एनपिएलमा पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित बनेको छ । प्रतियोगितामा खेल्न आवश्यक अनापत्ति प्रमाणपत्र (एनओसी) जारी गर्ने प्रक्रिया पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले रोकेको र यसअघि अनुमति पाइसकेका खेलाडीको स्वीकृतिसमेत स्थगित गरेको रिपोर्ट सार्वजनिक भएपछि उनीहरूको सहभागितामाथि अन्योल बढेको हो । क्रिकइन्फोले एनपिएलसँग सम्बन्धित विभिन्न व्यक्तिसँग कुरा गर्दा यसअघि एनओसी पाइसकेका खेलाडीलाई समेत लिगमा सहभागी हुने अनुमति तत्कालका लागि रोकिएको जानकारी दिइएको छ । लिगसँग सम्बन्धित व्यक्तिहरूका अनुसार पिसिबीले पाकिस्तानी खेलाडीलाई एनओसी दिन शुल्क मागेको छ । उक्त शुल्क प्रतिखेलाडी करिब २५ हजार अमेरिकी डलर रहेको बताइएको छ । पाकिस्तानी सञ्चारमाध्यम जियो सुपरले पनि उक्त समाचार उद्धृत गर्दै खेलाडीको सहभागिता अन्योलमा परेको जनाएको छ । यद्यपि, क्रिकइन्फोले उक्त रकम माग गरिएको विषयमा बोर्डको औपचारिक लिखित माग स्वतन्त्ररूपमा पुष्टि गर्न नसकेको जनाएको छ । यस विषयमा पाकिस्तान क्रिकेट बोर्डको आधिकारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन । एनपिएल सोमबारदेखि सुरु भएको छ । नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोली सहभागी छन् । प्रतियोगिता सुरु भइसक्दा एनओसीसम्बन्धी विवाद देखिएपछि पाकिस्तानी खेलाडीलाई अनुबन्ध गरेका टोलीको तयारी प्रभावित हुन सक्ने देखिएको छ । रिपोर्टअनुसार केही पाकिस्तानी खेलाडी काठमाडौं आइसकेका छन् भने नेपाल आउन तयारीमा रहेका अन्य खेलाडीले समस्या समाधान नहुँदासम्म यात्रा स्थगित गरेका छन् । एनपिएलमा सहभागी हुने पाकिस्तानी खेलाडीमा टी-२० अन्तर्राष्ट्रिय टोलीका कप्तान साहिबजादा फरहान, हैदर अली, हुसेन तलात, इफ्तिखार अहमद, शाकिब अल हसन र उसामा मिरलगायत छन् । उनीहरूमध्ये कोही पनि एनपिएल अवधिमा पाकिस्तानको टेष्ट वा एकदिवसीय अन्तर्राष्ट्रिय टोलीको योजनामा नरहेको रिपोर्टमा उल्लेख छ । त्यसैले अन्तर्राष्ट्रिय खेलतालिकासँग जुध्ने विषयभन्दा पनि एनओसी जारी गर्ने प्रक्रिया नै अहिले मुख्य अवरोध बनेको देखिन्छ । पिसिबीले यसै वर्ष आफ्नो केन्द्रीय अनुबन्ध प्रणालीमा परिवर्तन गर्दै रातो बल र सेतो बल क्रिकेटका लागि छुट्टाछुट्टै संरचना बनाएको थियो । नयाँ व्यवस्थामा ‘ट्र्याक डी’ अन्तर्गत टी-२० विशेषज्ञ खेलाडीलाई वर्गीकरण गर्ने प्रावधानसमेत राखिएको छ । अन्तर्राष्ट्रिय खेलसँग तालिका नजुधेको अवस्थामा खेलाडीलाई विदेशी टी-२० लिगमा सहभागी हुन थप लचकता दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताइएको थियो । तर, नयाँ अनुबन्ध प्रणालीअन्तर्गत कुन खेलाडी कुन श्रेणीमा छन् र उक्त व्यवस्था पूर्णरूपमा कार्यान्वयनमा आइसकेको छ वा छैन भन्नेबारे पिसिबीले सार्वजनिक रूपमा स्पष्ट पारेको छैन । एनओसी प्रक्रिया कहिले टुंगिने र पाकिस्तानी खेलाडीले एनपिएल खेल्न पाउने वा नपाउने भन्ने विषयमा अझै अन्तिम निर्णय भइसकेको छैन । प्रतियोगिता सुरु भइसक्दा देखिएको यो अन्योलले सम्बन्धित खेलाडीमात्र नभई उनीहरूलाई अनुबन्ध गरेका टोलीको योजनामाथि समेत प्रश्न खडा गरेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

भोटेकोशी बाढीको क्षतिमा २१ अर्ब रुपैयाँ बीमा दाबी
काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षतिमा बीमा कम्पनीहरूमा झण्डै २१ अर्ब अर्थात् २० अर्ब ९० करोड रुपैयाँको बीमा दाबी परेको छ । बीमा प्राधिकरणअनुसार २०८३ असोज २८ गतेसम्म १८ वटा बीमा कम्पनीमा कुल दुर्ई हजार चार सय २७ बीमितबाट उक्त दाबी परेको हो । उक्त बीमा दाबीमध्ये हालसम्म २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ भुक्तानी भएको छ । प्राधिकरणको ...

ग्लोबल आइएमईलाई तेस्रोपटक ‘बेष्ट बैंक अवार्ड’
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ । उक्त पछिल्लो अवार्डसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल आइएमई बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त गरेको थियो । थाइल्याण्डको ...

एनपिएलको टेलिकम पार्टनरमा एनटिसी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुने नेपाल प्रिमियर लिग सिजन-३ (एनपिएल-३) प्रतियोगितामा नेपाल टेलिकम(एनटिसी) अफिसियल टेलिकम पार्टनर रहने भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमतर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नेपाल प्रिमियर लिग सिजन-३ को आयोजक नेपाल क्रिकेट संघ(क्यान) तर्फबाट महाप्रबन्धक उत्सव ढुंगानाले हस्ताक्षर गर्नुभएको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल टेलिकमतर्फबाट ...

एनपीएलले नेपाललाई खेल पर्यटनको रूपमा चिनाउछ: मन्त्री पोखरेल
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने बताएका छन्। सोमबार साँझ एनपीएल तेस्रो सिजनको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपीएलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प... ...


