Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भारतमा विपक्षी नेता राहुल गान्धीद्वारा नोभेम्बर १ मा ‘भोट बचाऊ’ र्‍यालीको आह्वान

भारतमा विपक्षी नेता राहुल गान्धीद्वारा नोभेम्बर १ मा ‘भोट बचाऊ’ र्‍यालीको आह्वान

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारतमा विपक्षी नेता राहुल गान्धीद्वारा नोभेम्बर १ मा ‘भोट बचाऊ’ र्‍यालीको आह्वान

काठमाडौं । भारतीय विपक्षी नेता राहुल गान्धीले ‘भोट बचाऊ’ र्‍यालीको आह्वान गरेका छन् । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र निर्वाचन आयोगमाथि मतदाता नामावलीमा धाँधली गरेको आरोप लगाउँदै नोभेम्बर १ मा नयाँ दिल्लीमा हुने ‘भोट बचाऊ, देश बचाऊ’ र्‍यालीमा सहभागी हुन उनले सर्वसाधारणलाई आह्वान गरेका छन् । कांग्रेस नेता गान्धीले आइतबार सामाजिक सञ्जाल एक्समार्फत विद्यार्थी, किसान, श्रमिक, महिला, युवा र व्यापारीलाई रामलीला मैदानमा हुने र्‍यालीमा सहभागी हुन आग्रह गरेका छन् । “मतदाता नामावलीबाट सर्वसाधारणका नाम हटाइएका छन् । नियम र कानुन मिचिएका छन्,” उनले लेखेका छन्, “जनताले अब यो अत्याचार चुपचाप सहने छैनन् ।” निर्वाचन आयोगले सञ्चालन गरिरहेको विशेष गहन संशोधन (एसआईआर) प्रक्रियाले योग्य मतदातालाई मताधिकारबाट वञ्चित गर्न सक्ने र भाजपालाई फाइदा पुग्ने विपक्षी दलहरूको आरोप छ । प्रारम्भिक तथ्यांकअनुसार मस्यौदा मतदाता नामावलीबाट १३ करोडभन्दा बढी नाम हटाइएको दाबी गरिएको छ । यसै महिनाको सुरुमा विपक्षी गठबन्धनले प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारमाथि पदीय दुरुपयोगको आरोप लगाउँदै नयाँ दिल्लीमा प्रदर्शन गरेको थियो । प्रदर्शनकारीहरूले उनको राजीनामा माग गरेका थिए । निर्वाचन आयोगले भने मतदाता नामावली शुद्धीकरण र अद्यावधिक गर्न एसआईआर प्रक्रिया सञ्चालन गरिएको बताउँदै आएको छ । यसैबीच, अक्टोबर २४ मा हैदराबादमा नागरिक समाज, मानव अधिकारकर्मी, किसान, दलित, युवा तथा विद्यार्थी संगठनले मानव साङ्लो बनाएर एसआईआरविरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले यस प्रक्रियाले तेलंगनाका करिब आधा मतदातालाई मताधिकारबाट वञ्चित गर्न सक्ने आशंका व्यक्त गरेका छन् । उनीहरूले शान्तिपूर्ण प्रदर्शन नागरिकको संवैधानिक अधिकार भएको भन्दै प्रदर्शनकारीमाथि, विशेषगरी दिल्लीमा प्रहरीले गरेको बल प्रयोगको आलोचना गरेका छन् । तेलंगनामा एसआईआर प्रक्रिया जारी छ । त्यहाँको अन्तिम मतदाता नामावली नोभेम्बर ९ मा प्रकाशित गर्ने कार्यतालिका छ । डीडब्ल्यू

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

एनपीएल उद्‌घाटन कार्यक्रममा प्रधानमन्त्री शाह सहभागी हुने, दिए शुभकामना
ताजा खबरJust now

एनपीएल उद्‌घाटन कार्यक्रममा प्रधानमन्त्री शाह सहभागी हुने, दिए शुभकामना

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने भएका छन् ।एनपीएलको उद्‌घाटन सोमबार दिउँसो ५ बजे हुनेछ । एनपीएलको तेस्रो संस्करण सुरु हुनु अघि प्रधानमन्त्री शाहले फेसबुकमार्फत शुभकामना पनि दिएका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भएको र केही वर्षकै छोटो अवधिमा […] ...

काठमाण्डुपाटी
आजदेखि एनपीएल, प्रधानमन्त्रीले दिए शुभकामना
ताजा खबरJust now

आजदेखि एनपीएल, प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको उल्लेख गरेका छन् । आजदेखि सुरु हुन लागेको एनपीएलको तेस्रो संस्करणका अवसरमा उनले सामाजिक सञ्जालमार्फत सफलताको शुभकामना व्यक्त गरे । प्रधानमन्त्री शाहले भनेका छन्, ‘एनपीएलमा सहभागी हुन आउनुभएका सबै अन्तरराष्ट्रिय खेलाडी तथा ‘कमेन्टेटर’लाई हार्दिक स्वागत गर्दछु । […] ...

लोकपथ
बुढीगण्डकीको बाढीले उजाडिएको शान्तिबजार, घरबास गुमाएका परिवार पालमुनि (तस्बिरहरू)
ताजा खबरJust now

बुढीगण्डकीको बाढीले उजाडिएको शान्तिबजार, घरबास गुमाएका परिवार पालमुनि (तस्बिरहरू)

गोरखा । बुढीगण्डकी नदीमा असोज २५ गते आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्तीमा ठुलो क्षति पुर्‍याएको छ । बाढीले बस्तीका घरहरू भत्काउनुका साथै खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण, पशुपन्छी... ...

रातोपाटी
‘कबड्डी ५’ ले मुस्ताङलाई के दियो ? प्रचारप्रसारसँगै स्थानीय लाभको प्रश्न
ताजा खबरJust now

‘कबड्डी ५’ ले मुस्ताङलाई के दियो ? प्रचारप्रसारसँगै स्थानीय लाभको प्रश्न

• मुस्ताङको भूगोल, संस्कृति र जीवनशैलीले यसलाई नेपालका विशिष्ट जिल्लामध्ये एक बनाएको छ, जसले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ। • चलचित्र 'कबड्डी' शृङ्खलाले मुस्ताङको प्राकृतिक सौन्दर्य र थकाली समुदायको संस्कृति प्रस्तुत गर्दै नेपाली चलचित्र क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। • स्थानीय जनताको सहभागिता बिना पर्यटन प्रवद्र्धनको लाभ सीमित रहन सक्ने भएकाले स्थानीय उत्पादन र संस्कृतिको संरक्षणमा ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play