Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य

एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण र खेल सञ्चालनसम्बन्धी नियम कडा हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपिएल सञ्चालनका लागि आइसिसीको मापदण्डअनुसार आवश्यक व्यवस्था गरिने जानकारी दिएका हुन् । प्रतियोगितामा सहभागी विदेशी खेलाडीले सम्बन्धित क्रिकेट बोर्डबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्नेछ भने म्याच फिक्सिङ र स्पट फिक्सिङ नियन्त्रण गर्न आइसिसीको भ्रष्टाचारविरोधी आचारसंहिता लागू गरिने उनले बताए । “फ्रेन्चाइज क्रिकेटमा हुन सक्ने अनियमितता रोक्न आइसिसीको एन्टी-करपशन युनिट (एसीयू) का नियमहरू कडाइका साथ लागू गरिनेछ । नेपालको कानुन र आइसिसीको आचारसंहिता दुवै यसमा लागू हुने हुँदा खेलाडी, टिमधनी तथा सबै सरोकारवालाहरूले थप जिम्मेवार र सतर्क हुनुपर्नेछ”, सचिव खड्काले भने । उनका अनुसार आइसिसीको प्रावधानअनुसार प्रतियोगिता सुरु हुनुभन्दा अघिल्लो छ महिनाको अवधिमा गैरकानुनी वा सम्बन्धित निकायबाट स्वीकृति नलिएको क्रिकेट प्रतियोगिता खेलेका खेलाडी एनपीएलमा सहभागी हुन पाउने छैनन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका विदेशी खेलाडीले समेत सम्बन्धित क्रिकेट बोर्डबाट एनओसी लिनुपर्ने व्यवस्था छ । “अन्तरराष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका विदेशी खेलाडीले एनपिएल खेल्नका लागि आ–आफ्नो देशको क्रिकेट बोर्डबाट अनिवार्य रूपमा एनओसी लिनुपर्नेछ । आइसिसी वा सम्बन्धित क्रिकेट बोर्डबाट स्वीकृति नलिएका प्रतियोगिताहरू एनपिएल सुरु हुनुभन्दा अघिल्लो छ महिनाको अवधिमा खेलेका खेलाडीहरू यसपटकको एनपिएलमा खेल्न योग्य हुने छैनन्”, सचिव खड्काले भने । यस प्रतियोगिताको तेस्रो संस्करण सकिएलगत्तै ६० दिनभित्र हामीले यसको समीक्षा प्रतिवेदन बुझाउनुपर्नेछ । विदेशी खेलाडीसम्बन्धी नियमः यसपटक प्रत्येक फ्रेन्चाइज टिमले कम्तीमा छ देखि बढीमा आठ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् । खेलमा सहभागी हुने अन्तिम ११ खेलाडीमा सात नेपाली र चार विदेशी खेलाडी अनिवार्य समावेश गर्नुपर्नेछ । एनपिएलमा निर्णय पुनरावलोकन प्रणाली (डिआरएस) लागू गर्ने विषयमा तयारी अन्तिम चरणमा पुगेको सचिव खड्काले जानकारी दिए । यसबारे केही दिनभित्र औपचारिक निर्णय सार्वजनिक गरिने उनले जानकारी दिए । “एनपिएलमा डिआरएस लागू गर्ने विषयमा छलफल भइरहेको छ । यसबारेमा सोमबारसम्ममा औपचारिक जानकारी दिइनेछ”, सचिव खड्काले भने । क्यानले आगामी नोभेम्बर १९ देखि २१ सम्म काठमाडौँमा आइसिसी एसिया सम्मेलन आयोजना गर्नेभएको छ । सम्मेलनमा एसियाका टेस्ट तथा एसोसिएट राष्ट्रका क्रिकेट संघका अध्यक्ष, सचिव र प्रमुख कार्यकारी अधिकृत सहभागी हुने सचिव खड्काले जानकारी दिए । उनका अनुसार सम्मेलनमा एसियाली क्रिकेटको नीतिगत विकासका विषयमा छलफल हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा
ताजा खबरJust now

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको भरोसायोग्य, वैचारिक र सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय निर्वाचन समितिद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित पार्टी सभापतिको शपथपछि सम्बोधन गर्दै उनले लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई पार्टीका प्रमुख आधार बनाउने बताए । “आगामी चार वर्षमा पार्टीका आन्तरिक गतिविधिभन्दा ...

नेपालन्युज
तथ्याङ्कमा अन्न बचत, यथार्थमा कुपोषण : कहाँ चुकिरहेछ नेपालको कृषि नीति ?
ताजा खबरJust now

तथ्याङ्कमा अन्न बचत, यथार्थमा कुपोषण : कहाँ चुकिरहेछ नेपालको कृषि नीति ?

काठमाडौँ । नेपालको कृषि प्रणाली र खाद्य सुरक्षाको हालको अवस्था सरकारी तथ्याङ्क र भुइँतहको यथार्थबिच विरोधाभास छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठद्वारा प्रस्तुत ‘नेपालमा खाद्य तथा पोषण... ...

रातोपाटी
पाथीभरा मन्दिरमा ३ महिनामा सवा ३३ लाख भेटी सङ्कलन
ताजा खबरJust now

पाथीभरा मन्दिरमा ३ महिनामा सवा ३३ लाख भेटी सङ्कलन

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष को ३ महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ भेटी सङ्कलन भएको छ । सोही अवधिमा २० हजार ५२२ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउन, भदौ र असोज महिनामा भक्तजनबाट उक्त रकम भेटीस्वरूप सङ्कलन भएको हो । भेटी सङ्कलन र दर्शनार्थीको सङ्ख्यालाई पारदर्शी ...

कर्पोरट खबर
जीबी राई नेपाल फर्कन चाहेको अडियो सार्वजनिक, परीक्षणको तयारीमा प्रहरी
ताजा खबरJust now

जीबी राई नेपाल फर्कन चाहेको अडियो सार्वजनिक, परीक्षणको तयारीमा प्रहरी

सेतोपाटी डिजिटल पत्रिकाले सार्वजनिक गरेको विज्ञप्तिमा राईले भनेका छन्, ‘मैले साथीभाइ, आफन्त र शुभेच्छुकबाट केही जग्गाजमिनको व्यवस्थापन गरेको छु । त्यही सम्पत्ति प्रयोग वा अरू विकल्पबाट सम्पूर्णको बचत सुरक्षित र आफ्नो दायित्व पूरा गर्न प्रयासरत रहनेछु ।’ ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play