Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको भरोसायोग्य, वैचारिक र सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय निर्वाचन समितिद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित पार्टी सभापतिको शपथपछि सम्बोधन गर्दै उनले लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई पार्टीका प्रमुख आधार बनाउने बताए । “आगामी चार वर्षमा पार्टीका आन्तरिक गतिविधिभन्दा नागरिकका मुद्दा र समस्यालाई प्राथमिकता दिने छौँ, कांग्रेसलाई आजको नेपाली समाजका प्रश्नको जवाफ दिनसक्ने वैचारिक नेतृत्वका रूपमा अघि बढाउने, सङ्गठनलाई आधुनिक बनाउने छौँ, युवादेखि किसानसम्मलाई सामाजिक आन्दोलनमा जोड्ने योजना छ, पार्टीभित्र सहमत र असहमत सबै पक्षलाई समेटेर अघि बढ्ने तथा नेतृत्वलाई पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु”, उनले भने। सभापतिको पद अधिकार नभई जिम्मेवारी भएको उल्लेख गर्दै आफूबाट गल्ती भए त्यसको भार पार्टीले बोक्न नहुने उनको भनाइ छ । उनले व्यक्तिका कमजोरीको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने स्पष्ट पारे । हालैको प्राकृतिक विपत्तिका कारण धेरै परिवार शोक र अभावमा रहेकाले यस वर्ष दसैँलाई तडकभडक पूर्ण रूपमा नमनाउने कांग्रेसको निर्णय रहेको उहाँले जानकारी दिए । विपत्तिबाट प्रभावित तथा आफन्त गुमाएका परिवारसँग जोडिएर चाड मनाउन र सामाजिक सद्भाव कायम राख्न उनले पार्टीका नेताकार्यकर्ता तथा आमनागरिकलाई आग्रह गरे । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले छोटो समयमा तय भएको कार्यतालिकाका आधारमा पनि निर्वाचन सम्पन्न भएको भन्दै नेपाली कांग्रेसको इतिहासमा नै १६५ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएर केन्द्रीय महाधिवेशन हुन सफल भएको जानकारी गराए । उनले नवनिर्वाचित सभापति थापालाई देशमा बढ्दै गएको राजनीति अनुशासनहीनतालाई सही दिशामा ल्याउन, सार्वभौम सत्ताको संरक्षणमा लाग्न, सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण र मानव अधिकारको रक्षा गर्न सक्षम हुनेगरी अगाडि बढ्न आग्रह गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

दसैँमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
ताजा खबरJust now

दसैँमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बडादसैँका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दसैँका समयमा औद्योगिक तथा व्यावसायिक गतिविधि कम हुने भए पनि घरपरिवार, धार्मिक स्थल, बजार तथा सार्वजनिक क्षेत्रमा विद्युत् खपतको प्रकृति फरक हुने भएकाले विद्युत् प्रणालीको सुरक्षित र भरपर्दो सञ्चालनलाई प्राधिकरणले प्राथमिकतामा राखेको छ । प्राधिकरणका ...

कर्पोरट खबर
मुक्त कमैया बस्तीमा  छैन दसैँको उत्साह
ताजा खबरJust now

मुक्त कमैया बस्तीमा छैन दसैँको उत्साह

सन्तोष दहितदाङ, असोज ३१ गते । देशभर दसैँको रौनक छाएको छ । रोजगारीको सिलसिलामा गाउँबाट सहर, जिल्ला बाहिर र विदेश पुगेका नेपाली घर फर्किन थालेका छन् । गाउँघरमा दसैँको चहलपहल बढेको छ... ...

गोरखापत्र
अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक
ताजा खबरJust now

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ । बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अस्थायी मर्मतपछि सञ्चालनमा आएका छन् । सडक सञ्चालनमा आएपछि दसैँ मनाउन घर फर्किने यात्रुलाई सहज भएको छ । यही असोज ९... ...

रातोपाटी
इरफान पठान पोखराको क्रिकेट एम्बासडर
ताजा खबरJust now

इरफान पठान पोखराको क्रिकेट एम्बासडर

पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणलाई भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इरफान पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play