अनुभवी तथा अन्तर्राष्ट्रिय खेलको अनुभव भएका खेलाडीको उपस्थिति छ। दुवै टोलीमा रहेका नेपाली र विदेशी खेलाडीको प्रदर्शनले उद्घाटन खेलको नतिजामा महत्वपूर्ण भूमिका खेल्न सक्छ । अघिल्लो फाइनलको नतिजा, हेड टु हेडको तथ्यांक र पछिल्लो प्रदर्शनका आधारमा दुवै टोलीको प्रतिस्पर्धा रोचक हुने देखिन्छ। लुम्बिनी आफ्नो उपाधि यात्रालाई जितबाट सुरु गर्न चाहन्छ भने सुदूरपश्चिम उद्घाटन खेलमै जित निकाल्दै अघिल्लो फाइनलको हारको जवाफ दिने प्रयासमा हुनेछ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

भारतमा विपक्षी नेता राहुल गान्धीद्वारा नोभेम्बर १ मा ‘भोट बचाऊ’ र्यालीको आह्वान
काठमाडौं । भारतीय विपक्षी नेता राहुल गान्धीले ‘भोट बचाऊ’ र्यालीको आह्वान गरेका छन् । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र निर्वाचन आयोगमाथि मतदाता नामावलीमा धाँधली गरेको आरोप लगाउँदै नोभेम्बर १ मा नयाँ दिल्लीमा हुने ‘भोट बचाऊ, देश बचाऊ’ र्यालीमा सहभागी हुन उनले सर्वसाधारणलाई आह्वान गरेका छन् । कांग्रेस नेता गान्धीले आइतबार सामाजिक सञ्जाल एक्समार्फत विद्यार्थी, किसान, श्रमिक, महिला, युवा र व्यापारीलाई ...

भुटान र थाइल्याण्डबाट आएकाे अमेरिकी टोलीले के-के गर्यो नेपालमा ?
काठमाडौँ । अमेरिकाको एक टोलीले नेपाल भ्रमण गरेको छ । २१ जनाको टोलीले नेपालका विभिन्न क्षेत्रको भ्रमण गर्नुको साथै उच्चस्तरीय भेट गरेकाे छ । २१ जनामध्ये १६ जना भुटान र ५... ...

एनपीएल : रोमाञ्च र अवसरको संगम
एनपीएलको तेस्रो संस्करण केही कारणले विशेष बनेको छ । एनपीएललाई आईसीसीको आधिकारिक मान्यता प्राप्त भएको छ । यसले गर्दा यसपालिको खेल अन्तर्राष्ट्रिय टी–२० सरहकै गणना हुनेछ । खेलाडीको प्रदर्शन आधिकारिक रेकर्डमा चढ्नेछन् । विदेशी ठूला क्रिकेट स्टारहरूको आगमन सहज भएको छ । ...

‘चितवन राइनोज’ ले एकसिङ्गे गैँडा संरक्षणमा पाँच प्रतिशत रकम लगानी गर्ने
चितवनको क्रिकेट क्लब ‘चितवन राइनोज’ले गैँडा संरक्षणमा योगदान पुर्याउने घोषणा गरेको छ। ...


