Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Others/एनपिएलका लागि कर्णाली याक्सले भित्र्यायो पाकिस्तानका हुसेन तलत

एनपिएलका लागि कर्णाली याक्सले भित्र्यायो पाकिस्तानका हुसेन तलत

10/22/2026, 6:16:27 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलका लागि कर्णाली याक्सले भित्र्यायो पाकिस्तानका हुसेन तलत

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले पाकिस्तानका अनुभवी अलराउन्डर हुसेन तलतलाई टोलीमा अनुबन्ध गरेको छ । कर्णाली याक्सले बिहीबार सामाजिक सञ्जालमार्फत ३० वर्षीय तलतलाई विदेशी खेलाडीका रूपमा भित्र्याएको जानकारी दिएको हो । पाकिस्तानको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका तलतसँग विभिन्न व्यावसायिक लिगमा प्रतिस्पर्धा गरेको अनुभव छ । उनले पाकिस्तानका लागि १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा २२४ रन बनाएका छन् भने २३ टी-२० अन्तर्राष्ट्रिय खेलमा ४४१ रन जोडेका छन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले सात विकेटसमेत लिएका छन् । त्यस्तै, तलतले हालसम्म २०४ टी-२० खेलमा तीन हजार ९५० रन बनाएका छन् । उनले पाकिस्तान सुपर लिग (पीएसएल) र बङ्गलादेश प्रिमियर लिग (बीपीएल) लगायतका प्रतियोगितामा आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् । उनको आगमनसँगै कर्णाली याक्सको ब्याटिङ र बलिङ दुवै पक्ष थप मजबुत हुने अपेक्षा गरिएको छ । एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि काठमाडौँमा सुरु हुँदै छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

आगामी मंगलबारदेखि वर्षाको सम्भावना, त्रसित नहुन मौसम विभागको आग्रह
OthersJust now

आगामी मंगलबारदेखि वर्षाको सम्भावना, त्रसित नहुन मौसम विभागको आग्रह

नेपाल मौसम विज्ञान विभागले आगामी मंगबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट गरे । ‘आगामी मंगलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित छैन,” ...

पर्दाफास
विश्व पोलियो दिवसका अवसरमा काठमाडौँमा ‘मेगा पोलियो साइकल र्‍याली’ हुने
OthersJust now

विश्व पोलियो दिवसका अवसरमा काठमाडौँमा ‘मेगा पोलियो साइकल र्‍याली’ हुने

विश्व पोलियो दिवसका अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यही कात्तिक ७ गते काठमाडौँ उपत्यकामा ‘मेगा पोलियो साइकल र्‍याली’ आयोजना हुने भएको छ । रोटरी इन्टरनेसनल नेपाल भूटान डिष्टिक ३२९२ को आयोजनामा हुने सो र्‍याली भक्तपुर दरबार स्क्वायरबाट सुरु भई काठमाडौँ दरबार स्क्वायर, पसुपतिनाथ, बौद्ध, स्वम्भूनाथ हुँदै पाटन दरबार स्क्वायरमा पुगेर समापन हुने ‘पोलियो प्लस’ उपसमितिका अध्यक्ष रोटरियन बिनिता हाडाद्वारा ...

पर्दाफास
चितवन प्रहरीद्वारा पहिलो पटक निःशुल्क बस सेवा सञ्चालन
OthersJust now

चितवन प्रहरीद्वारा पहिलो पटक निःशुल्क बस सेवा सञ्चालन

बडादसैँअन्तर्गत टीकाको दिन आमसर्वसाधारण जनताको हितलाई ध्यानमा राखी चितवन प्रहरीले पहिलो पटक भरतपुर क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले टीकाको दिन सहज रुपमा सार्वजनिक सवारीसाधन नपाइने भएकाले नेपाल पुलिस स्कुल, शान्तिपुरका दुई वटा बस प्रयोग गरी ८४० जना यात्रुलाई निःशुल्क बस सेवा दिएको जनाएको छ । दुई वटा बसमध्ये एउटा पुल्चोकदेखि केन्द्रीय बस टर्मिनल हुँदै आँपटारी ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play